राष्ट्रपतिले इच्छुकलाई टीका लगाइदिने
राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका दिन इच्छुक पदाधिकारी र सर्वसाधारणलाई टीका लगाइदिनु हुने भएको छ ।
बेरुजु घटाउने लक्ष्य निर्धारण
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालू आर्थिक वर्षमा कुल लेखा परीक्षणको पाँच प्रतिशतभन्दा कम बेरुजु कायम गर्ने लक्ष्य निर्धारण गरेको छ ।
कोही उडेर त कोही गुडेर
कोरोनाले थलिएका सामाजिक, सांस्कृतिक रीतिरिवाज तथा परम्परा पुनः बिस्तारै आफ्नो लयमा आउन थालेका छन् । स्वदेशमा होस् वा विदेशमा बसेका नेपालीले आफ्ना घरपरिवारसँग स्वतन्त्र र आनन्दले चाडबाड, मेला–पर्व तथा टीकाटालो गर्न नपाएको झन्डै चार वर्ष भयो । कोरोनाको डरले जो जता बसेको छ, त्यतै ज्यान जोगाउनुपर्ने बाध्यताले होला, यसअघिका चारवटा दशैँलगायत चाडपर्व खासै खुसी र आनन्दले मनाउन पाइएका थिएनन् तर यस पटक भने स्वदेश मात्र होइन, विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीसमेत स्वदेश फर्केर घरपरिवारसँग टीकाटालो गर्ने, आशीर्वाद लिने–दिने योजना बनाइरहेका छन् ।
स्वर्गीय भट्टराई सबैका लागि प्रेरणादायी
राष्ट्रिय सभाका पूर्वसचिव राधेश्याम भट्टराईको निधनमा राष्ट्रिय सभा सचिवालयले बिहीबार कार्यक्रम आयोजना गरी श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
स्याङ्जा पहिलो मनाङ शून्य
बितेको एक वर्षमा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला स्याङ्जा बनेको छ । मनाङबाट भने वर्षभरिमा एक जना पनि कर्मचारी निजामती सेवामा प्रवेश गरेका छैनन् ।
१६ हजार सवारी अनुगमनको जिम्मा एक जना ट्राफिकलाई
सवारीसाधनको बढ्दो चाप र सीमित जनशक्तिका कारण ट्राफिक व्यवस्थापन जटिल तथा चुनौतीपूर्ण बन्दै गएको छ ।
प्रधानन्यायाधीशसरह सुविधाको विरोध
नेपाल बार एसोसिएसनले कायममुकायम प्रधानन्यायाधीशलाई पनि प्रधानन्यायाधीशसरहको सुविधा दिने सरकारको निर्णयको विरोध गरेको छ । छ महिनाभन्दा बढी अवधि कायममुकायम भएका न्यायाधीशलाई प्रधानन्यायाधीशको सुविधा दिने गरी सरकारले गरेको निर्णय अ
‘नेपाली आकाश सुरक्षित’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को ४१औँ त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताउनुभएको छ ।
‘आमा’हरूको एक्लो दशैँ
दशैँको उल्लास छ । बजारमा चहलपहल बढेको छ । दशैँमा चाहिने सामग्री किन्न र खर्चको जोहो गर्न सबै व्यस्त रहँदा ९० वर्षीया लक्ष्मी
मुटु रोगको जोखिम बढ्दै
जीवनशैलीमा आएको परिवर्तनसँगै मुटु रोगको जोखिम बढ्दै गएको छ । अस्वस्थकर जीवनशैलीका कारण कोलेस्टेरोल, उच्च
४३ सवारी साधन कारबाहीमा
दशैं सुरक्षा योजनाअनुसार जिल्ला प्रहरी कार्यालयले गरेको सवारी चेकजाँचको क्रममा नियमविपरित यात्रु बोक्ने ४३ जना सवारी साधन कारबाहीमा परेको छ् । जिल्ला प्रहरी कार्यालयको अगुवाइमा प्रहरी चौकी रानिमत्ता, पाल्तडा, राकम कर्णाली र इलाका प्रहरी कार्यालय दुल्लुबाट गएको ट्राफिकसहितको टोलीले एक सय १० सवारी चेकजाँच गर्दा ४३ सवारी साधनलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
काठमाडौंमा दशैंका लागि ७० हजार खसीबोका आवश्यक
दशैंका लागि काठमाडौंमा देशका विभिन्न जिल्लाबाट खसी, बोका च्याङ्ग्रा तथा भेडा भित्रिएका छन्।
दशैंमा कामदार घर गएपछि करिडोरको काम बन्द
