कांग्रेस महाधिवेशन २०८३ भित्र
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति चौथो वर्षमा कार्यकाल समाल्दै गर्दा १५ औँ महाधिवेशनको बहस चुलिएको छ ।
‘सामाजिक सञ्जाल नियमन गर्नु पर्छ’
सत्ता साझेदार दल, प्रतिपक्षी दल र कानुनविद्ले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकमा रहेका केही बुँदा परिमार्जन गर्नुपर्ने बताएका छन् ।
सत्ताइस वर्षपछि दिल्लीमा भाजपा
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको भारतीय जनता पार्टी २७ वर्षपछि राजधानी दिल्लीमा राज गर्न पाउने भएको छ । दिल्ली विधान सभा निर्वाचनमा शनिबार बहुमत हासिल गरेपछि भारतीय जनता पार्टीलाई दिल्लीमा राज गर्ने बाटो खुलेको हो ।
तरकारी खाइसकेपछि मात्र आउँछ विषादी परीक्षणको रिपोर्ट
देशकै ठुलो तरकारी बजार कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले तरकारी परीक्षणको रिपोर्ट उपभोक्ताले खाइसकेपछि मात्रै सार्वजनिक गर्ने गरेको छ ।
बाबुआमासँगै बालबालिका पनि मुगलान
सुर्खेतसँगै जोडिएको दैलेखको गुराँस गाउँपालिकामा दुई हजार ७३३ जनसङ्ख्या छ । जसमा पाँच वर्षदेखि २० वर्षसम्मका बालबालिकाको एक हजार १२१ छ । जसमध्ये बालक ६३० र बालिका ४९१ जना छन् ।
पाँच दिने उदघोषण तालिम सम्पन्न
ताप्लेजुङको फुङ्लिङमा लैङ्गिक समानता तथा समावेशीकरण कार्यक्रम अन्तर्गत पाँच दिने उद्घोषण तालिम सम्पन्न भएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ ताप्लेजुङको आयोजना र फुङलिङ नगरपालिका ४ को समन्वयमा तालिम सञ्चालन भएको हो ।
पेशागत महासंघ लमजुङमा घिमिरे
विभिन्न पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ लमजुङको अध्यक्षमा तारानाथ घिमिरे निर्वाचित हुनुभएको छ । शनिबार सदरमुकाम बेसीसहरमा भएको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा घिमिरे निर्विरोध निर्वाचित हुनुभएको हो ।
बुद्धिजीवि परिषद् सिन्धुपाल्चोकमा श्रेष्ठ
नेपाल बुद्धिजीवि परिषद् सिन्धुपाल्चोकले नयाँ नेतृत्व प्राप्त गरेको छ । शनिबार सदरमुकाम चौतारामा आयोजित सातौँ जिल्ला अधिवेशनबाट राधाकृष्ण श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
पुल बनाउन गएको छोरा बेपत्ता, नदी किनारमा बाआमाको बिलौना
गत बुधबार दिउँसो सुर्खेतमा झोलुङ्गे पुल निर्माणको क्रममा रुकुमपूर्वका दुई युवा भेरी नदीमा खसेर बेपत्ता भए। कामको खोजीमा रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ बाट सुर्खेत पुगेका युवा नदीमा बेपत्ता भएका हुन्। छोरा बेपत्ता भएको खबरपछि बुवाआमासहित करिब ३०–३५ जना आफन्त भेरी नदी किनारमा पुगेका छन्।
गोरखाका किसान व्यावसायिक कफि खेतीतर्फ आकर्षित
गोरखाको चार वटा पालिकाका किसानहरू व्यावसायिक कफि खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको बारपाका सुलीकोट गाउँपालिका, गण्डकी गाउँपालिका, पालुङटार नगरपालिका र शहिद लखन गाउँपालिकाका किसानहरु व्यवसायिक रुपमा कफि खेतीतर्फ आकर्षित भएका हुन् ।
सप्तरीमा सात सय २६ केजी लागु औषध बरामद
सप्तरी प्रहरीले भारी मात्रामा लागु औषध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार पत्रकार सम्मेलनमार्फत सात सय २६ किलो लागु औषध गाँजा बरामद भएको जानकारी दिएको हो ।
तातोपानी गाउँपालिकाको १६ औं गाउँ सभा : बाल केन्द्रित कानुन पारित
जुम्ला जिल्लाको तातोपानी गाउँपालिकाको १६ औं गाउँ सभाले बालबालिका केन्द्रित तीन वटा कार्यविधिसँगै १४ वटा कार्यविधि सर्वसम्वत पास गरेको छ ।
कांग्रेस प्रमुख सचेतकलाई प्रश्न– नीतिगत बहसमा सदन किन कमजोर देखियो ?
