काठमाडौं सांस्कृतिक वैभवको महानगर : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौं महानगरपालिकालाई सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण सहर भएको बताउनुभएको छ ।
माओवादीले पार्टी प्रवेश गर्नेलाई जिम्मेवारीमा प्राथमिकता दिने
नेकपा (माओवादी केन्द्र) ले अन्य पार्टीबाट प्रवेश गर्ने नेता कार्यकर्तालाई जिम्मेवारीमा विशेष प्राथमिकता दिने भएको छ ।
पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा रेग्मी निर्वाचित
नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा गोपालप्रसाद रेग्मी निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनबाट रेग्मीले २३ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।
पत्रकार महासंघ बर्दिया अध्यक्षमा घिमिरे
नेपाल पत्रकार महासंघ बर्दिया शाखाको शुक्रवार सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा निर्मल घिमिरे १७ मत अन्तरले निर्वाचित हुनुभएको छ । सो निर्वाचनमा ३६ मत प्राप्त गरी घिमिरे विजयी हुनुभएको निर्वाचन अधिकृत कमल पन्थीले जानकारी दिनुभयो ।
पलाँतामा ट्याङ्की छ, पानी छैन
कालीकोटको प्रायः धेरै क्षेत्रमा पिउने पानीको अभाव छ । पिउने पानीको परिपूर्तिका लागि गाउँमा संरचना बने पनि धारामा पानी भने आउँदैन ।
पत्रकार महासंघ दाङमा निर्विरोध नेतृत्व
नेपाल पत्रकार महासंघ दाङको नयाँ नेतृत्व निर्विरोध चयन भएको छ । जिल्लामा क्रियाशील सञ्चार सम्वद्ध संघ संगठनबिच भएको सहमतिअनुसार सबै पदमा एकल उम्मेदवारी दर्ता भएपछि सन्तोष सुवदीसहितको जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
पाँच जना फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणी मुद्दामा फरार रहेका ५ जना प्रतिबादीलाई प्युठान प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत प्युठानले दोषी ठहर गरी कैद तथा जरिवानाको फैसला सुनाइएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो ।
काठमाडौँ–टीकापुर–काठमाडौँ हवाई उडान यही मंसिर ३० गतेदेखि
कैलालीको टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउने भएको छ। वि.सं २०४६ सालमा द्वन्द्वका कारण बन्द भएको विमानस्थल यही मङ्सिर ३० गतेदेखि सञ्चालनमा आउन लागेको हो।
राष्ट्रिय एकता हाम्रो मूलमन्त्र : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरुको मूलमन्त्र भएको बताउनुभएको छ ।
मनकामनादेखि गोरखकाली मन्दिरसम्म पुग्ने म्याराथनको तयारी पूरा
गोरखाको मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको म्याराथनको सबै तयारी पूरा भएको छ । जिल्ला खेलकुद विकास समिति गोरखाले आयोजना गर्न लागेको म्याराथनको तयारी पूरा भएको हो ।
पत्रकार महासङ्घको निर्वाचन जारी (फोटो फिचर)
नेपाल पत्रकार महासङ्घको २७ औं महाधिवेशनअन्तर्गत मतदान भइरहेको छ । शुक्रबार ९ बजेदेखि जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि एकैचोटी मतदान भइरहेको हो । अपरान्ह ४ बजेसम्म मतदान गर्न पाइने निर्वाचन समितिले जनाएको छ ।
राष्ट्रपति पौडेलद्वारा पाँच देशका राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।
मार्टहरुमा बढ्यो चोरीका घटना
जिल्लाका मार्ट पसलमा चोरीका घटना बढेको छ । पछिल्लो दुई हप्तामा तीनवटा मार्टमा पाँच पटक चोरी भएको प्रहरीले जनाएको छ । सदरमुकाम कावासोतीमा रहेको फेमिली पोइन्ट मार्टमा नै तीन पटक चोरी भएको छ ।
भारतका राष्ट्रपतिद्वारा प्रधानसेनापति सिग्देल सुशोभित
भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधान स्थलको रूपमा स्थापित गर्न सकिन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलको रूपमा स्थापित गर्न सकिने बताउनुभएको छ।
परराष्ट्रमन्त्री डा. देउवासँग युरोपियन युनियनका उच्च अधिकारीको भेट
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गर्नुभएको छ।
विश्वविद्यालय सञ्चालनमा मैले हस्तक्षेप गरेको छैन: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय सञ्चालन गर्न आफूले हस्तक्षेप नगरेको बताउनुभएको छ।बिहीबार त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनलाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालय उपकुलपतिले नै सञ्चालन गर्ने भन्दै आफूले कुनै हस्तक्षेप नगरेको बताउनुभएको हो। उहाँले साना कुरामा नअल्झीकन विश्वविद्यालयलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।
त्रिविलाई साँच्चिकै मेरिटोक्रेसीका आधारमा चलाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न निर्देशन दिनुभएको छ ।
नास्ता बेचेर मासिक डेढ लाख आम्दानी
कुनै पनि व्यवसाय गरेर मन लगाएर काम गर्ने हो भने सानो व्यवसायबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरा बाँके बैजनाथका अङ्कित पुनले प्रमाणित गर्नुभएको छ ।
किटघाटमा पक्की पुल बन्दै
झिमरुक गाउँपालिका –७ किटघाटमा बुधबार पक्की पुलको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र प्युठानबाट निर्वाचित प्रदेश सभा सदस्य तथा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले संयुक्त रूपमा झिमरुक नदीमाथि बन्न लागेको पक्की पुलको शिलान्यास गर्नुभयो ।
स्वदेश फिर्ताको माग गर्दै भुटानी शरणार्थी
देशभर मानवअधिकार दिवस मनाइरहँदा पूर्वी नेपालमा रहेका भुटानी शरणार्थीहरुले आफूहरुको मानवअधिकारको विषयमा गम्भीर बन्न अन्तर्राष्ट्रिय सुमदायसँग गुहार मागिरहेका छन् । ३३ वर्षदेखि झापा र मोरङमा रहेका दुई वटा शरणार्थी शिविरका शरणार्थीहरु स्वदेश फिर्तिको प्रतिक्षामा छन् ।
यही कार्यकालमा देशले समृद्धितर्फ फड्को मार्छ : अर्थमन्त्री
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री हुनुहुन्छ । कोरोना महामारी, रुस युक्रेन युद्ध आदिका कारण बिग्रिएको विश्वको अर्थतन्त्रको असर नेपालमा पनि पर्यो र अर्थतन्त्र सङ्कटमा परेका बेला उहाँले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ ।
थानसिङमा बकुल्ला चरा
नुवाकोटको लिखु गाउँपालिका थानसिङमा बुधबार रुखमा बसिरहेका बकुल्ला चरा । अहाराका खोजीमा आउने पकुल्ला चरा यहाँ बास बस्ने गरेका छन् ।
टिप्परको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
यहाँको किस्पाङ गाउँपालिका –१ स्थित भाल्चेबेँसीमा आज टिपरले ठक्कर दिँदा एक पैदलयात्रीको निधन भएको छ ।