मगर गोहीले बाख्रो मार्यो
कैलालीमा सोमबार मगर गोहीले एक बाख्रो मारेको छ । घोडाघोडी नगरपालिका –४ सुन्दरपुरमा रहेको घोडाघोडीको शाखा ताल टेडी पर्सिनियामा रहेको गोहीले स्थानीय डेगबहादुर खत्रीको बाख्रा मारेको हो ।
सर्पले डस्दा एकको मृत्यु
स्याङ्जाको वालिङमा एक पुरुषका सर्पले डसेर मृत्यु भएको छ । स्याङ्जाको वालिङ –८ बोगटीडाँडाका ४२ वर्षीय तिलबहादुर खाणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जनाकारी दिनुभयो ।
सुर्खेत–कोहलपुर सडक अवरुद्ध हुँदा यात्रु अलपत्र
बुधबारदेखि परेको निरन्तर बर्षाका कारण आएको पहिरोले रत्न राजमार्ग अन्तर्गत सुर्खेत–कोहलपुर सडक खण्ड दुई दिनदेखि अवरुद्ध भएको छ । आईतवारदेखि अवरुद्ध भएको सडक सोमवार दिउँसोसम्म पनि खुल्न सकेको छैन् ।
पहिरोमा परेर आठ जनाको मृत्यु
मुगु छाँयानाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको छ । सोमबार बिहान नगरपालिकाको तल्लो सालिमगाउँको माथिबाट आएको पहिरोमा परी आठ जना बेपत्ता भएका थिए ।
‘लोकतन्त्रमा फरक विचारलाई समेट्ने कुराको अर्थ हुन्छ’
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा असोज २३ गते राजनीतिक दलहरूले प्रत्यक्षतर्फको उम्मेदवारी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन् । टिकट वितरणमा असन्तुष्ट बनेका राजनीतिक दलका नेताहरूले कोही अन्य पार्टीबाट उम्मेदवारी दिएका छन्, कोही स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
मङ्सिर र पुसमा छैनन् नेपाली फिल्म
आउँदो मङ्सिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चर्चा देशभर छ । निर्वाचनको रौनक बढेसँगै अन्य गतिविधि छायाँमा पर्ने भएकाले फिल्मकर्मीले मङ्सिर तथा पुसमा फिल्म रिलिज नगर्ने भएका छन् ।
२६ मनोनयन दर्तामध्ये १४ स्वतन्त्र
रुकुमपूर्बमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ जिल्लास्थित विभिन्न राजनीतिक दल र स्वतन्त्रले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । जिल्लाबाट एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यका लागि जिल्लास्थित विभिन्न राजनीतिक दल र स्वतन्त्रले मुख्य निर्वाचन अधिकृत कार्यालयमा आइतबार उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
तीन बालबालिकाको मृत्यु
जाजरकोटमा अबिरल वर्षाका कारण आएको पहिरो तथा चट्याङ्गमा परेर तीन जना बालबालिकाको मृत्यु भएको छ । लगातारको वर्षाले जुनिचाँदे १० सीर्पा गाउँमा गोठाला गएका एकाघरका दाजु बहिनीको मृत्यु भएको हो ।
सन्दीपलाई सात दिन हिरासतमा राख्न अनुमति
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
कर्णालीमा बाढी १२.३५ मिटर, दुई घर भत्किए, विस्थापन बढाउँदै
कर्णाली नदीमा बाढीले खतराको तह पार गरेको छ । गेज रिडर पार्वती गुरुङका अनुसार सोमबार बिहान ८ः३० बजे बाढी १२.२ मिटर पुगेको छ । आज बिहान ४ः०० बजे १२.३५ मिटर पुगेको बाढी अलि घटेको छ । कर्णाली नदीमा बाढी १०.८० मिटर पुग्नुलाई खतराको तह मानिन्छ ।
मृत्युको कारणसहितको विवरण सार्वजनिक गरिने
राष्ट्रिय जनगणना–२०७८ को पूर्णविवरण सार्वजनिक हुँदा मृत्युको कारणसहित विवरण सार्वजनिक गरिने भएको छ। कुन कारणले मानिसको मृत्यु भएको हो भन्ने यकिन तथ्याङ्कसहित विवरण सार्वजनिक हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। यस अगाडिको जनगणनामा भने मृत्युका कारण खोजी गर्ने गरिएको थिएन।
अवरोध हटाई सडक सञ्चालन
केही दिनयता परेको अविरल वर्षाका कारण मुलुकभरि बाढीपहिरोले अवरुद्ध भएका राजमार्ग र सडकको १५५ स्थानको अवरुद्ध हटाई दुवैतर्फ पुनः सञ्चालनमा ल्याइएको छ। सडक विभागका अनुसार बाढीपहिरोका कारण २१० ठाउँमा राजमार्ग र सडक अवरुद्ध भएको थियो। विभागका महानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार अवरुद्ध भएका ४० स्थानमा एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको छ भने बाँकी स्थानमा अवरुद्ध हटाउने काम भइरहेको छ। उहाँले २७ वटा राजमार्ग र सडक अवरुद्ध भएकोमा १७ वटाको अवरुद्ध हटाई सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। उहाँले अहिलेको बाढीपहिरोले पुलमा कुनै पनि समस्या नआएको बताउनुभयो।
संरक्षक समिति छनोट प्रक्रिया थालियो
