• १० वैशाख २०८२, बुधबार

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

blog

१. विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का सदस्य मुलुकबिच भविष्यका महामारीको सामना गर्नेसम्बन्धी सम्झौतामा कहिले सम्झौता भएको हो ?

सन् २०२५ अप्रिल १६

कोभिड–१९ को समयमा गरिएका गल्ती नदोहोर्‍याइ भविष्यका महामारीसँग जुध्ने उद्देश्यका साथ ऐतिहासिक सम्झौतामा सहमत भएका । 

सम्झौताको मूल उद्देश्य रोगविरुद्ध औषधी कम्पनीसँग द्रुत साझेदारी सहज बनाउनु र महामारीविरुद्धको सङ्घर्ष सहज पार्नु हो ।

२. नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय मूर्तिकला सम्मेलन’ कहिले सम्पन्न भएको हो ?

विसं २०८२ वैशाख ५–६, काठमाडौँ

सम्मेलनले १५ बुँदे घोषणापत्र जारी गरेको । 

३. कोशी प्रदेश सरकारद्वारा पहिलो पटक लगानी सम्मेलनको आयोजना कहिले गरिने भएको छ ?

विसं २०८२ वैशाख १८ र १९

यसअघि माघ ११–१३ का लागि तय गरिएको सम्मेलन स्थगन भएको थियो । 

सम्मेलनमा प्रस्तुत हुने परियोजनामा उद्योग र पर्यटन क्षेत्रका आयोजना बढी रहने जनाइएको । 

४. नेपालमा हाल (२०८२ वैशाख) सम्म चरा प्रजातिको सङ्ख्या कति पुगेको छ ?

८९९

पूर्वी नेपालको इलाम सुखानीमा नयाँ प्रजातिको चरा ‘बैजनी कोइली’ ‘भ्वाइलेट कुक्कु’ फेला परेको । 

वैज्ञानिक नाम : क्राइसोककस साइन्थोरिंकस 

नेपाल पन्छीविद् सङ्घले विसं २०८२ वैशाख ३ मा यस बारेमा जानकारी दिएको । 

८९८ औँ : पर्पल–रम्पेड सनबर्ड (२०८१ फागुन) 

८९७ औँ : खैरो झाडी फिस्टो (ब्राउन बुस वाब्र्लर), (२०८१ मङ्सिर))

८९६ औँ : तालु धर्से अर्जुनक (स्पोटेड फ्लाइक्याचर), (२०८१ श्रावण) 

८९५ औँ  : फुस्रो सारौँ (विसं २०८१ वैशाख)

५. नेपालको प्रवासन दर प्रतिहजार जनसङ्ख्यामा कति रहेको छ ?

७.५ प्रतिशत

६. हात्तीको मुखाकृति जस्तै रहेको हात्तीढुङ्गा कहाँ अवस्थित छ ?

जैमिनी नपा–९, पैयुँथन्थाप 

हात्तीको मुखाकृतिको रूपमा रहेको सो शिला २००६ सालतिर देखिएको स्थानीयको भनाइ रहेको । 

सो आकृतिलाई २०१२ सालदेखि गणेशको रूपमा पूजा गरिँदै आएको । 

उक्त हात्तीढुङ्गा स्थानीय पर्यटकको आकर्षणको केन्द्र बने पनि बाह्य पर्यटकको पर्खाइमा रहेको छ । 

७. शिलापत्र वर्ष खेलाडी २०८१ घोषित हुन सफल खेलाडी को हुन् ?

पलेशा गोवर्धन

उनले सन् २०२४ को पाराओलम्पिकमा नेपाललाई पहिलो ऐतिहासिक पदक  (काँस्य) दिलाएकी । 

उनी दोस्रो पटक ‘वर्ष खेलाडी’ घोषित भएकी । 

यसअघि २०७८ सालमा पनि उनी शिलापत्र वर्ष खेलाडी घोषित भएकी हुन् । 

शिलापत्र वर्ष खेलाडी २०८० क्रिकेटर दीपेन्द्रसिंह ऐरी घोषित भएका थिए । 

८. वल्र्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर–२०२५ छनोट हुन सफल व्यक्तित्व को हुन् ?

