राजनीतिक स्थिरताका लागि गठबन्धन
गुल्मी निर्वाचन क्षेत्र नम्वर १ प्रतिनिधि सभाका उम्मेदवार चन्द्र भण्डारीले संबिधानको रक्षा र राजनीतिक स्थिरताका लागि गठबन्धन आवश्यक भएको बताउनुभएको छ ।
अख्तियारद्वारा दस मुद्दामा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका १० वटा मुद्दामा असहमति जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले सोमबार विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो। पुनरावेदन गरिएको मुद्दामध्ये आठवटा घुस तथा रिसवतसँग सम्बन्धित छन्। प्रश्नपत्रको गोपनीयता भङ्ग तथा गलत प्रतिवेदन तथा झुटा बिल भर्पाइँसँग सम्बन्धी मुद्दा एक–एकवटा छन्। यी सबै मुद्दामा गत साउन ९ गते पुनरावेदन गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
म्यादी प्रहरीको तालिम सुरु
आगामी मङ्सिर ४ गते का लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि आवश्यक म्यादी (अस्थायी प्रहरी)को तालिम सुरु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख १५ हजार म्यादी प्रहरीको तालिम आगामी कात्तिक ८ गतेसम्म सञ्चालन हुनेछ। यस पटक म्यादी प्रहरी भर्ना हुनेको आकर्षण विगतका निर्वाचनभन्दा बढी देखिएको छ। देशभरबाट एक लाख १५ हजार म्यादी प्रहरीको माग गरिएकामा दुई लाख ३४ हजार ३६२ जनाले आवेदन दिएका थिए।
प्रचारप्रसार व्यवस्थाबारे दलको असन्तुष्टि
निर्वाचन आचारसंहिताको प्रतिबन्धात्मक केही व्यवस्थाले राजनीतिक दलको निर्वाचन प्रचारप्रसार कार्यक्रम प्रभावित भएका छन् । विगतमा उम्मेदवारी दर्ता गरेदेखि नै क्षेत्रीय तथा जिल्लास्तरीय सभा, जुलुस गर्दै आएका राजनीतिक दल यतिबेला मौन भएर बसेका छन् ।
शिक्षाका सबै सूचना अब एकै ठाउँमा
देशभर सञ्चालित विद्यालय, विश्वविद्यालय तथा प्राविधिक शिक्षाप्रदायक संस्थासँग सम्बन्धित सम्पूर्ण गतिविधि तथा विवरण एकै ठाउँबाट उपलब्ध हुने भएको छ। यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीसम्बन्धी निर्देशिका जारी गरेको छ। उक्त निर्देशिका कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत सबै प्रदेश तथा स्थानीय तहलाई जानकारी गराइने मन्त्रालयले जनाएको छ।
तीन महिनामा २७ लाख १८ हजार रुपियाँ भेटी संकलन
अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा चालु आर्थिक वर्षको तीन महिनामा २७ लाख १८ हजार रुपियाँ भेटी संकलन भएको छ । लुम्बिनी विकास कोषले आइतबार र सोमबार गरी दुई दिनसम्म आन्तरिक तथा बाह्य पर्यटकबाट दानपेटिकामा संकलन भएको भेटी गणना गरिएको हो ।
शताब्दी पुरुष जोशीको निधनमा भोलि सार्वजनिक बिदा
सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
भक्तपुरको गुण्डुबाट देखिएको मनासलु हिमाल (फोटो फिचर)
गत शनिबारदेखि नेपालबाट मनसुन बाहिएको छ । मनसुन बाहिरिएसँगै काठमाडौं उपत्यकाको मौसम सफा भएको छ ।
सुदूरपश्चिममा हुलाकी सडक: अर्बौँ लगानी, गति सुस्त
सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन हुलाकी सडकको गति सुस्त देखिएको छ । कैलालीको लम्की–खग्रौला र धनगढीको क्याम्पस रोडदेखि भजनीसम्म को काम सन्तोषजनक रुपले अघि बढन सकेको छैन ।
देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र निर्धारण
निर्वाचन अयोगले देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्रहरु निर्धारण गरेको छ । देशभर प्रतिनिधिसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्र रहेका छन् ।
म सत्यमोहन
मेरो घरको मूल ढोकाबाट भित्र प्रवेश गर्नेबित्तिकै पिताजी शङ्करराज जोशी र आमा नुगलदेवीको प्रतिमा देखिन्छ । आँगनमै मेरा जन्मदाताहरुको मूर्ति म आफैंले स्थापना गर्न लगाएको हुँ । मेरो प्रत्येक दिनको दैनिकीको सुरूवात माता र पिताको सम्झनाबाटै बिहान स्नान गर्दा एकपटक जल अर्पण गर्ने र बेलुकी सम्झनाको रूपमा दियो बालेर आरती गर्ने चलन मैले बाँचुन्जेल कायमै राखेको छु ।
निर्वाचन शान्तिपूर्ण गराउन प्रहरीको प्रमुख जिम्मेवारी : प्रधानमन्त्री (भिडियोसहित )
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन शान्तिपूर्ण रुपमा गराउन नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहेको बताउनु भएको छ । उहाँले ऐन कानुनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन निर्देशन पनि दिनुभयो ।
