• ९ फागुन २०८१, शुक्रबार

सामुदायिक वनमा जङ्गली हात्ती मृत फेला

blog

जङ्गलमा फेला परेको मृत हात्ती ।

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया),  फागुन ७ गते । भाले जङ्गली हात्ती मृत फेला परेको छ । एक साताअघि पनि एक अर्को भाले हात्ती मृत फेला परेको छ । ठाकुरबाबा नगरपालिका –३ को झरसलुवा सामुदायिक वनमा भाले हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । हात्तीको शव कुहिन लागेको अवस्थामा फेला परेको छ । 

सामुदायिक वनका उपभोक्ताले कुहिन लागेको हात्तीको शव देखेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए । हात्ती के कति कारणले मरेको हो भन्ने बारेमा अध्ययन भइरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘मृत हात्तीको बारेमा अध्ययन गर्न हामी घटनास्थल पुग्दैछौँ । पुगेपछि मात्र थप विवरण उपलब्ध गराउनेछौँ ।’ यसअघि फागुन ३ गते ठाकुरबाबा नगरपालिका वडा ४ खैलारको गहुँबारीमा जङ्गली भाले हात्ती मृत फेला परेको थियो । करिब ३० वर्ष उमेरको सो हात्ती बिरामी भएर मृत्यु भएको अनुमान बर्दिया राष्ट्रिय निकुञ्जले गरेको थियो ।