बत्तीस दलले सच्याए बन्दसूची
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि ३२ राजनीतिक दलले प्रतिनिधि सभातर्फको समानुपातिकको बन्दसूची परिमार्जन गरेका छन् ।
‘चाड आउँछ, ऋण बढाएर जान्छ’
सिन्धुपाल्चोकका २८ वर्षीय आशिष तामाङ शनिबार दिनभर इँटा बोक्नमै व्यस्त हुनुहुन्थ्यो । दशैँको तयारी गर्नुपर्ने बेलामा उहाँलाई कामकै चिन्ता छ । उहाँका अनुसार काम सम्पन्न भई ठेकेदारले ज्याला दिँदैनन् ।
गुल्मीमा करेन्ट लागेर एकको मृत्यु
गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मी दरबार गाउँपालिकाको निर्माणाधीन अस्पतालमा काम गरिरहेका बेला करेन्ट लागेर भारतको छोटावासीनभार ग्राम परमानन्दपुर पोष्ट बसन्तपुरका २८ वर्षीय मोहमद आजातको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
कनकमुनि बुद्धसँग सम्बन्धित अरौराकोट संरक्षणको पर्खाइमा
कपिलवस्तुको पर्यटकीयस्थल अरौराकोट संरक्षणको पर्खाइमा रहेको छ । कनकमुनि बुद्धले आफ्नो बाल्यकाल तथा वैवाहिक जीवन व्यतीत गरेको ठाउँ अरौराकोट संरक्षणको पर्खाइमा रहेको हो । कनकमुनि बुद्धको जन्मस्थल निगालीकोटबाट करिब डेढ किलोमिटरको दुरीमा यो स्थान रहेको छ ।
सातै प्रदेशमा नार्क प्रविधि गाउँ
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले सातवटै प्रदेशमा नार्क प्रविधि गाउँ स्थापना गर्ने भएको छ । हाल तीनवटा प्रदेशमा स्थापना भइसकेको छ ।
टेलिकम कम्पनी गाभिन सक्ने
बैङ्क तथा वित्तीय संस्थाजस्तै टेलिकम कम्पनी पनि एकापसमा गाभिन सक्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले हालै पारित गरेको दूरसञ्चार सेवा प्रदायक गाभिने(मर्जर) तथा प्राप्ति(एक्विजिसन)सम्बन्धी नियमावली, २०७९ ले यस्तो बाटो खुला गरेको हो । नियमावलीले कुनै एउटा टेलिकम कम्पनीले अर्को टेलिकम कम्पनी प्राप्ति गर्ने आधार पनि खुलाइदिएको छ ।
त्रिचालीस वर्षपछि घुम्यो रोटेपिङ
एक, दुई, पाँच, १०, २० हैन ४३ वर्षपछि दशैँमा रोटेपिङ हालिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. १० मकैटारमा ४३ वर्षपछि रोटेपिङ हालिएपछि स्थानीयले बल्ल दशैँ आएको भन्दै खुसी साटासाट गरेका छन् ।
बन्दसूची संशोधन आजसम्म
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका
सुपथ मूल्य पसलमा चिनी र दुग्धजन्य पदार्थको अभाव
असोज १ गतेबाट सुरु भएको सुपथ मूल्य पसलमा चिनी तथा दुग्धजन्य पदार्थको अभाव देखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुरु गरेको सुपथ मूल्यका पसलमा चिनी र दुग्धजन्य पदार्थ नभेटिएको उपभोक्ताहरुको भनाइ छ ।
दशैंमा रङ्गिन काठमाडौं बजार (फोटो फिचर)
देशको सङ्घीय राजधानीका सपिङ सेन्टर हिजोआज रङ्गिन छन् । दशैं, तिहार र छठलगायत पर्वहरू नजिकिएसँगै बजार झिलिमिली बनेको हो ।
रोजगारी गुमाएर फर्केकालाई अनुदानमा अटो–रिक्सा
