दलित बस्तीमा पुस्तौँदेखि खानेपानी अभाव
जिल्लाको पूर्बी–उत्तर क्षेत्रमा रहेको जगनाथ गाउँपालिकाको वडा –६ ओबाबका दर्जनौ दलित बस्तीमा वर्खामै खानेपानीको अभाव देखिएको छ ।
बाख्रा पालनबाट महिलाको आयस्तरमा वृद्धि
तनहुँको भिमाद नगरपालिका र घिरिङ गाउँपालिकाको महिलाको बाख्रा पालनबाट आयस्तर परिवर्तन भएको छ । दुई पालिकाबाट यसपालीको दशैंमा खसी र बोका बिक्री गरी झण्डै तीन करोड रुपियाँ महिलाले आम्दानी गर्न सफल भएका छन् ।
लिम्बूहरुको ऐतिहासिक निशान नाच प्रदर्शन
छिमेकी जिल्ला पाँचथरको थर्पूमा लिम्बू समुदायको इतिहास बोकेको ऐतिहासिक निशान नाच प्रदर्शन गरिएको छ । मङ्गलबार याङ्वरक गाउँपालिका –४ थर्पूस्थित कालिका भगवती मन्दिर परिसरमा निशान नाच प्रदर्शन गरिएको हो ।
फिदिममा पशुबलिविरुद्व बृहत् र्याली
दशैंको नवौं दिन अर्थात महानवमी पर्वका दिन नेपालीले अधिक मात्रामा पशुको बलि दिन्छन् । देवी देवताका नाममा बलीभोग दिनुहुन्न भन्ने कोणबाट पनि बहश शुरु भएको छ । यसैवीच पाँचथरको फिदिममा पशुबलीबिरुद्व सन्देश दिन भन्दै प्रदर्शन गरिएको छ ।
बसको ठक्करबाट महिलाको मृत्यु
प्युठानको ददेरीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सरुमारानी गाउँपालिका २ ददेरीमा अन्दाजी २८ वर्षीया महिलाको बसको ठक्करबाट आज मंगलबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुशील थापाले बताउनुभयो ।
चाडवाडमा मासु खाँदा बोसोरहित मासु खान विज्ञको सुझाव
दशैं भन्ने बित्तिकै मिठो खाने, राम्रो लगाउने चाड भन्ने आमबुझाइ छ । दशैंको बेलामा सबैभन्दा बढी खपत हुने भनेको मासुजन्य पदार्थ नै हो । दशैंमा आ–आफ्नो गच्छअनुसार सबैका घरमा मासु पाक्ने गर्छ । दशैंको मौकामा विभिन्न मासुका प्रकार बनाएर खाने गरिन्छ । तर ध्यान दिनु पर्ने कुरामा विचार गरिदैन । त्यसले स्वास्थ्यमा प्रतिकुल असर पनि गर्छ ।
पहिरोले नहर भत्काएपछि सिमकोटमा विद्युत् सेवा अवरुद्ध
बडादशैं मनाइरहेका बेला सोमबार रातीबाट सदरमुुकाम सिमकोट लगायत दुुई वटा गाउँपालिकाको विद्युत् सेवा अवरुद्ध भएको छ । हिल्दुम बिधुुत आयोजनाको नहरलाई पहिरोले भत्काएपछि अनिश्चितकालका लागि बिधुत सेवा अवरुद्ध भएको हो ।
महानवमीमा हातहतियार (पायाः) र सवारीसाधनको पूजा
आश्विन शुक्ल नवमी अर्थात् विजयादशमी सुरु भएको आज नवौं दिन नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी महानवमी मनाउने चलन छ । महानवमीका दिनमा घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । आजको दिन विशेष गरी नेवाः समुदायमा बिहानै घर सफा गरेर विभिन्न मठमन्दिरमा पूजा आराधना गर्ने परम्परा छ ।
नेपाल प्रहरीको मौलो पूजा
नेपाल प्रहरीले मौलो पूजा सम्पन्न गरेको छ । मङ्गलबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा मौलो पूजा सम्पन्न गरिएको हो । नेपाल प्रहरीले परम्परागतरुपमा गर्दै आएको मौलो पूजा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता
