• १२ असार २०८१, बुधबार

कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेसबाट पन्तको उम्मेदवारी दर्ता

blog

प्रकाशविक्रम शाह 

धनगढी, असोज २३ गते । आगामी मङ्सिर ४ गते हुने सङ्घीय संसदको प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ मा सत्तारुढ गठवन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्तको उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारी दर्तापछि प्रक्रिक्रिया दिदै उहाँले धनगढीसँग भारतको गौरीफन्टा नाका व्यवस्थित गरेर जोड्ने, गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउने, धनगढी विमानस्थललाई अझ विस्तार गर्ने प्रतिवद्धता जनाउनुभयो । यस्तै क्षेत्र नम्बर ५ को प्रदेश सभा (क) बाट नेकपा (माओवादी केन्द्र) का रमेश धामी र (ख) बाट कांग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधि प्रकाशबहादुर देउवाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।