भीरकोटमा ११ जना क्षयरोगका बिरामी
स्याङ्जाको ग्रामीण बस्तिमा क्षयरोगीको संख्या बढेको छ । भीरकोट नगरपालिका –१ बयघारीमा गरिएको क्षयरोग परीक्षण शिविरमा ११ जना क्षयरोगका बिरामी फेला परेसँगै यहाँ क्षयरोगीको संख्या अझ बढी हुनसक्ने आँकलन गरिएको हो ।
बुटवलमा प्रथम मगर साहित्य महोत्सवको तयारी
रुपन्देहीको बुटवलमा नेपाल मगर महिला संघको आयोजनामा भोलिदेखि प्रथम मगर साहित्य महोत्सव आयोजना हुँदैछ । दुई दिनसम्म सञ्चालन हुने महोत्सवको उदघाटन उपसभामुख इन्दिरा रानाले गर्नुहुनेछ ।
सदाबहार हरियो रहने रैस रुख
जंगलमा देखिने प्रायः सबै रुखका पात झर्छन् तर रैस यस्तो रुख हो जुन बाह्रै महिना हरियो रहन्छ । बसन्त ऋतुमा बिरुवामा पात पलाउने र शिशिर ऋतुमा पात झरेको सबैले देखेका छन् । जुम्लाको तातोपानी गाउँपालिका –३ को गोठीमा संयौ बर्षदेखि रैस (ठिन्के) रुख सदैव हरियो रहने स्थानीयको भनाइ छ ।
नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताउनुभएको छ। प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किनुभएको हो।
ग्रामीण दूरसञ्चार विकास कोष कार्यान्वयन गर्न सञ्चार मन्त्री गुरुङको निर्देशन
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) कार्यान्वयन गर्न नेपाल दूरसञ्चार प्राविधिकरणलाई निर्देशन दिनुभएको छ।
सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमाडौँको लज्जास्पद हार
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ ।
प्रणालीको संरक्षण गर्न बरघरहरु एक ठाउँमा
बाँकेको बैजनाथ गाउँपालिकामा रहेका बरघरहरु बरघर प्रणालीको संरक्षण, प्रवर्धन र विकासका लागि छलफलमा जुटेका छन् ।
सीपका धनी पौरखी बाजे धनगढी बजारमा
बाँसको चोयाबाट आफूले बनाएको छिटुवा धनगढीमा बिक्री गर्न आउनु भएका एक पौरखी ज्येष्ठ नागरिक खुशी अवस्थामा ।
चासोक तङ्नाममा बिदा
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाले चासोक तङ्नाम (न्वाँगी पर्व) को अवसरमा बिदा दिएको छ ।
नसर्ने रोगमध्ये मधुमेहका विरामी बढी, खानामा ध्यान दिन सुझाव
विश्वमा नसर्ने रोग (मुटु, मधुमेह, क्यान्सर, सिओपिडीको) को समस्या महामारीका रुपमा देखापर्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हुने कुल मृत्युमध्ये दुई तिहाइभन्दा बढी अर्थात् ७१ प्रतिशत नसर्ने रोगका कारणले हुने गर्छ ।
स्याटेलाइटबाट खोलाको क्षेत्राधिकार निगरानी गरिने
कैलालीको धनगढी उपमहानगरपालिकाले स्याटेलाइट प्रविधिबाट खोलाको क्षेत्राधिकार हेरचाह गर्ने भएको छ । धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रमा रहेको खोलाको क्षेत्राधिकार प्रविधिमार्फत निगरानी गर्ने भएको हो ।
भेडापालन गरी घरव्यवहार धान्दै भाम
छायाँनाथ रारा नगरपालिका वडा –६ कोटिला गाउँका १६ वर्षीय पाउडर भामका र उहाँका ११ वर्षीय भाइ लालबहादुर भामले गाउँको घरमा ६० भेडा पाल्दै आउनुभएको छ ।
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वदेश प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गर्नुभयो ।
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्री अनुरोध
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माणमा सघाउन नेपालको विकासका साझेदारलाई आग्रह गर्नुभएको छ ।
लागूऔषधसहित दुई पक्राउ
लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । कैलाली जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौटाबाट १३ ग्राम १६० मिलिग्राम लागूऔषध खैरो हेरोइन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
लैङ्गिक हिंसासम्बन्धी नीति तत्काल आउछ : अध्यक्ष चौलागाई
देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । सरकारले महिला माथि हुने सबै खाले हिंसा विभेद, दुर्व्यवहार अन्त्यका लागि मङ्सिर १० देखि २५ गतेसम्म हरेक वर्ष लैङ्गिक हिंसाविरुद्धको अभियान चलाउँदै आएको छ ।
प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ जानुभएको थियो ।
चीनका राष्ट्रपति सीको वैश्विक साझेदारी पथमा नेपाल प्रवेश
प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण अर्काे ऐतिहासिक भएको छ ।
शिक्षा नीति बनाउँदै कांग्रेस
शिक्षाको सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा विकसित भएका पछिल्ला घटनाक्रम र प्रणालीलाई समेत समेट्दै नेपाली कांग्रेसले छुट्टै शिक्षा नीति निर्माण गर्ने भएको छ ।
आकाशमा झुण्ड बनाएर उड्दै मैनाचरी
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकको रानीपुर क्षेत्रको आकाशमा झुण्ड बनाएर उडदै गरेका मैनाचरी ।
प्याजको बेर्ना किन्ने ग्राहक कुर्दै कृषक
दाङ देउखुरीको लमही नगरपालिका –४ स्थित घोराहीको रझेना चोकमा प्याजको बेर्ना बिक्री गर्न ग्राहक कुर्दै सेमरहवाका स्थानीय महिला कृषकहरु ।
सिलसिला बीबीसी सय प्रभावशाली महिलामा छनोट
पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्यासित थियो, जतिबेला उहाँले सन् २०२४ का लागि आफू बीबीसीको सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा पर्न लागेको जानकारी पाउनुभयो ।
करेन्ट लागेर मियाँको मृत्यु
हेटौँडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधवार दिउँसो हेटौँडा –११, गोल्पिङटारमा करेन्ट लागेर ५८ वर्षीय मन्ताज मियाको मृत्यु भएको हो ।
युवालाई स्वदेशमै राख्न शिक्षालाई सीप र रोजगारीसँग जोड्नुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवालाई स्वदेशमै रहने वातावरण मिलाउन शिक्षालाई सीप तथा रोजगारसँग जोड्न आवश्यक रहेको बताउनुभएको छ।