नेपाली कांग्रेस संसदीय दलका नेता एवम् सिन्धुली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले सांसद मतमा केन्द्रित भएर जनतालाई खुशी बनाउन लाग्दा नीतिगत बहसमा सदन कमजोर देखिएको बताउनुभएको छ।
जिल्लाकै नमुना विद्यालय भवन निर्माण
जिल्लाको पर्यटकिय क्षेत्रसँग जोडिएको खप्तडछान्ना गाउँपालिकामा नमुना विद्यालय भवन निर्माण गरिएको छ । २०७८ साल असोज ३१ देखि कात्तिक ३ गतेसम्म आएको बाढी र पहिरोका कारण भवन र विद्यालयमा क्षति भएपछि यहाँको दुर्गा महालिङ मावि चौकामा जिल्लाकै नमुना भवन निर्माण गरिएको हो ।
कुनै प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरेर प्रमाण र तथ्य आधारित न्यायसङ्गत अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ ।
मान्द्रेढुङ्गा–छेपेटार सडक कालोपत्रे
गोरखा सदरमुकामबाट पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र अजिरकोट गाउँपालिका पुग्न सबै भन्दा छोटो दूरीमा रहेको गोरखा क्याम्पास–मान्द्रेढुंगा–छेपेटार सडकअन्तर्गत गोरखा क्याम्पासदेखि मान्द्रेढुंगासम्म झण्डै एक किलोमिरटरको दूरीमा पर्ने सडक कालोपत्रे भएको छ ।
मुकुन्देश्वरी मन्दिरको पुनर्निर्माण सुरु
पर्यटकीय नगरी बन्दीपुर बजार नजिककै पश्चिम क्षेत्रमा रहेको मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्य बनाउने पहल थालिएको छ । सेनवंशी राजाहरुको इतिहास तथा धार्मिक महत्त्व बोकेको बन्दीपुर गाउँपालिका–२ मुच्चुकस्थित यस गढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बन्दीपुर गाउँपालिका तथा स्थानीयवासी जुटेका हुन् ।
गुल्मीमा ९५ प्रतिशतले लगाए एचपिभी खोप
गुल्मीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप ९५ दशमलव ६० प्रतिशतले लगाएका छन् । यस जिल्लामा माघ २२ गतेदेखि सबै स्थानीय तहमा एचपिभी खोप अभियान सुरु भएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो ।
चार गोलिया काठसहित तीन पक्राउ
साझेदारी वन क्षेत्रबाट काठ चोरी गरेको आरोपमा कैलालीमा चार गोलिया काठसहित तीन जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालयबाट खटेको प्रहरी र सव डिभिजन वन कार्यालय मसुरियाबाट खटेको वनकर्मीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
देशभरका बरघर दाङमा भेला हुँदै
देशभरका बरघरहरू दाङको दङ्गीरशण ३, चखौरामा भेला हुँदैछन् । थारू समुदायको प्रथा जनित संस्थाको रूपमा मानिँदै आएका बरघरहरू भेला हुन लागिएको मटावाँ, बरघर, भलमन्सा महासंघका केन्द्रीय अध्यक्ष एवम् लुम्बिनी प्रदेशको पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिनुभयो ।
अपेक्षित प्रगति भएन राष्ट्रिय गौरवका आयोजनामा
सरकारले विकास निर्माणमार्फत नागरिकलाई सहज सेवा प्रदान गर्ने, आर्थिक वृद्धि गर्ने लक्ष्यसाथ सुरु गरेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक नभएको पाइएको छ ।
निःशुल्क शिक्षा : तिनै तहको लागतमा साझेदारी कोष बनाइने
अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घ–प्रदेश–स्थानीय साझेदारी कोष स्थापना गर्ने भएको छ ।
शिक्षक छनोट स्तरीय बनाउन सुझाव
सामुदायिक विद्यालयका लागि गरिने शिक्षक छनोट प्रक्रियालाई अझै स्तरीय बनाउन विज्ञहरूले सुझाव दिनुभएको छ ।
बिपी राजमार्ग मर्मतमा जापानको चासो
जापानका सम्राटको ६५ औँ शुभजन्मोत्सव तथा जापानको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि जापानका नवनियुक्त राजदूत माएदा तोरूले शुक्रबार ताहाचलस्थित आफ्नो सरकारी निवासमा समारोह आयोजना गर्नुभयो ।