नवीन शिशिर विक बागलुङ, असोज १५ गते । बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटको कुमार राना तीन वर्ष अघि वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । विश्वव्यापी फैलिएको कोरोनाको कारण उहाँले वैदेशिक रोजगारी गुमाउनुभयो । कामविहीन भएपछि उहाँ नेपाल फर्कन बाध्य हुनुभयो । नेपाल फर्के पनि उहाँ बेरोजगार नै बस्नुपर्यो । गाउँघरमा रोजगारका अवसर प्राप्त नभएपछि उहाँले फेरि विदेश जाने योजना बनाउँदै हुनुहुन्थ्यो । तर गाउँपालिकाले रानालाई स्वरोजगार बन्ने अवसर दिएको छ । महामारीको समयमा रोजगारी गुमाएर घर फर्किएकालाई गाउँपालिकाले साथ दिएपछि रानाले गाउँमै व्यवसायी बन्ने अवसर पाउनुभएको हो । कोरोना महामारीको समयमा वैदेशिक रोजगारी गुमाएकाहरूका लागि गाउँपालिकाले अटो–रिक्सामा अनुदान दिएपछि रानाको व्यवसायी बन्ने बाटो खुलेको हो ।गाउँपालिकाभित्रै चल्ने गरी गाउँपालिकाले दुई जना युवालाई ७५ प्रतिशत अनुदानमा अटो–रिक्सा उपलब्ध गराएको छ । चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रममा नै महारीमा रोजगारी गुमाएकालाई अटो–रिक्सा अनुदान दिने कार्यक्रम गाउँपालिकाले बनाएको थियो । गाउँपालिकाले धुल्लुबास्कोटका कुमार र होमबहादुर रानालाई अनुदानको रिक्सा उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । गाउँपालिकाले अनुदानमा उपलब्ध गराएका अटो–रिक्सा गाउँपालिकाभित्रका मुख्य बजार र बस्तीहरूमा चल्नेछन् । ‘युवालाई स्वरोजगार बनाउने र ग्रामीण बस्तीमा सहज यातायात सेवा पुर्याउने दुवै योजना हो’’ अध्यक्ष शर्माले भन्नुभयो–‘हामीले सबै नागरिकको हित हुने क्षेत्रमा नै लगानी गरेका छौँ ।’पर्याप्त सवारीसाधनको अभावमा बरेङ गाउँपालिकाका गाउँहरूमा छोटो दुरीको यात्रामा सर्वसाधारणले सवारी साधन नपाउने समस्या थियो । भाडादर गाउँपालिकाले तोकेर अटो–रिक्सा सञ्चालनमा ल्याएपछि सबै सर्वसाधारणलाई आवतजावतमा सहज हुने शर्माले बताउनुभयो । अनुदानमा अटो–रिक्सा वितरणका लागि गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो । वडा कार्यालयको सिफारिस, वैदेशिक रोजगारमा बिताएको समय, कोभिड–१९ का कारण प्रभावित भई उपचार गरेको प्रमाण, १८ देखि ४० वर्ष भित्रको उमेर समूह, अशक्त भई अन्य पेसा व्यवसाय गर्न नसकेकोलगायतका मापदण्डका आधारमा उहाँहरूलाई अनुदान उपलब्ध गराएको शर्माले बताउनुभयो । गाउँपालिकाले निर्धारण गरेको रुटमा अटो सञ्चालन हुनेछन् । खरिदमा मात्रै अनुदान दिइएकाले गाउँपालिकासँग भएको सम्झौताका आधारमा अटो–रिक्सा सञ्चालन, मर्मत र इन्धनको व्यवस्थापन अटो–रिक्सा सञ्चालक आफैँले गर्नुपर्नेछ । पाँच लाख ८९ हजार नौ सय पर्ने अटो–रिक्साको लागि व्यवसायीले एक लाख ४७ हजार ४७५ र बाँकी रकम गाउँपालिकाले भुक्तानी गरेको छ ।अटो–रिक्सा हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष । नवीन शिशिर विक
विमानस्थल आसपास चङ्गा उडाए कारबाही
नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थल आसपास चङ्गा उडाए कारबाही गर्ने जनाएको छ । सूचना जारी गर्दै कार्यालयले चङ्गा नउडाउन जानकारी गराएको छ ।
रेबिज उन्मूलन गर्ने लक्ष्यमा चुनौती
