धान, गहुँ खेतीभन्दा लाभदायी पुष्प व्यवसाय
शुभकार्य फूलबाट नै सुरु हुन्छ । फूल आफैमा सुन्दर वस्तु हो । सौन्दर्यको प्रतीक फूल मन नपराउने मान्छे कमै हुन्छन् होला ? फूल देख्दा मात्र होइन, पुष्प व्यवसायलाई पनि सम्मानित पेसाको रूपमा हेरिन्छ ।
तिहार लागेपछि भेट्न छाडे मतदाता
तिहार, नेपाल संवत् तथा छठ पर्वका लागि मानिसहरु शहरबाट गाउँको घर र बजारबाट गाउँ झर्न थालेपछि मङ्सिर–४ मा हुन गइरहेको निर्वाचनमा होमिएका उम्मेदवारलाई घरदैलोमा मतदाता भेट्न समस्या भएको छ ।
तिहारका लागि पाला बनाउन भ्याइनभ्याई
उज्यालो पर्व तिहारमा बत्ती बाल्न आवश्यक पर्ने माटोको पाला बनाउन दाङको गढवा गाउँपालिका –१ पत्रिगाँ निवासी ६८ बर्षीय गाजुराम थारु कुमाललाई हिजोआज भ्याइनभ्याई छ । तिहारका लागि माटोको पालाको माग बढेपछि गाजुरामसँगै छोरा ताराबहादुर थारु कुमाल र नाति बिनायक थारु कुमालले माटोको पाला बनाउन सघाइरहनुभएको छ ।
तनहुँमा रोकिएन चितुवा आतङ्क
तनहुँको बन्दीपुर गाउँपालिका क्षेत्रमा चितुवा आक्रमण नरोकिएपछि स्थानीय बान्सिदा आतङ्कित भएका छन् ।
भिटामिन ‘ए’ खान छुटेका बालबालिकालाई फेरि खुवाइने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले यही कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन आग्रह गर्नुभएको छ ।
म्यादी प्रहरीको तालिम चल्दै, कात्तिक ९ बाट परिचालन हुने
अहिले म्यादी प्रहरीको तालिम चलिरहेको छ । असोज ३० देखि कात्तिक ८ गतेसम्म तालिम सञ्चालन हुनेछ । तालिम सकेको भोलिपल्ट अर्थात् कात्तिक ९ गतेबाट सुरक्षामा म्यादी प्रहरीलाई परिचालन गरिने प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो ।
अवस्था फेरिन नसकेको सिंहदरबार (फोटो फिचर)
बाहिर चिटिक्क सिँगारिए पनि सिंहदरबार भित्रका दृश्यहरु फेरिन सकेका छैनन् ।
उपलब्धिको रक्षा गर्न आग्रह
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लामो सङ्घर्र्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न निरन्तर पहल गरिरहेको दाबी गर्नुभएको छ । सो पार्टीको तर्फबाट शुक्रबार अपिल जारी गर्दै अध्यक्ष नेपालले उपलब्धिको रक्षा गर्ने र स्वेच्छाचारी शासन सञ्चालन गर्न चाहने पक्षबीच प्रतिस्पर्धा हुन लागेको बताउँदै त्यो जिम्मेवारीलाई पूरा गर्न नेता तथा कार्यकर्तालाई अनुरोध गर्नुभयो ।
नेपालले अनुकूलन र क्षतिपूर्तिको मुद्दा उठाउने
जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २७औँ सम्मेलन (कोप–२७) मा नेपालले अनुकूलन र क्षतिपूर्ति दुवै विषयलाई उठाउने भएको छ । बढ्दै गएको पृथ्वीको तापमानलाई कसरी रोक्ने भन्ने मुख्य उद्देश्यसहित इजिप्टको सामएलसेख सहरमा कात्तिक २० देखि मङ्सिर २ गतेसम्म हुने सम्मेलनमा नेपालले ती विषय उठाउने भएको हो । खनिज, इन्धन तथा कोइलाको प्रयोगले पृथ्वीको तापक्रम बढ्दै गएको बताइएको छ ।
मारवाडी सेवा समितिलाई अवैध संरचना हटाउन निर्देशन