जिल्लाको खाँदबारी नगरपालिका ९ मा पर्ने सभाखोलामा नुहाउन गएका बाबु छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा खाँदबारी ७ का करिब ४० वर्षका तारानाथ काफ्ले र उहाँको छोरा १५ वर्षका सनम काफ्ले रहेको सङ्खुवासभा जिल्ला प्रहरी प्रमुख डिएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।
प्रशासन कार्यालयद्वारा हतियार बुझाउन आग्रह
जिल्ला प्रशासन कार्यालय तनहुँले इजाजतपत्र लिएर वैद्यानिक रूपमा घरमा हातहतियार राख्दै आएका सर्वसाधारणहरूलाई हातहतियार बुझाउन आग्रह गरेको छ ।
प्रहरीका पीडा : कोठाभित्रै त्रिपालको सहारा
बझाङ, असोज १७ गते । गत हप्ता प्रहरी सहायक निरीक्षक मानबहादुर पालको टोली गस्तीमा सुवेडा पुग्यो। दिनभर परेको पानीले पालसहित अन्य दुई प्रहरी जवान निथ्रुक्क भिज्नुभयो। पानी पर्दै थियो उहाँहरू राति ८ बजे मात्रै विमानस्थल प्रहरी चौकीमा पुग्नुभयो। चौकीमा पुग्दा डिउटी सकेर आएका आ-आफ्नो कोठामा जानुभयो। कोठा भने बाहिरको भन्दा बढी भिजेको थियो। कोठाका भित्ताहरू पुरै भिजेर हिलाम्य भएका थिए। ओछ्यान र भुईँ पनि उस्तै। “बिहान गस्ती जाने बेलामा आकाश उज्यालै थियो”, प्रहरी सहायक निरीक्षक पालले भन्नुभयो, “दिउँसो यस्तो पानी पर्ला भन्ने सोचाइ नै भएन। कोठाभित्र त्रिपाल टाँग्न पनि बिर्सिएछु। साँझ त यस्तो हालत।”प्रहरी सहायक निरीक्षक पालको कोठामा मात्रै होइन, विमानस्थल सुरक्षाको जिम्मेवारीमा खटिएका सबै प्रहरी कर्मचारीको अवस्था त्यही छ। झरी पर्दा त्रिपाल नलगाउने हो भने कोठाभित्र बस्नै सकिन्न। “प्रचण्ड गर्मीमा पनि तातो जस्ता छानाले शरीरै जलाउने जसरी पोल्छ”, उहाँ भन्नुहुन्छ, “बाध्यताले बस्नपर्छ।”देवल विमानस्थलमा प्रहरी चौकी बसेको दुई दशकभन्दा बढी भइसक्यो। विमानस्थल बन्नुभन्दा अगाडिदेखि नै निर्माणाधीन विमानस्थलको सुरक्षाका लागि जस्ताको भवनमा प्रहरी चौकी बसेको थियो। त्यो भवन न अहिलेसम्म फेरियो न त त्यसको छानो नै। धुजाधुजा भइसकेको भवनमा अहिले पनि प्रहरी सहायक निरीक्षकको टोली त्यही ठाउँमा बसेर शान्ति सुरक्षा दिइरहेको छ।विमानस्थलको चौकी मात्रै होइन, अन्य ठाउँमा पनि प्रहरीका भवनहरू नहुँदा प्रहरी एकाइहरू बिचल्लीमा छन्। अहिले कतै भाडामा त कतै सामुदायिक भवनमा राखिएका छन्।चौबिसै घण्टा डिउटी गरिरहनुपर्ने जिल्ला अस्पताल अगाडिको प्रहरी पोष्ट लामखुट्टेको घर जस्तै देखिन्छ। वल्लो पल्लो घर तथा अस्पतालको फोहोर जलाउने ठाउँ त्यतै भएको हुँदा लामखुट्टेले एकै ठाउँमा उभिन दिँदैन। डिउटीमा बसेका एक प्रहरी जवानले भन्नुभयो, “पोष्टभित्र बस्दा सिधै झुलभित्र छिनुपर्छ। बाहिर एकै ठाउँमा उभिए माहुरीको गोलोमा आएजस्तै लामखुट्टे आउँछन्।” उहाँले सडक छेउमा सवारी जाँजका लागि रोक्नुपर्ने हुँदा पनि बढी लामखुट्टे आउने गरेको बताउनुभयो। “गाडी जाँच गर्दा पनि धुवाँ थुप्रिन्छ। दिनमा दर्जनौँ सवारी जाँज गर्दा अन्य ठाउँको भन्दा बढी लामखुट्टे बढ्न थालेका हुन्”, उहाँले भन्नुभयो।