राष्ट्रियता विरोधी कदमको प्रतिवाद गर्न उम्मेदवारी : गुरुङ
नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रियता विरोधी कदमको प्रतिवाद गर्न प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएको बताउनुभएको छ ।
पर्वतमा मनोनयन उत्साहपूर्वक सम्पन्न
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि पर्वतमा दलहरुले उत्साहकासाथ मनोनयन दर्ता गराएका छन् ।
सञ्चारमन्त्री कार्कीको सुनसरी ४ बाट मनोनयन दर्ता
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभातर्फ सुनसरी क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसका नेतासमेत रहनुभएका कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।
प्युठानमा थापा र पौडेलको उम्मेदवारी दर्ता
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिट्ब्युरो सदस्य सूर्य थापाले प्रतिनिधिसभा निर्वाचनका लागि प्युठानबाट मनोनयन दर्ता गर्नुभएको छ । थापाले जिल्ला सदरमुकाम खलंगामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
कैलाली–१ मा चौधरी, रावल र श्रेष्ठको उम्मेदवारी दर्ता
कैलाली प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट चार पटक प्रत्यक्ष र एक पटक समानुपातिकबाट गरी पाँच पटक प्रतिनिधि सभामा पुग्नुभएका र चार पटक मन्त्री बनिसक्नु भएका नेपाली कांगे्रसका केन्द्रीय सदस्य रामजनम चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
गुल्मीमा गठबन्धनविरुद्ध वागी उम्मेवारी दर्ता
गुल्मीमा गठबन्धनविरुद्ध बागी उम्मेदवारी परेको छ । गुल्मी निर्वाचन क्षेत्र नम्वर २ बाट गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीविरुद्ध नेपाली कांग्रेसका महासमिति सदस्य डा. दामोदर भुसालले बागी उम्मेदवारी दर्ता गराउनुभएको हो ।
कैलाली –५ बाट लक्ष्मण थारुको उम्मेदवारी
थरुहट–थारुवान आन्दोलनका अगुवासमेत रहनुभएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
स्याङ्जा २ मा गुरुङ र अर्यालको मनोनयन दर्ता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावका लागि नेपाली कांग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङ र नेकपा (एमाले) की केन्द्रीय सचिव पद्मा कुमारी अर्यालले मनोनयन दर्ता गराउनुभएको छ ।
काठमाडौंमा बढ्यो चिसो
देशको राजधानी काठमाडौंमा चिसोपना बढेको छ । मङ्सिर ४ मा हुने सङ्घ तथा प्रदेशसभाको निर्वाचनका कारण राजनीति तातिए पनि राजधानी काठमाडौंलगायत कतिपय स्थानमा चिसो बढेको छ ।
कैलाली क्षेत्र २ मा रावलको उम्मेदवारी दर्ता
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा मनोनयन दर्ता
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ ।
चितवन निर्वाचन क्षेत्र २ मा पोखरेलको उम्मेदवारी दर्ता
चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
दोलखामा कार्की र शिवाकोटीबीच प्रतिस्पर्धा हुने
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि दोलखामा सत्ता गठबन्धनका गंगा कार्की र नेकपा (एमाले) को तर्फबाट बालकृष्ण सिवाकोटीबीच प्रतिस्पर्धा हुने भएको छ ।
सुरक्षा व्यवस्था कडा बनाएको दाबी
भारतको बिहारसँग खुला सीमा जोडिएको महोत्तरीमा आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन सम्पन्न गर्न अनेकन चुनौती रहे पनि जिल्लामा सुरक्षा ब्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ ।
नेकपा एसका अध्यक्ष नेपालद्वारा रौतहट–१ मा मनोनयन दर्ता
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको क्षेत्र–१ बाट मनोनयन दर्ता गराउनुभएको छ ।
कैलाली ५ बाट ओझाको स्वतन्त्र उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चार राज्यमन्त्री पुस्करनाथ ओझाले कैलाली क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराउनु भएको छ । धनगढी सहितको क्षेत्र नम्बर ५ ले उपयुक्त उम्मेदवार नपाएको भन्दै आफूले उम्मेदवारी दर्ता गरेको उहाँले बताउनुभयो ।
रामेछापमा बस दुर्घटना, १३ यात्रु घाइते
रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् ।
प्रधानमन्त्री देउवाले दिउँसो २ बजे उम्मेदवारी दर्ता गराउनुहुँदै
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक डडेल्धुराबाट उम्मेदवारी दर्ता गराउन लाग्नुभएको हो ।
उम्मेदवार मनोनयनपत्र दर्ता सुरु
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ ।
राष्ट्रपति भण्डारी अस्पताल भर्ना
राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना हुनुभएको छ ।
अमेरिकी राजदूत थम्पसन छिट्टै आउँदै
नेपालका लागि अमेरिकाका नयाँ राजदूतका रूपमा डिन रिचार्ड थम्पसन आउनुहुने भएको छ । उहाँ अमेरिकी विदेश मन्त्रालयको वरिष्ठ कूटनीतिज्ञका रूपमा चिनिनुहुन्छ । यसअघिका राजदूत ¥यान्डी डब्लु बेरीको कार्यकाल सकिएसँगै अमेरिकी सरकारले थम्पसनलाई नेपालको राजदूतको जिम्मेवारी प्रदान गरेको हो । अमेरिकाको विदेश मन्त्रालयले जनाएअनुसार उहाँ छिट्टै पदभार ग्रहण गर्न नेपाल आउनुहुनेछ ।
सार्वजनिक जग्गा संरक्षणमा ठोस उपलब्धि हासिल भएन
सार्वजनिक जग्गाको संरक्षणका लागि धेरै पटक पहल गरिए पनि हालसम्म ठोस उपलब्धि हासिल भएको छैन । सरकारी सार्वजनिक जग्गाको संरक्षणको प्रक्रिया लामो भएका कारण पनि ठोस उपलब्धि हासिल हुन नसकेको बताइएको छ ।
अख्तियारका क्षेत्रीय कार्यालय उजुरी फस्र्योटमा बुटवल उत्कृष्ट
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका क्षेत्रीय कार्यालयमध्ये उजुरी फस्र्योटका आधारमा बुटवल कार्यालय उत्कृष्ट देखिएको छ । आयोगको ३२औँ वार्षिक प्रतिवेदनअनुसार यस कार्यालयबाट आर्थिक वर्ष २०७८÷७९ भित्रमा प्राप्त कुल उजुरीमध्ये ८४.५२ प्रतिशतको फस्र्योट भएको छ । आयोगको काठमाडौँको टङ्गालस
उम्मेदवारी दर्ता आज
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता आइतबार हुँदै छ । राजनीतिक दलका नेता र स्वतन्त्र राजनीतिक अभियन्ताले पाँच वर्षको प्रतीक्षापछि जनताबाट अनुमोदित हुने अवसरका रूपमा प्रत्यक्षतर्फको उम्मेदवारी (मनोनयनपत्र) दर्ता गर्नुहुनेछ ।