गठबन्धनको बागी उम्मेदवारी फिर्ता भएन
कपिलवस्तुमा तीन जनाको उम्मेदवारी फिर्ता भएको छ । उम्मेदवार फिर्ता लिनेमा १ जना प्रतिनिधि सभा सदस्यको उम्मेदवार र दुई जना प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेको मुख्य निर्बाचन अधिकृत तेजनाथ प्रकाश अधिकारीले बताउनुभयो ।
बाढी र डुबानले दाङमा २५ सय घरमा क्षति
दाङमा बाढी र डुवानका कारण २५ सय घरमा क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्लाभर दुई हजार ३१२ घरमा आंशिक र १९९ घरमा पूर्ण रुपमा क्षति भएको हो।
बाढीपीडितलाई डेंगु र मलेरियाको जोखिम
सात दिनको अविरल बर्षाका कारण आएको बाढी र डुबानबाट विस्थापित भई विद्यालय र त्रिपालमुनि बस्दैआएका बाँकेका बाढीपिडीतलाई डेंगु र मलेरियाको उच्च जोखिम रहेको छ ।
गुल्मीमा गठबन्धनविरुद्धका बागी उम्मेदवारी यथावत्
गुल्मीमा सत्ता गठबन्धनका उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेसका महासमिति सदस्य डा. दामोदर भुसालको मनोनयन यथावत रहेको छ ।
प्रदेशमा दुुई र सङ्घमा एक जनाको उम्मेदवारी फिर्ता
गत असोज २३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएकामध्ये तीन जनाले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । उम्मेदवारी फिर्ता लिनेमा प्रतिनिधि सभा सदस्य पदका लागि एक जना र प्रदेश सभा सदस्यका लागि दुुई जनाले आफ्ना उम्दवारी फिर्ता लिनुुभएको हो ।
जुम्लामा बाढीपहिरोले बगाएको स्थानीयवासीको घर
एक सातादेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले विभिन्न स्थानमा स्थानीयवासीको घरमा क्षति पुगेको छ ।
अर्यालद्वारा उम्मेदवारी फिर्ता
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गुल्मीको प्रदेशसभा निर्वाचन क्षेत्र नं. –२ (ख) मा स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसका नेता नरेन्द्रबहादुर अर्यालले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
पहिरो पीडित भन्छन्, ‘रातभर निद्रा लाग्दैन, पहिरोको आवाजले झस्काइरहन्छ’
गत असोजको २२ गते रातको करिब ३ बजेको थियो । ठूलो वेगले एक्कासि ड्याङडुङ्ग आवाज सुनेपछि बेगबहादुर पल्ली एक्कासि निद्राबाट ब्युँझनुभयो ।
अर्थमन्त्री शर्मा अमेरिकामा
अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार साँझ अमेरिकाको राजधानी वाशिङटन डिसी आइपुग्नुभएको छ ।
तरकारी बोकेको मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाइते
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक तरकारी बोकेको मिनी ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ ।
खोलाले बगाउँदा एकको मृत्यु
अर्घाखाँचीमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । छत्रदेव गाउँपालिका–३ का ६५ वर्षीय धनबहादुर घर्तिलाई स्थानीय बेङ्दि खोलाले बगाउँदा मृत्यु भएको हो ।
अलपत्र पर्यटकको तत्काल उद्धार गर्न पर्यटनमन्त्री श्रेष्ठको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ ।
जारको पानीको खुद्रा मूल्य ४७ र बोतलको १६ रुपियाँ
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल तथा जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुुद्रा मूल्य तोकेको छ । सङ्घीय संसद् प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुुगमन उपसहमतिको अध्ययन प्रतिवेदनसमेतका आधारमा विभागले बोतल र जारको पानीको खुद्रा मूल्य तोकेको गरेको हो ।
अल्पकालीन आदेशलाई निरन्तरता
सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट नहटाउन जारी गरेको अल्पकालीन आदेशलाई निरन्तरता दिएको छ। कार्यकारी अध्यक्ष अधिकारीलाई हटाएर सरकारले दीपु ज्वारचनलाई महाप्रबन्धकको जिम्मेवारी दिएको थियो। अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएसँगै ज्वारचनलाई महाप्रबन्धक तोक्ने सरकारको निर्णय कार्यान्वयनको कानुनी बाटो बन्द भएको छ भने अधिकारीलाई हटाउने निर्णय कार्यान्वयन पनि रोकिएको छ।
अध्यागमनका कर्मचारीको कमजोरी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष प्रयोग गरी ठगी मुद्दाका आरोपी रिजवान आलम फरार भएका घटनामा छानबिन समितिले अध्यागमन विभागको कमजोरी भएको निष्कर्ष निकालेको छ। नेपाल मुस्लिम आयोगको निमन्त्रणामा गत भदौ १७ गते संयुक्त अरब इमिरेट्स (यूएई)को संसदीय टोली नेपाल भ्रमणमा आएको थियो। परराष्ट्र मन्त्रालयले उक्त भ्रमण टोलीलाई विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न दिनेबारे पत्राचार गरेको थियो।
प्रतिकूल मौसमले पर्यटन क्षेत्र प्रभावित
प्रतिकूल मौसमका कारण यस वर्षको शरद ऋतुमा विभिन्न हिमाल आरोहण र पदमार्गमा गएका तीन जनाले ज्यान गुुमाएका छन् भने सयौँ पर्यटक प्रभावित भएका छन् । खराब मौसमका कारण मनास्लुको आधार शिविरसहित विभिन्न क्याम्प पुगेका आरोही आरोहण पूरा नगरी फर्किन थालेका छन् । यस सिजनमा ४०४ जनाले आरोहण अनुमति लिएको मनास्लुमा झन्डै एक सय जतिले मात्रै आरोहण पूरा गरेको पर्यटन विभागले जनाएको छ ।
प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी गैरकानुनी
डडेल्धुरा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायम रहने भएको छ ।
चुनावी प्रचार प्रसारमा संलग्न शिक्षक र सरकारी कर्मचारीलाई कारबाही
निर्वाचन आयोगले सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि कारबाही प्रारम्भ गरेको छ ।
ओखलढुङ्गामा खतिवडा र सुनुवारबीच प्रतिस्पर्धा हुने
ओखलढुङ्गामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बन्नुभएका रामहरि खतिवडा र नेकपा (एमाले) को तर्फबाट यज्ञराज सुनुवारले उम्मेदवारी दिनुभएपछि दुई जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
इजाजत प्राप्त हातहतियार बुझाउन स्थानीयलाई प्रशासनको अनुरोध
जिल्ला प्रशासन कार्यालय जाजरकोटले इजाजत प्राप्त हातहतियार बुझाउन स्थानीयलाई अनुरोध गरेको छ ।
लगातारको झरीले धानबालीमा क्षति
अघिल्लो हप्ता परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकका किसानको धानबालीमा क्षति पुगेको छ । दशैंको अघिल्लो दिनदेखि नै देशभर परेको पानीका कारण घानबालीमा क्षति पुगेको हो ।
गैर नागरिकतासम्बन्धी ऐनलाई संशोधन गराउने प्रधानमन्त्रीको प्रतिबद्धता
मङ्गलबार गैर आवासीय नेपाली सङ्घको वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले निकट भविष्यमा गैर नागरिकतासम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
सुनसान सिंहदरबार
दशैं मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ । दशैं सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरबारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन ।
सत्यमोहनको अवस्था चिन्ताजनक
वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ । ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको सघन उपचार कक्षमा उहाँको उपचार भइरहेको छ । अस्पतालले सोमबार अपराह्न प्रेस विज्ञप्ति जारी गरी जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको तथा अवस्था चिन्ताजनक रहेको जनाएको छ ।