नेपाली सेनाको बिकास निर्माण दलले कर्णाली करिडोरको हुम्ला र बाजुुरा खण्डमा गर्दैआएको काम रोकेको छ । सडक निर्माण कार्यमा खटिदै आएका कामदार दशैं मनाउन घर गएपछि सेनाले काम रोकेको हो ।
सिमेन्ट उद्योगका कामदार आन्दोलनमा
पाल्पाको रैनादेवी छहरा –२, सर्देवामा निर्माणाधीन सिजी सिमेन्ट उद्योगमा कार्यरत कामदार आन्दोलित भएका छन् । तीन महिनादेखि तलब भत्ता नपाएको भन्दै कम्पनीमा काम गर्ने कामदारहरूले कार्यालयमा तालाबन्दी गरेर काम ठप्प पारेका हुन् ।
दाङमा एम्बुलेन्स दुर्घटना, चालक घाइते
दाङमा एम्बुलेन्स दुर्घटना हुँदा चालक घाइते भएका छन् । रोल्पाको होलेरीबाट घोराहीतर्फ आउने क्रममा एम्वुलेन्स घोराही उपमहानगरपालिका–१९ च्यानगैरामा दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका हुन ।
अख्तियारको बर्दिबास कार्यालयमा एक वर्षमा ९१५ उजुरी, जनकपुर शीर्षस्थानमा
बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले आयोगको ३२ औँ वार्षिक प्रतिवेदन मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाएको छ । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगका बर्दिबासस्थित कार्यालय प्रमुख गोपालकुमार अधिकारीले मिश्रसमक्ष आव ०७८/०७९ को प्रतिवेदन पेस गर्नुभएको हो ।
अधिकारका विषय समावेश गर्न आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको सन्दर्भमा जारी गरिने घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न राजनीतिक दललाई आग्रह गरेको छ ।
‘प्रविधिबारे अनभिज्ञ हुनु लज्जाजनक’
सभामुख अग्निप्रसाद सापकोटाले दर्शन, विचार र सिद्धान्तसँगै सूचना प्रविधिलाई पनि साथमा लिएर अगाडि बढ्न सकेमात्र प्रगति र समृद्धि हासिल हुनसक्ने बताउनुभएको छ । सूचनाको सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित ‘कृत्रिम बौद्धिकता र विद्युतीय शासनः सूचनाको हक प्रवद्र्धन’ विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले विकसित नयाँ प्रविधिका बारेमा अनभिज्ञ रहनु लज्जाजनक हुने अवस्था आएको बताउनुभयो ।
कार्यान्वयन हुँदै स्थानीय आर्थिक विकास कार्यक्रम
सबै स्थानीय तहमा नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यसहित सरकारले नवप्रवर्तन स्थानीय आर्थिक विकास (एलईडी) का
बढ्दै उत्तर विधायिकी परीक्षणको अभ्यास
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले उत्तर विधायिकी परीक्षण (ऐन कार्यान्वयन मापन)को अभ्यासलाई कार्यान्वयनमा ल्याएको छ ।
हराए ‘लेटर बक्स’
उपत्यकाका एकाध स्थानमा मात्र अब पत्रमञ्जुषा (लेटर बक्स) देख्न पाइन्छ । सूचना प्रविधिको विकासले लेटर बक्सलाई विस्थापित गरेको
नाङ्लोमा भरिन्छ लाइसेन्सको अनलाइन फाराम
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको फाराम भर्न सेवाग्राहीले अनलाइनमै महिनौँ लाइन बस्दा पनि सकिरहेका छैनन् तर यातायात व्यवस्था कार्यालय एकान्तकुनाको प्रवेशद्वारअगाडि नाङ्लो पसल राख्नेले भने एकैछिनमा फाराम भरिदिन्छन् । ‘सेवा शुल्क’ मात्र हजार रुपियाँ पर्छ ।
रानीवनको आगलागीबाट २५ लाख क्षति
काठमाडौंको रानीवनमा लागेको आगो नियन्त्रणमा आएको छ।आगलागीबाट करिब २५ लाखको क्षति भएको छ ।
चट्याङ लागेर दुईको ज्यान गयो
सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । देवानगञ्ज गाउँपालिका –१, मध्यहर्षाही र देवनागञ्ज ६ राजगञ्ज सिनुवारीमा बुधबार परेको चट्याङ लागेर दुई जनाको ज्यान गएको हो ।