लेक लागेर दम्पतीको मृत्यु
लमजुङको दोर्दी र दूधपोखरी गाउँपालिकाको सिरानमा पर्ने ऐतिहासिक एवम् पर्यटकीय मेमेपोखरी घुमेर फर्कने क्रममा लेक लागेर एक दम्पत्तिको मृत्यु भएको छ ।
एक सय ४४ घर परिवार विस्थापित
पूर्वी नवलपरासीमा लगातार चार दिनसम्म परेको झरीका कारण १४४ घर परिवार बाढीको डुबानमा परी विस्थापित भएका छन् । नवलपुरका चार पालिका गैँडाकोट, मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीका सो परिवार विस्थापित भएका हुन् ।
हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध
दशैंको टीकाको दिन यता नेपालगञ्ज क्षेत्रबाट उडान हुने कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाई सेवा अबरुद्ध भएको छ । एयरलाइन्स कम्पनीका जहाजहरु काठमाडौं फर्कनुु र मौसम पनि सफा नभएको कारण चार दिनदेखि हवाई सेवा अबरुद्ध हुँदा यात्रुु मर्कामा परेका छन् ।
पहिरो खसेर कालीगण्डकी कोरिडोर अवरुद्ध
कालीगण्डकी करिडोर अन्तर्गत पीपलडाँडा–रामपुर सडक खण्डको सहदीखोला पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको छ । रम्भाको पीपलडाँडा र फोक्सिङकोटको सिमाना सहदीखोलामा डाँडा भाँसिएपछि कालीगण्डकी कोरिडोर अबरुद्ध बनेको हो ।
सभामुख सापकोटासँग राजदूत यान्छीद्वारा बिदाइ भेट
सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गर्नुभएको छ । राजदूत यान्छीले शनिबार विहान सभामुखसँग उहाँको सरकारी निवास लैनचौरमा बिदाइ भेट गर्नुभएको हो ।
नेकपा (एमाले) र जसपाबीच चुनावी तालमेलमा सहमति
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र जनता समाजवादी नेपाल (जसपा) बीच चुनावी तालमेल भएको छ । अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष यादवबीच आज शनिबार सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार जसपाले १७ सिट पाउने छ ।
ज्वरो आएपछि राष्ट्रपति भण्डारी शिक्षण अस्पताल भर्ना
राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना हुनुभएको छ । राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य परीक्षका लागि उहाँ अस्पताल भर्ना हुनुभएको उहाँको मुख्य स्वकीय डा. भेषराज अधिकारीले जानकारी दिनुभयो ।
डुबानमा परेका १०३ जनाको उद्धार
लगातारको वर्षाका कारण राप्ती नदी बस्तीमा पसेपछि डुबानमा परेका दाङ देउखुरीका १०३ जनालाई उद्धार गरिएको छ । नेपाली सेना र सशस्त्र प्रहरीले देउखुरीका विभिन्न स्थानबाट उद्धार गरी सुरक्षित स्थानमा राखेको छ ।
वर्षाले जलविद्युत्, सडक र कृषिमा क्षति
विगत पाँच दिनदेखिको अविरल बेमौसमी वर्षाका कारण नेपालीको महान् चाड बडादसैँ निरस बनेको छ । लामो बेमौसमी वर्षाले म्याग्दीको जलविद्युत्, सडक र कृषिमा ठूलो क्षति पुगेको छ भने ग्रामीण जनजीवनसमेत अस्तव्यस्त बनेको छ ।
पूर्वी नवलपरासीमा एकसय ४४ घर डुबानमा
अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर शुक्रबार पूर्वी नवलपरासीका एकसय ४४ घर डुबानमा परेका छन् ।
खोलाले बगाएर एक महिला बेपत्ता
अस्पतालबाट उपचार गरेर घर फर्किरहेकी एक महिलालाई खोलाले बगाएर वेपत्ता बनाएको छ । बयलापाटा अस्पतालबाट उपचार गरेर फर्किरहेकी मंगलसेन नगरपालिका –११ गिटीखौलाकी ४४ वर्षीया सरस्वती रावल शुक्रबार दिउँसो तापिँरवा खोलामा वेपत्ता भएकी हुन् ।
नेता ओझाद्वारा कैलाली ५ मा उम्मेदवारी घोषणा
गत निर्वाचन २०७४ मा कारवाहीमा पर्नुभएका नेपाली कांग्रेसका नेता पुष्करनाथ ओझाले स्वतन्त्रबाट कैलाली क्षेत्र नं. ५ मा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
