राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा बसेको बैठकमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल भएको नेता केशव श्रेष्ठले जानकारी दिनुभयो ।
सकल दर्जाका प्रहरी कर्मचारीलाई टीका र प्रसाद
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सकल दर्जाका प्रहरी कर्मचारीलाई टीका र प्रसाद प्रदान गर्नुभएको छ । दशैंको अवसरमा बिहीबार बिहान सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई उहाँले टीका लगाएर प्रसाद प्रदान गर्नुभएको हो ।
पूर्वमा हल्का र पश्चिममा भारी वर्षा
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ ।
भीरबाट लडेर युवकको मृत्यु
भीरबाट लडेर २३ वर्षीय युवाको मृत्यु भएको छ । दशैंको टीका लगाएर अर्को गाउँ जाने क्रममा बाटोमा पर्ने भीरबाट लडेर उहाँको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।
राप्तीको बाढी गाउँमा पस्यो, स्थानीयहरुले विद्यालयमा शरण लिए
दुई दिनदेखि अविरल परिरहेको वर्षाका कारण बाँकेस्थित राप्ती नदीमा आएको बाढी डुडुवाका केही गाउँमा पसेर स्थानीय बिस्थापित भएका छन् । राप्ती नदीमा बुधबार दिउँसोदेखि पानीको सतह खतराको चिन्हभन्दा माथि पुगेपछि बाढी गाउँमा पसेको हो ।
पाँचदलीय गठबन्धनकोे बैठक बालुवाटारमा सुरु
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँचदलीय गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ ।
उद्धार, उपचार, राहतको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले मंगलबार रातिबाट परेको निरन्तरको वर्षाका कारण गएको बाढी, पहिरो र डुवानपीडितलाई यथाशक्य उद्धार, उपचार, राहतको व्यवस्था गर्न गृह प्रशासन, सुरक्षा निकाय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिनुभएको छ ।
दशैँ सम्झनाका विविध चरण
उसले दशैँ आउनु एक महिनाअघि नै भन्थ्यो, अब दशैँ आउँछ सेतो चामलको भात र मासु खाइन्छ । मैले त भात भन्नासाथ चामलकै भात भनेर बुझ्थेँ, उसले चामलको बाहेक केको भात खान्थ्यो थाहा भएन, सोध्दा पनि सोधिएन । हाम्रा घरमा भने बेला बखत राँगोको मासु किनेर चाड मनाइन्थ्यो ।
टीका थाप्न माइत हिँडेकी महिलालाई खोलाले बगायो
गुल्मीमा टीका थाप्न माइत हिँडेकी ४१ वर्षीया महिलालाई खोलाले बगाएर उहाँको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका –५ की ४१ वर्षीया लक्ष्मी कुँवरलाई खोलाले बगाउँदा उहाँको ज्यान गएको हो ।
हतियार बुझाउन गुल्मी प्रशासनको आग्रह
आगामी मंसिर ४ गते हुने प्रतनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै दर्ता भएका हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।
पूर्वी नवलपरासीमा पहाडी सडक अवरुद्ध
पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोडने मुख्य सडकमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध भएको छ । दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका –५ पाङ्ग्रेमा पहिराले यातायात सेवा अवरुद्ध भएको हो ।
राष्ट्रपतिसमक्ष उच्चपदस्थ व्यक्तित्वहरूद्वारा दशैंको टीका र प्रसाद ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीले उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मी तथा आम सर्वसाधारणलाई दशैंको टीका लगाइदिनुभएको छ । बुधवार राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति भण्डारीले दशैंको टीका जमरा लाइदिनुभएको हो ।
छाडा पशु चौपाया व्यवस्थापन चुनौती बन्दै
नेपालगञ्ज बजारमा छाडिएका पशु चौपाया नेपालगञ्ज उपमहानगरपालिकाका लागि ठूलो चुनौती बन्दैगएका छन् । ती छाडा पशु चौपायाको व्यवस्थापन गर्न उपमहानगरलाई हम्मे परेको छ ।
संस्कृति समाजको प्राण
‘संस्कृति’ समाजको पहिचान हो । हामीसित छ हजार वर्ष पुरानो ‘सांस्कृतिक’ पहिचान छ । संस्कृतिका माध्यमबाट प्रेम, सद्भाव, एकता, सदाचार, सहकार्य, मेलमिलाप, सहिष्णुता, हार्दिकता, धार्मिकता, परोपकारिता, मानवता, सिर्जना, आविष्कार, उपलब्धि, समृद्धि र श्रेष्ठताजस्ता कुरा हासिल हुन्छन् । मनुष्य सभ्यता, यिनै सांस्कृतिक कर्मबाट विकसित भएको संस्कृति हो । संस्कृति मनुष्य जीवन र समाजको प्राण हो । राष्ट्रको आत्मा हो ।
भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाउनुभएन टीका