कामपा उपमेयर सुनिता डङ्गोल

संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीतिलगायत विभिन्न विधामा ४० वर्ष मुनिका ११६ जना छनोटमा परेका । दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डङ्गोल मात्र छानिएकी हुन् । 

डङ्गोल राजनीति क्षेत्रबाट छानिएका १९ जनामध्ये एक हुन् । 

डङ्गोलसँगै थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा र भारतका नागरिक उड्डयनमन्त्री किंजरापु राममोहन नायडु पनि राजनीति क्षेत्रबाटै छनोट भएका । 

९. कफी खेती सर्वेक्षण, २०७५ अनुसार कफी उत्पादनमा पहिलो स्थानमा रहेको जिल्ला कुन हो ?

काभ्रेपलाञ्चोक (दोस्रो : स्याङ्जा र तेस्रो सिन्धुपाल्चोक)

१०. ह्वाइट हेल्मेट के सँग सम्बन्धित छ ?

सिरियाको द्वन्द्वग्रस्त क्षेत्रमा त्यहाँका नागरिकहरूको रक्षार्थ सञ्चालित स्वयंसेवी सङ्गठन 

११. पारिवारिक डिएनएको माध्यमबाट हराएको व्यक्तिको पहिचान गर्नका लागि इन्टरपोलद्वारा सञ्चालनमा ल्याइएको डाटा बेसलाई के भनी चिनिन्छ ?

आई फेमिलिया 

१२. नेपालमा सन् २०२५ सम्ममा कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ?

२४ प्रतिशत (सन् २०३० सम्म १४ प्रतिशतमा झार्ने लक्ष्य रहेको ।)

१३ कृषि ज्ञानकेन्द्र कहाँ स्थापना गरिने भएको छ ?

फक्ताङलुङ, ताप्लेजुङ 

१४. नेपालले कहिलेसम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ?

सन् २०३०  

१५. विश्व पृथ्वी दिवस कहिले मनाइन्छ ?

अप्रिल २२

सन् २०२५ को नारा : आवर पावर : आवर प्लानेट (हाम्रो शक्ति : हाम्रो प्लानेट)

सन् २००९ मा संयुक्त राष्ट्रसङ्घको ६३ औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको । 

१६. मिसेस डिभा नेपाल–२०२५ को ताज चुम्न सफल युवती को हुन् ?

सङ्गीता अधिकारी (सिनामङ्गल, काठमाडौँ)

उनले ताजसँगै एनएफइए अवार्ड २०२६ लण्डनमा सहभागी हुनका लागि इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी । 

सो प्रतियोगितामा टीका रानामगर फस्ट रनरअप र सम्झना गौतम सेकेन्ड रनरअप चयन भएका ।

१७. पोप फ्रान्सिसको निधन कहिले भएको हो ?

सन् २०२५ अप्रिल २१ (८८ वर्षको उमेरमा)

पोप फ्रान्सिसको नाम जर्ज मारियो बर्गोग्लियो हो ।

उनी रोमन क्याथोलिक चर्चको नेतृत्व गर्ने पहिलो ल्याटिन अमेरिकी जेसुइट थिए । 

१८. सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय कहिले गरेको हो ?

विसं २०८२ वैशाख ८

निजी क्षेत्रको समेत प्रतिनिधित्व रहने सो आयोग १५ सदस्यीय हुने । 

आयोगमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोग, योजना आयोगलगायत निकायका अधिकारी सदस्य रहने । 

१९. भारतले शक्तिशाली लेजर हतियारको सफल परीक्षण कहिले गर्‍यो ?

सन् २०२५ अप्रिल २०

यो हतियारले साना क्षेप्यास्त्र, हेलिकप्टर र ड्रोनलाई खसाल्न सक्ने जनाइएको । 

डिफेन्स रिर्सच डेभलपमेन्ट अर्गनाइजेसन (डिआरडिओ) ले अप्रिल २० का दिन आन्ध्र प्रदेशको कुर्नुलमा परीक्षण गरेको । 

यो परीक्षण पछि भारत आधुनिक लेजर हतियार भएका चिन, अमेरिका, रुस, बेलायत, जापान जस्ता देशको सूचीमा परेको छ । 

२०. बिसु पर्व कहाँ प्रचलनमा रहेको छ ?

सुदूरपश्चिम

नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन रहेको ।

विशेष गरी सुदूरपश्चिम अछाम, डोटी, डडेलधुरा, बझाङ, बाजुरा र बैतडी जिल्लामा यो पर्व मनाउने गरिएको ।

देवर–भाउजू, नन्द–भाउजू र साली–भिनाजुले एकआपसमा सिस्नु पानी छ्यापेर यो पर्व मनाउने चलन रहेको । देवर नहुने नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली एवं साली नहुने भिनाजुले विसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा रहेको ।

विसु पर्वमा घरहरू लिपपोत गर्ने, मिठा–मिठा परिकार बनाई खाने र विशेष गरी सिस्नु लगाउने प्रचलन रहिआएको । 

शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने, छालासम्बन्धी रोग निर्मूल हुने साथै वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास रहेको । 

पछिल्लो समय सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै जान थालेको ।

२१. वातावरण र पर्यावरण क्षेत्रमा काम गर्न ‘वातावरण प्रहरी’ को व्यवस्था गर्ने महानगर कुन हो ?

ललितपुर महानगरपालिका 

२२. भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ? 

धर्म कचहरी 

२३. ‘ए हाउस फर मिस्टर विश्वास’ र ‘इन अ फ्री स्टेट’ नामक कृतिका सर्जक को हुन् ?

भीएस नायपाल

उत्तर औपनिवेशकालीन परिवर्तनका पीडाका बारेमा प्रखर वक्ताका रूपमा परिचित नायपाल (सर विद्याधर सुरजप्रसाद नायपाल) ले सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरेका ।

सन् १९३२ मा ट्रिनिडाडमा जन्मेका नायपालले नोबेल पुरस्कार ग्रहणका क्रममा दिएको मन्तव्यमा आफ्ना पुर्खा नेपालबाट आएको हुन सक्ने बताएका । 

२४. ‘पार्लियामेन्ट अफ नेपाल’ नामक मोबाइल एप कहिलेदेखि सञ्चालनमा आएको हो ?

विसं २०७४ श्रावण १२

(युएनडीपीको सहयोगमा बनाइएको यो एपमार्फत संसदीय गतिविधि अर्थात् संसद्को बैठक प्रत्यक्ष रूपमा हेर्न र सुन्न सकिने ।)

२५. संयुक्त राष्ट्रसङ्घले ‘क्लाइमेट प्रोमिस’ (जलवायु प्रतिज्ञा) २०२५ कहिले सुरु गरेको हो ?

विसं २०८१ वैशाख ११

यो पेरिस सम्झौतामा निर्धारित तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा बढी बढ्नबाट रोक्न संयुक्त विश्वव्यापी प्रयास हो ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको नेतृत्वमा यो पहल सुरु भएको हो ।

यसले सामाजिक सञ्चार माध्यमका प्रभावशाली व्यक्तिहरू, आदिवासी नेता तथा प्रमुख निकायसहितका सरोकारवालालाई जलवायु अनुकूलनका मुद्दामा एकीकृत गर्ने छ ।

साथै महासचिव गुटेर्रेसको ‘सबै विनाश निराशा होइन’ भन्ने महत्वपूर्ण सन्देशलाई विश्वमाझ पुर्‍याउन सो अभियान सार्थक बन्ने अपेक्षा गरिएको ।

जलवायु परिवर्तनको प्रतिकार्यका लागि वित्त प्रवाह गर्न र जलवायु अनुकूलनको महत्वाकाङ्क्षा सफल बनाउन राष्ट्रसङ्घले सक्रिय पहल गर्दै आएको गुटेर्रेसले जनाएका । 

प्रस्तुतकर्ता : टङ्क केसी