• २७ असोज २०८२, सोमबार

चोरीको मोटरसाइकलसहित सात जना पक्राउ

blog

पक्राउ परेका अभियुक्तहरूबाट बरामद गरिएको चोरीका भएका मोटरसाइकल।

धीरेन्द्रप्रसाद साह

राजविराज, असोज २७ गते । सप्तरीमा चार वटा मोटरसाइकल चोरीको घटनामा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार तिलाठी कोइलाडी गाउँपालिका–८, का ललनकुमार दासको टोपा बजारस्थित स्कुल अगाडि पार्क गरी राखिएको स. २ प. ८६५९ नम्बरको सुपर स्पेन्डर मोटरसाइकल असोज १० गते दिउँसो चोरी भएको थियो। 

घटनापछि प्रहरीले विभिन्न स्थानमा सञ्चालन गरेको अनुसन्धानका क्रममा चोरीमा संलग्न सात जनालाई पक्राउ गरी उनीहरूबाट चार वटा मोटरसाइकल बरामद गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा राजविराज नगरपालिका–१५ का अनिलकुमार यादव, राजनारायण यादव, सचिन यादव, गजेन्द्रकुमार यादव, वार्ड ११ का अजयकुमार यादव, वार्ड १० का शिवनन्दन यादव र जिल्ला उदयपुर बेलका नगरपालिका–९ का गणेशबहादुर विश्वकर्मा रहेका छन्।

प्रहरी नायब उपरीक्षक (प्रनाउ) डम्बरबहादुर पुरीका अनुसार पक्राउ परेका सबै अभियुक्तहरू उपर चोरी मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको छ।