सन् २१०० सम्ममा गरिबी शून्यमा झार्ने सरकारको लक्ष्य : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी निवारण नीति, १५औँ योजना, दिगो विकास लक्ष्य, सार्क तथा बिमस्टेक गरिबी निवारण कार्य योजना अन्तर्गत गरिबी निवारणका कार्यक्रम अगाडि बढाइरहेको बताउनुभयो ।
पहिचान खुल्ने परिचयपत्रका आधारमा मतदान
मतदाता नामावलीमा नाम भएका कुनै पनि मतदाताले आफ्नो परिचय खुल्ने परिचयपत्रको आधारमा मतदान गर्न पाउने भएका छन्। मतदाता नामावलीमा नाम भएका व्यक्तिले आफ्नो स्पष्ट पहिचान खुल्ने नागरिकता, सवारी चालक अनुमतिपत्र, लालपुर्जा वा कुनै पनि सरकारी कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।
सर्वोच्चद्वारा निर्णय कार्यान्वयनमा रोक
सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नं. २ मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजु गुरुङको मनोनयन रद्द गर्ने निर्वाचन अधिकृतको कार्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले कात्तिक २ गतेसम्म निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।
झोलुङ्गे पुल तर्न २० रुपियाँ
सूर्यविनायक नगरपालिकाले खोला नरहेको स्थानमा बनाइएको सार्वजनिक झोलुङ्गे पुल तर्नेसँग शुल्क असुल्दै आएको छ। नगरपालिकाको वडा नं. ९ र १० को सिमाना साँगामा बनाइएको झोलुङ्गे पुल तर्न २० रुपियाँ तिर्नुपर्ने हुन्छ। दुईवटा डाँडालाई जोड्न बनाइएको सो पुल तरेबापत शुल्क लाग्ने विषय अहिले विवादित भएको छ।
सुदूरपश्चिममा एमाले एक्लै चुनावी मैदानमा
सुदूरपश्चिममा सत्तारुढ गठवन्धनविरुद्ध विभिन्न पार्टीसँग तालमेल गर्ने प्रयत्न गरेको नेकपा (एमाले) अन्ततः झण्डै एक्लै नै चुनावमा होमिएको छ । एमालेले रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस (बीपी) र राप्रपासित चुनावी तालमेल गर्ने प्रयास गरे पनि सफलता नभएपछि एक्लै भएको हो ।
ढुङ्गा लागेर एकको मृत्यु
माथिबाट ढुुङ्गा खसेर एक जनाको मृत्यु भएको छ । पशुु बस्तुु चराइरहेको बेला बर्षापछि गल्केको भिरोलो जमिनबाट खसेको ढुङ्गा लागेर वनमा साउने नेपालीको मृत्युु भएको हो ।
स्रोत नखुलेको १३ लाखसहित एक पक्राउ
कपिलबस्तुमा स्रोत नखुलेको १३ लाख आठ सय रकमसहित एक जना पक्राउ परेका छन् । प्रहरीले कपिलवस्तु कृष्णनगर नगरपालिका –२ गणेशपुर चोकस्थित कृष्णनगर चन्द्रौटा सडकखण्डमा कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदैगरेको लु १ ख २३९७ नम्बरको बसलाई गोप्य सूचनाको आधारमा चेकजाँच गर्नेक्रममा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो ।
भक्तपुरबाट किशोर बेपत्ता
भक्तपुर मध्यपुर ठिमी धुन्चेपाखाबाट एक किशोर बेपत्ता भएका छन् । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका –७ स्थायी घर भएका १६ वर्षीय किशोर अंकित तिमल्सिना शनिबार बिहान साढे ९ बजेदेखि हराइरहेको परिवारका सदस्यले बताउनुभएको छ । बाबु रामचन्द्र तिमल्सिना र आमा गोमा पराजुलीले छोरा शनिबार बिहान बिस्कुट किन्न धुन्चेपाखा घरबाट निस्केदेखि हराएको बताउनुभयो । खोजीकार्यका लागि ठिमीस्थित प्रहरी कार्यालयमा उजुरी दिएको उहाँहरुको भनाइ छ ।
शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम श्रद्धाञ्जलि
शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे पार्थिव शरीर ललितपुर महानगरपालिकाे परिसरमा अन्तिम श्रद्धाञ्जलिकाे लागि राखिएकाे छ । बिहान निधन हुनुभएकाे १०३ वर्षीय जाेशीकाे किस्ट शिक्षण अस्पतालमा मृत्यु भएकाे हाे ।
शताब्दी पुरुष जोशीको निधनले निकै दुःखी भएको छु : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आइतबार सामाजिक सञ्जाल ट्विट मार्फत जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
जोशीको अन्तिम संस्कार नहुने, अध्ययनका लागि अस्पतालमा राखिने
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले मृत्युअघि नै दान गरिसकेको शरीर नजलाउने निर्णय भएको छ । जोशीको शरीर अध्ययनका लागि ललितपुरस्थित किष्ट मेडिकल अस्पतालमा राखिने निर्णय भएको हो ।
स्थानीय तह ‘क्याबिनेट कल्चर’विपरीत
कानुनले स्थानीय तहको कार्यपालिकालाई क्याबिनेटका रूपमा अधिकार प्रदान गरे पनि स्थानीय सरकार भने ‘क्याबिनेट कल्चर’अनुसार सञ्चालन हुन सकेका छैनन्। स्थानीय तहले कार्यसम्पादन र कार्यविभाजन नियमावली निर्माण गरी स्थानीय तहको कार्यपालिका ‘क्याबिनेट कल्चर’अनुसार सञ्चालन हुनुपर्ने व्यवस्था गरेको छ तर स्थानीय तहले त्यसलाई कार्यान्वयन गर्न सकेका छैनन्।