• ९ मंसिर २०८१, आइतबार

गठबन्धनको बागी उम्मेदवारी फिर्ता भएन

blog

उम्मेदवारी फिर्ता लिनेक्रममा नेताहरु । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, असोज २६ गते । कपिलवस्तुमा तीन जनाको उम्मेदवारी फिर्ता भएको छ । उम्मेदवार फिर्ता लिनेमा १ जना प्रतिनिधि सभा सदस्यको उम्मेदवार र दुई जना प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत तेजनाथ प्रकाश अधिकारीले बताउनुभयो ।

उम्मेदवारी फिर्ता लिनेमा कपिलवस्तु २ (क) प्रदेश सभा सदस्यमा एमालेको तर्फबाट बागी उम्मेदवार दिनु भएको रुपेस कुमार श्रेष्ठ, कपिलवस्तु २ (ख) प्रदेश सभा सदस्य सतराज अहमल मुसलमान र कपिलवस्तु १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हिमाल बुढाथोकी रहनु भएको छ । जिल्लामा सत्ता गठबन्धनका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुभएको छैन ।  

सत्ता गठबन्धन दल नेकपा समाजवादीले प्रदेशसभा सदस्य पदमा १ (ख) र ३ (क) मा उम्मेदवार खडा गरेको छ । यसैगरी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १ मा सत्ता गठबन्धनका उम्मेदवार चक्रपाणि खनालविरुद्ध नेपाली कांग्रेसका ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । 

जसपा र एमालेबीच सहमति भएको क्षेत्रमा समेत दुवै दलको उम्मेदवारी परेको छ । दुई दलबीचको सहमतिअनुसार जसपाले निर्वाचन क्षेत्र नम्बर १ (ख) र ३ (ख) मा उम्मेदवारी दिने भए पनि एमालेका उम्मेदवारी परेको छ ।