अस्पताल अगाडिको पोष्टमा चुहिने अवस्था पनि उस्तै छ। पुरानो भइसकेको जस्तापाताबाट रङ गइसकेको छ। “पानी पर्दा २० प्रतिशत जति भित्रै आउँछ,” उहाँले भन्नुभयो, “डिउटी त गर्नैपर्यो।” छविसपाथिभेरा गाउँपालिकामा प्रहरी चौकी लामो समय विद्यालयको भवनमा थियो। शान्ति मावि चौघानपाटाले भवन दिएपछि चौकी बसेको हो। अहिले भने स्थानीयवासीले शान्ति सुरक्षाका लागि जमिन उपलब्ध गराएपछि बगडगाउँमा प्रहरी चौकीको भवन बनेको छ।बझाङ प्रहरी प्रमुख जागेश्वर भण्डारीका अनुसार अहिले जिल्लामा २९ वटा प्रहरी युनिट छन् भने नौ वटा अस्थायी प्रहरी पोष्ट रहेका छन्। तर, अहिलेसम्म चार ठाउँमा मात्रै प्रहरीका आफ्नै भवनहरू छन्। “जिल्ला प्रहरी कार्यालय, बुङ्गल नगरपालिका, तलकोटको मेलबिसौना र छविसपाथिभेराको बगडगाउँबाहेक अन्य ठाउँमा आफ्नै भवनहरू छैनन्”, उहाँले भन्नुभयो, “प्रहरी युनिट तथा अस्थायी प्रहरी पोष्टका लागि जमिन पनि खोजिरहेका छौँ।”उहाँका अनुसार प्रहरी चौकी बस्न कम्तीमा पाँच रोपनी जमिन चाहिन्छ। “प्रहरीको आफ्नै भवनका लागि पाँच रोपनी जमिन चाहिन्छ। त्यो पनि नम्बरी, खुला ठाउँमा”, उहाँले भन्नुभयो, “हामीले सबै ठाउँमा जग्गाको खोजी गरिरहेका छौँ। जता भेटिन्छ, त्यो जमिन किन्छौँ र प्रहरीको भवन निर्माण गर्छौँ।” उहाँले जिल्लामा अहिलेसम्म खोजेजस्तो जग्गा नपाएकाले प्रहरी चौकी निर्माणमा ढिलाइ भएको बताउनुभयो। रासस
पिङ संस्कृति जोगाउन युवाहरु सक्रिय
दशैं र तिहारको अवसरमा गाउँघरमा खेलिने लिङ्गे पिङ लोप हुँदै गएपछि रुपन्देही सैनामैना नगरपालिका १० सालझण्डीका युवाहरु पिङ संस्कृति संरक्षण गर्न लागिपरेका छन् । पिङ नै हराउन थालेको भन्दै स्थानीय सालझण्डी ब्वाइज क्लव र विश्व शान्ति युवा क्लवले पहिलो पटक सालझण्डीमा लिङ्गे पिङ शुरु गरेका हुन् ।
च्याङ्ग्राको मूल्य आकासिएसँगै स्थानीय खसीबोकाको माग बढ्यो
हिमालि च्याङग्राको मुल्य आकाशीएसँगै स्थानीय खसीबोकाको माग बढेको छ । हिमाली क्षेत्रमा जडिबुटी खाएर हुर्केका च्याङग्रा दशैंमा उपभोक्ताको रोजाईमा परे पनि मुल्य बढी हुँदा स्थानीय जातका खसीबोका उपभोग गर्नु स्थानीयको बाध्यताझै भएको छ । च्याङग्रा खाना नसक्ने अवस्था भयो काठेखोला २ का सागर विकले भन्नुभयो । च्याङग्राको मासु खाने होईन मुल्य सुनेर बस्नु पर्ने भयो । दशैंलाई गाउँकै खसी उपभोग गर्ने तयारी छ उहाँको भनाइ छ।
लुक्ला उडान सुरु भएसँगै रामेछापको मन्थली विमानस्थल व्यस्त