प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गर्नुभएन । भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले टीका नलगाउनुभएको र अरुलाई पनि टीका नलगाइदिनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
वर्षाले विजया दशमीमा दिनभर जनजीवन कष्टकर (फोटो फिचर)
वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ ।
राष्ट्रपति भण्डारीद्वारा गुरुहरूको हातबाट टीका ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गर्नुभएको छ ।
चार महिनापछि डाब खप्तड पर्यटन सडक सुचारु
बाजुराको डाब खप्तड पर्यटन सडक चार महिनापछि सञ्चालनमा आएको छ । चार महिनादेखि अवरुद्ध हुँदैआएको सो सडकलाई स्थानीय तहले दशैं तिहार अगावै खोल्नेगरी निर्माणको काम सम्पन्न गरेपछि नवमीको दिनदेखि सञ्चालनमा आएको हो ।
दशैं नेपालीको मौलिक पर्व : मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले दशैं नेपालीहरुको मौलिक पर्व भएको बताउनुुभएको छ । विजयादशमी २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले पर्वसँग जोडिएका मूल्य, मान्यता एवम् संस्कारले मुलुकलाई समृद्धिको शिखरमा पु¥याउन सहयोग गर्ने र विविधताबीचको एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
दशैंमा लगातारको वर्षाले बाढी, पहिरो र डुबानको जोखिम
यो वर्षको दशैंलाई वर्षाले प्रभावित पारेको छ। लगातार दुई दिनदेखि परेको पानीका कारण दशैं हिले भएको हो। अष्टमीबाट सुरु भएको पानी पर्नेक्रम टीकाको दिन अझ बढेपछि बाढी, पहिरो र डुबानको जोखिम बढेको छ।
दशैंमा भत्ताको रकम बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई कपडा
स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले विभिन्न शीर्षकमा भत्ता पाउने गरेका छन्।
पश्चिम बंगालको खाडीमा बनेको मौसमी प्रणालीले झरीमय बन्यो दशैं
दक्षिण-पश्चिम बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणालीले यो वर्षको दशैं झरीमय बनेको छ।
विजयादशमी : शुभ साइतको टीका आज
काठमाडौं, असोज १९ गते । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदैछ।दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ। विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो।“राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ”, उहाँले भन्नुभयो।घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १०ः३४ बजे रहेको छ।टीका लगाइमाग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्नेविजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने बताउनुहुन्छ धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई। टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँले सुनाउनुभयो। टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ।आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ। जमराले विभिन्न रोग व्याधमा औषधिको रूपमा काम गर्ने तथ्य वैज्ञानिकरूपमा समेत पुष्टि भइसकेको छ। कोरोना भाइरस एवं डेङ्गुको सङ्क्रमण फैलिरहेकाले जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ।घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो।त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ। यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ।आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ। विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ– आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।। शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते। विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण।।अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ।यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ। महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ। जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।।आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड लाग्छ।
दशैंको महानवमीमा देशभर वर्षा
दशैंको महानवमीका दिन मङ्गलबार देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ। आजको वर्षाले गर्दा दशैंका क्रममा मानिसलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ।