• १३ साउन २०८१, आइतबार

दशैंमा घर पुग्नै सकस

blog

धनगढीबाट बाजुराको बाम्का लागि छुट्दै सवारी साधन । तस्बिर : शेरबहादुर सार्की/ बाजुरा

शेरबहादुर सार्की
बाजुरा, असोज १७ गते ।
 बाजुराका स्थानीयवासीलाई दशैं मनाउन गाउँ फर्किन समस्या भएको छ ।

कामको सिलसिलामा प्रदेशीयका तथा पढाइको क्रममा जिल्ला बाहिर रहेका  यती बेला दशैं मनाउन गाउँ फर्किन थालेका छन् ।

त्रिवेणी नगरपालिका स्थानीय रामबहादुर साउँदले दशैं मनाउन भारतबाट गाउँ आउन गाडी नपाएर निकै सास्ती खेप्नु परेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘दशैंको बेला गाडी नपाउँदा चर्को भाडा तिर्नुपर्ने र भाडा तीरे पनि राम्रोसँग गाडीको सिटमा बसेर सवार गर्न नपाउँदा निकै समस्या भोग्नुपर्‍यो ।’’

विगतका केही वर्षमा कोरोनाको कहर तथा अन्य विभिन्न समस्याका कारण दशैंमा घर आउन पाएको थिएन । अहिले अवस्था सहज भएपछि दशैं मनाउन घर आउँदा बाटोमा गाडी नपाउँदा सास्ती खेप्नु परेको उहाँ बताउनुहुन्छ ।

विगतका केही वर्षमा कोरोनाको कहरले दशैं मनाउन घर आउन नपाएका बाजुराका स्थानीयवासी यो पटकको भने दशैं अगावै धमाधम गाउँ फर्किन थालेका छन् ।

बाजुराका अधिकांश स्थानीयवासी चैत र असारको खेती सकेर रोजगारीका लागि छिमेकी मुलुक भारत जाने गर्छन् ।

बूढीगङगा नगरपालिका स्थानीय भरत सुनारले काठमाडौँदेखि बाजुरासम्म पुग्दा निकै कष्ठघर यात्रा  भोग्नु परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘काठमाडौंमै गाडी नपाएर दुई दिन बसपार्कमा बास बस्नु पर्‍यो । पछि गाडी पाए पनि २८ घण्टासम्म उठेर उत्तरीया पुगियो । त्यहाँ पनि गाडीमा राम्रो सिट नपाएपछि उभिएर नै बाजुरा पुग्दा निकै समस्या भोग्नुपर्‍यो ।’’

चर्को भाडा तिरेर पनि सहजरुपमा यात्रा गर्न नपाउनु र उभिएर नै लामो यात्रा गर्दा निकै समस्या हुने उहाँको भनाइ छ ।