मुलुकमै पहिलो पटक उपकुलपति नराख्ने प्रावधानसहित स्थापना हुन लागेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) गठन प्रक्रिया सुरु भएको छ। उक्त विश्वविद्यालयको सर्वोच्च निकाय समिति हो। जसले विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक, व्यवस्थापकीय तथा नीति र मापदण्ड स्वीकृत गर्ने, विश्वविद्यालयका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन गर्ने, विश्वविद्यालयलाई विश्वस्तरीय विश्वविद्यालयका रूपमा विकास गर्न अल्पकालीन तथा दीर्घकालीन योजना बनाउने काम गर्छ।
दर्ता शान्तिपूर्ण : आयोग
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा भएको निर्वाचन आयोगले जनाएको छ। मनोनयन दर्ताका लागि बिहान १० बजेबाट सुरु भएर अपराह्न ५ बजेसम्म तोकिएको थियो।
चारवटै सुरक्षा निकाय परिचालन
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रक्रिया सुरु भएलगत्तै देशको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणीन्द्रमणि पोखरेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि मनोनयन दर्तासँगै चारवटै सुरक्षा निकायलाई संयुक्त रूपमा परिचालन गरिएको जानकारी दिनुभयो। उहाँले आगामी निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीसहित झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन हुने जानकारी दिनुभयो। निर्वाचन प्रक्रिया सुरु भएसँगै मुख्य निर्वाचन अधिकृत तथा
कालोसूचीबाट हट्नेबारे कात्तिकमा निर्णय
पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा टुङ्गो लाग्ने भएको छ। सन् २०१३ देखि युरोपेली सङ्घ (ईयू)को कालोसूचीमा रहेको नेपालबारे दुई दिन अध्ययन तथा अनुगमन गरेर फर्किएको ईयूको प्राविधिक सहयोग टोलीले कात्तिक ११ गते प्रतिवेदन बुझाउने भएको छ।
कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेसबाट पन्तको उम्मेदवारी दर्ता
आगामी मङ्सिर ४ गते हुने सङ्घीय संसदको प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ मा सत्तारुढ गठवन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्तको उम्मेदवारी दर्ता भएको छ ।
पाल्पामा गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा
दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा रहेको पाल्पामा मुख्य दलका उम्मेद्वारबीच प्रतिष्पर्धा हुनेभएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमाले र गठबन्धन दलका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको हो ।
काभ्रेमा प्रदेशभन्दा प्रतिनिधिसभामा उम्मेदवारी बढी
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या बढी रहेको छ । आइतबार भएको उम्मेदवारी मनोनयन दर्ता गराउने क्रममा प्रदेश सभाभन्दा प्रतिनिधि सभामा उम्मेदवारी दिनेको सङ्ख्या बढी रहेको छ ।
सप्तरीमा यादव र राउतवीच प्रतिस्पर्धा
सप्तरीको निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादव तथा जनमत पार्टीबाट डा. सिके (चन्द्रकान्त) राउतबीच प्रतिस्पर्धा हुनेभएको छ । दुवैजनाले एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएपछि सो प्रतिस्पर्धा हुनेभएको हो ।
प्रतिनिधिसभातर्फ २१२८ र प्रदेशसभा तर्फ २८४५ उम्मेदवारी दर्ता
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरीबाट दुई हजार १२८ जनाले उम्मेदवारी दिनुभएको छ । १६५ पदका लागि एक हजार ९३७ जना पुरुष र १९१ जना महिलाले विभिन्न दल तथा स्वतन्त्रबाट सो संख्यामा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
लोसपा अध्यक्ष ठाकुरको महोत्तरीबाट उम्मेदवारी दर्ता
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदको लागि मनोनयन दर्ता गराउनुभएको छ ।
अर्घाखाँचीमा रायमाझी र भुषालको उम्मेदवारी दर्ता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा (एमाले) बाट अर्घाखाँचीमा टोपबहादुर रायमाझीले मनोनयन दर्ता गर्नुभएको छ ।
बाजुरामा नेता थापाको उम्मेदवारी दर्ता
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभाको एकमात्र निर्वाचन क्षेत्र रहेको बाजुराबाट नेकपा (एमाले) का उम्मेदवारहरुले प्रतिनिधि सभा र प्रदेश सभाका लागि आइतबार दिउँसो मनोनयन दर्ता गराउनुभएको छ ।