राप्तीमा हालसम्मकै ठूलो बाढी, सतह ८.५५ मिटर नाघ्यो
बाँकेको पूर्बी क्षेत्रका तीन पालिकालाई छोएर बग्ने राप्ती नदीमा यस वर्षकै ठूलो बाढी आएको छ । तीन दिनदेखि भइरहेको अविरल बर्षाले गर्दा नदीको सतह पहिलो पटक हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
बाढीको भेलमा गाउँ डुब्यो, डुङ्गाबाट उद्धार गरिँदै (फोटो फिचर)
लगातारको वर्षाका कारण दाङको लमही नगरपालिका वडा नं ८ धनपुरुवा गाउँ बाढीको भेलमा डुबेको छ । राप्ती नदीमा आएको बाढीले धनपुरुवा गाउँलाई डुवान पारेको हो । उद्धार कार्य जारी रहेको छ ।
पहिरोले अवरुद्ध सडकः केही खुले, केही खुल्न बाँकी
अविरल वर्षासँगै पहिरो जाँदा देशभर विभिन्न सडकखण्डहरु अवरुद्ध भएका छन् । केही खुलेका छन् भने केही खुल्न बाँकी रहेको छ । अहिले देशभर धेरै ठाउँमा सडक अवरुद्ध छ ।
निर्वाचन आयोगले स्मरण गरायो उम्मेदवारले गर्नुपर्ने स्वघोषणा
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि हुने उम्मेदवारको स्वघोषणाबारे जानकारी गराएको छ ।
नेपाली कांग्रेसले यस वर्ष चाडपर्व विशेष चियापान कार्यक्रम आयोजना नगर्ने
सत्तारुढ दल नेपाली कांग्रेसले यस वर्ष चाडपर्व विशेष चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिनमा चियापान कार्यक्रम गर्दै आएकोमा यस वर्ष सो दिन आगामी निर्वाचनको उम्मेदवार चयनको मिति रहेकोले सो कार्यक्रम स्थगन भएको जानकारी दिनुभयो ।
हातहतियार बुझाउन रुपन्देही प्रशासनको निर्देशन
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ । एक सूचना जारी गर्दै प्रशासनले कात्तिक ५ गतेभित्र हातहतियार बुझाइसक्न सम्बद्ध पक्षलाई निर्देशन दिएको हो ।
नारायणीको बाढी सुस्तातर्फको बाँध भत्काएर वस्ती पस्यो
तीन दिनदेखि लगातार परेको वर्षाका कारण नारायणी नदीको बाढी नवलपरासीको सुस्तामा बाँध भत्काएर गाउँमा पसेको छ । बाढी गाउँ पसेपछि सुस्तामा त्रास फैलिएको छ ।
सतर्कतासहित उद्धार सामग्री तयारी अवस्थामा राख्न आग्रह
जिल्ला प्रशासन कार्यालय कैलालीले प्राकृतिक विपतका कारण मानवीय तथा आर्थिक क्षति हुन सक्ने भन्दै सतर्क रहन सम्बन्धित सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ ।
हतियार बुझाउन अछाम प्रशासनको आग्रह
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई भयरहित बनाउन जिल्ला प्रशासन कार्यालय अछामले व्यक्तिसँग भएका हतियार बुझाउन आग्रह गरेको छ । इजाजत प्राप्त गरेका हातहतियारहरु आउँदो कात्तिक ५ गतेभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको छ ।
कैलालीका पाँच वटै क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय खुले
आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि कैलालीका पाँच वटा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय खुलेका छन् ।
भजन गायक पाण्डेको निधन
“जिन्दगीले कहाँ ल्याइ पुर्यायो.....” लगायत लोकप्रिय गीतका गायक प्रमोद पाण्डेको ५८ वर्षको उमेरमा बिहीबार निधन भएको छ । करिब डेढ वर्षदेखि मस्तिष्क क्यान्सरको उपचार गराइँदै आउनुभएका गायक पाण्डेको आज उहाँको निजी निवास काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
खोलाले बगाउँदा एकको मृत्यु
पाल्पाको रिब्दीकोट –६, ठिमुरेस्थित मन्दीखोलाले बगाएर एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट –५, नयाँटोला बस्ने पाँच वर्षकी प्रिन्सु पचभैँया रहनुभएको छ ।