• १३ साउन २०८१, आइतबार

भजन गायक पाण्डेको निधन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २० गते । “जिन्दगीले कहाँ ल्याइ पुर्‍यायो.....” लगायत लोकप्रिय गीतका गायक प्रमोद पाण्डेको ५८ वर्षको उमेरमा बिहीबार निधन भएको छ । करिब डेढ वर्षदेखि मस्तिष्क क्यान्सरको उपचार गराइँदै आउनुभएका गायक पाण्डेको आज उहाँको निजी निवास काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।  

रेडियो नेपालबाट गायन सुरु गर्नुभएका पाण्डेले दर्जनौँ आधुनिक गीत तथा भजनमा स्वर दिनुभएको छ । मृतक पाण्डेका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।