• ११ असोज २०८१, शुक्रबार

फिदिममा पशुबलिविरुद्व बृहत् र्‍याली

blog

पशुबलि न्यूनीकरण गर्न सन्देश दिने उद्देश्यले फिदिममा निकालिएको र्‍याली । तस्बिर : राधा लुइँटेल

राधा लुइँटेल

फिदिम, असोज १८ गते । दशैंको नवौँ दिन अर्थात् महानवमी पर्वका दिन नेपालीले अधिक मात्रामा पशुको बलि दिन्छन् । देवी देवताका नाममा बलिभोग दिनुहुन्न भन्ने कोणबाट पनि बहस सुरु भएको छ । यसैबीच पाँचथरको फिदिममा पशुबलिविरुद्व सन्देश दिन भन्दै प्रदर्शन गरिएको छ ।  

पशु पंक्षीको वध गर्नु अपराध भएकाले त्यसो नगर्न प्रदर्शनकारीले सन्देश प्रवाह गरेका छन् । प्राणीको दुःख पनि आफ्नोसरह हो, त्यसैले उनीहरूको हिंसा नगरौँ, सम्पूर्ण प्राणीलाई प्रेम गरौँ, बलिभोग न्यूनीकरण गरौँ, चाडपर्वलाई मितव्ययी बनाऔँ, शाकाहारी भोजन गरौँ, देवी देवताको पूजा आराधना फलफूल चढाएर गह्रौँजस्ता नारा लेखिएका प्ले कार्ड र ब्यानर सहभागीले प्रदर्शन गरेका थिए । 

कार्यक्रममा प्रेमवाद नेपाल (हेभन्ली पाथ नेपाल) र ब्रह्मकुमारी राजयोग सेवा केन्द्र लगायतका बुद्ध धर्मावलम्बीहरूको सहभागिता थियो ।  र्‍याली फिदिम १ लिम्बुवान गेटबाट सुरु भएर नगर परिक्रमा गर्दै गणतन्त्र चोकमा पुगेर कोणसभापश्चात् टुङ्गिएको थियो ।

विश्व प्राणी दिवसको सन्दर्भ पारेर याली आयोजना गरिएको हेभन्ली पाथ नेपालका अभियन्ता विक्रम राईले जानकारी दिनुभयो ।