रामेछापको सदरमुकाम मन्थलीबाट सोलुको लुक्लासम्मको हवाई सेवा सुरु भएसँगै मन्थली विमानस्थल व्यस्त बनेको छ । कोभिड–१९ र विमानस्थल मर्मतका कारण रोकिएको हवाई सेवा सुरु भएसँगै मन्थली विमानस्थलमा चाप बढेको हो ।
राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको दर्शन (फोटो फिचर)
बडादशैं अन्तर्गतको नवरात्रीको अष्टमीको दिन राष्ट्रपति विद्यादेवि भण्डारीले आज सोमबार काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका –९ मा रहेको पलान्चोक भगवतीको दर्शन गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत सोमबार बिहान उहाँ पाँचखालस्थित बिरेन्द्र सैनिक कार्य तालिम केन्द्रसम्म आउनुभएको थियो ।
विशेष प्रहरी भएको बताउने दुई ठग पक्राउ
उदयपुरमा आफूलाई विशेष प्रहरी भएको बताउँदै ठगी गर्ने दुई जना ठगलाई प्रहरीले पक्राउ गरेको छ । आपूहरु सिभिल (सादा पोसाकका) प्रहरी भएको भन्दै सर्वसाधारणलाई धम्की दिएर जवरजस्ती रकम मागेर ठगी गरेको अभियोगमा दुई जना ठगलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
देशभर एक हजार ५५० भन्दा बढी पक्की पुल निर्माण हुँदै
देशमा पक्की पुल निर्माणको अभियान चलेको छ । पछिल्लो समय देशमा नयाँ सडकहरु निर्माण तथा विस्तारको क्रममा विभिन्न ठाउँमा रहेका नदी तथा खोलाहरुमा पक्की पुलहरु निर्माणको क्रम बढेको हो । हाल देशभर एक हजार ५५० बढी पक्की पुल निर्माणको क्रममा रहेका छन् ।
घोडा संरक्षण गर्न घोडा दौड
जुम्ली घोडाको संरक्षण र पहिचान स्थापित गर्न घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली स्पोर्ट क्लबद्वारा आयोजित सो प्रतियोगितामा यस वर्ष ३५ घोडा सहभागी भएका थिए ।
हेटौँडामा बस दुर्घटना : दुई जनाको मृत्यु, ३६ घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै सोमबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
युवापुस्ताले चासो नदिँदा राडीपाखी बुन्ने पेसा सङ्कटमा
कला, संस्कृतिमा धनी जिल्ला बागलुङमा पुराना परम्परा र पेसा हराउन थल्दा जिल्लाको पहिचाननै सङ्कटमा पर्ने देखिन्छ ।
गाउँघरमा देखिन छाड्यो पिङ
पिङ हालेको देखेपछि दशैं आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको बताइन्छ । गाउँघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेले वर्षमा एक पटक भए पनि दशैंमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन कायमै छ ।
दशैंमा घर पुग्नै सकस
बाजुराका स्थानीयवासीलाई दशैं मनाउन गाउँ फर्किन समस्या भएको छ । कामको शिलसिलामा प्रदेशीएका तथा पढाइको क्रममा जिल्ला बाहिर रहेका यती बेला दशैं मनाउन गाउँ फर्किन थालेका छन् ।
दशैं गाउँमै रमाइलो : घर फर्किनेको लर्को
रोजगारी, बसाइसराइ तथा बढ्दो सहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन् । गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढाबुढी मात्रै देखिन्छन् ।