नेपालले आगामी सन् २०३० भित्र रेबिज उन्मूलन गर्ने लक्ष्य लिएको छ । रेबिजका बिरामी बर्सेनि बढ्दो क्रममा रहेकाले सरकारी लक्ष्यअनुसार रेबिज उन्मूलन गर्ने लक्ष्यमा भने चुनौती थपिएको छ ।
ज्येष्ठ नागरिक मिलन केन्द्रलाई अनुदान दिइने
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक मिलन केन्द्रलाई अनुदान उपलब्ध गराउनका लागि कार्यविधि बनाएको छ । ज्येष्ठ नागरिकबाट शुल्क लिएर वा नलिई दिउँसोको समयमा हेरचाह गर्नका लागि मन्त्रालयले यस्तो मिलन केन्द्रको अवधारणा ल्याएको हो ।
ललितपुरले बिरामीलाई औषधोपचार खर्च दिने
ललितपुर महानगरपालिकाले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधोपचार खर्च उपलब्ध गराउने भएको छ । महानगरपालिकाको समाज कल्याण महाशाखाअन्तर्गतको जनस्वास्थ्य शाखाले त्यस्तो खर्च आवश्यक पर्नेहरूसँग निवेदन माग गरेको छ ।
खसीबोका किनबेचले सडक अस्तव्यस्त
बीपी राजमार्ग र अरनिको राजमार्गमा चल्ने सवारीसाधनका कारण व्यस्त हुने काभ्रेपलाञ्चोक जिल्लाको मुख्य
असम्बन्धितले अल्ट्रासाउन्ड गरे कारबाही : काउन्सिल
न्यूनतम योग्यता नपुगेका तथा पेसासँग असम्बन्धित व्यक्तिलाई अल्ट्रासाउन्ड सेवा प्रवाहको जिम्मेवारी नदिन नेपाल मेडिकल काउन्सिलले सरोकारवालालाई निर्देशन दिएको छ । स्वास्थ्य संस्थामा आवश्यक न्यूनतम योग्यताबिना
‘ज्येष्ठ नागरिकको जीवन सहज र सुरक्षित हुनुपर्छ’
राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य रहेको बताउनुभएको छ ।
प्रदेश र स्थानीय तहमा आफूखुसी विदेश भ्रमण
प्रदेश तथा स्थानीय तहका पदाधिकारी र कर्मचारीले आफूखुसी विदेश भ्रमण गर्ने गरेको पाइएको छ । कानुनविपरीत सम्बन्धित कर्मचारी र पदाधिकारीको कार्यक्षेत्र नभएका कार्यक्रममा समेत प्रदेश तथा स्थानीय तहका पदाधिकारी र कर्मचारीले आफूखुसी वि
कविकुञ्ज बन्यो सङ्ग्रहालय
महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयको उद्घाटन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शु
समस्या समाधान गर्न ‘हेल्लो तिलोत्तमा’
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरबासीका गुनासो र समस्या सुन्न र समाधान गर्न ‘हेल्लो तिलोत्तमा’ सुरु गरेको छ । हेल्लो तिलोत्तमाको नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वरी चौधरीले शुक्रबार उदघाटन गर्नुभयो ।
प्राकृतिक सम्पदाको दोहन हुँदा राज्य संयन्त्र मौन छ : पूर्व राष्ट्रपति यादव
पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरुको दोहन हुँदा समेत राज्य संयन्त्र मौन रहेको भन्दै दुःखेसो गर्नुभएको छ ।
दमक बसपार्क आकर्षक बनाइँदै
केही दिन अघिसम्म अस्तव्यस्त रहेको दमक बसपार्क अहिले स्थानीयहरुको प्रयासमा आकर्षक बनेको छ । चाडपर्वलाई लक्षित गरी साथीभाइ नामक समूहले बसपार्कको स्वरुप नै परिवर्तन गरेको हो ।
तुम्लिङ र ताक्चीमा झोलुङ्गे पुल निर्माण कार्य सुरु
नाम्खा गाउँपालिका –६ को हिमालपारिको गाउँ लिमीको तुम्लिङ र ताक्ची नदीमा नयाँ झोलुङ्गे पुलको निर्माण कार्य सुरु भएपछि स्थानीय बासिन्दा खुसी हुनुभएको छ ।