• ११ असोज २०८१, शुक्रबार

चट्याङ लागेर दुईको ज्यान गयो

blog

जयकृष्ण यादव  

इनरुवा, असोज १२ गते । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । देवानगञ्ज गाउँपालिका –१, मध्यहर्षाही र देवनागञ्ज ६ राजगञ्ज सिनुवारिमा बुधबार परेको चट्याङ लागेर दुई जनाको ज्यान गएको हो । 

मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका –१, मध्यहर्षाहीकी ५० वर्षीय मिरादेवी यादव र देवनागञ्ज ६ राजगञ्ज सिनुवारिका ६० वर्षिया उचितनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बिहानको समयमा घरमा काम गरिरहेका यादवद्वयको चट्याङले घटनास्थलमै मृत्यु भएको थियो । चट्याङबाट मृत्यु भएका दुवैको पोष्टमार्टमका लागि शव अस्पताल लगिएको  इलाका प्रहरी कार्यालय देवानगञ्जले जनाएको छ ।