विगत १९ वर्षदेखि पशुपति विकास कोषको जग्गा भोगचलन गर्दै आएको मारवाडी सेवा समितिले निर्माण गरेको अवैध संरचना हटाइने भएको छ। गौशाला चोकमा रहेको कोषको नौ रोपनी १४ आना जग्गामा बनेको भवनसहितको जग्गा कौडीको भाउमा लिजमा लिएर धर्मशाला सञ्चालन गर्दै आएको समितिलाई ३५ दिने समय दिएर अवैध संरचना हटाउन कोषले निर्देशन दिएको छ।
गुरुङको उम्मेदवारी कायम भएन
रुपन्देही क्षेत्र नं. २ का नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधि सभा सदस्यतर्फका उम्मेदवार राजु गुरुङको उम्मेदवारी कायम नहुने भएको छ । उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गर्न सर्वोच्च अदालतले अस्वीकार गरेसँगै गुरुङको मनोनयन कायम नहुने भएको हो । सर्वोच्चले यसअघि जारी अल्पकालीन आदेश खारेज गर्दै कालोसूचीमा रहेको व्यक्ति उम्मेदवार हुन नपाउने आदेश गरेको हो ।
आज सफाइ भोलि उस्तै
बागमती नदी सफाइ कार्य ‘हिँड्दै छ, पाइला मेट्दै छ’ भन्ने भनाइसँग मिल्दोजुल्दो छ । एक महिनाअघि बागमतीमा सफाइ गरिएको ठाउँमा फेरि जस्ताको त्यस्तै फोहोर हुने गरेको छ। जनचेतना अभिवृद्धि नभएसम्म बागमतीको सफाइ सम्भव छैन भने निर्मल पानीमा नीलो आकाश हेर्ने उपत्यकावासीको सपना साकार हुन नसक्ने बागमती सरसफाइ अभियानको लामो अनुभवले देखाएको छ। मुख्य रूपले जनचेतनाको अभाव र घरटोलमा नै फोहोरको व्यवस्थापन हुन नसक्दा बागमती सफाइका क्रममा आशातीत सफलता हासिल हुन नसकेको बागमती सफाइ अभियान्ताको अनुभव छ। बागमती सरसफाइ अभियानको ४९३औँ हप्ता सम्पन्न भइसकेको छ। २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाभियान सुरु भएको थियो।
व्यावसायिक फूलखेतिबाट राम्रो आम्दानी
तिहार नजिकिएसँगै हजारी, मखमली, गुरधौलीजस्ता फूलको मालाको माग बढेसँगै वजारमा फूलको माला भित्रिएको छ । तिहारलाई सप्तरंगी टीका र सयपत्री अनि मखमली फूलको माला लगाउने पर्वका रुपमा चिनिन्छ ।
झिनियाँ रोटी उत्पादनबाट लाखौं आम्दानी
गुल्मीमा लाखौं रुपियाँका झिनियाँ रोटी उत्पादन हुँदैआएको छ । यस जिल्लाको पुरानो व्यापारिक केन्द्रका रुपमा परिचित मुसिकोट नगरपालिकाको वामीटक्सारमा वार्षिक झण्डै ५० लाख रुपियाँ बराबरको झिनियाँ रोटी उत्पादन हुँदैआएको हो ।
स्रष्टाहरु सम्मानित
मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारहरु काठमाडौं, विराटनगर र तुलसीपुर दाङमा कार्यक्रम आयोजना गरी प्रदान गरिएको छ ।
सबै नेपालीसँग सहकार्य गर्न उत्सुक छु : राजदूत थम्पसन
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
उम्मेदवार महरसँग स्पष्टीकरण माग
निर्वाचन आयोगले बझाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऐनबहादुर महरलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोगले जिल्लास्तरीय खुला प्रतियोगिताका विजेतालाई निर्वाचन आचारसंहिता विपरीत प्रथम पुरस्कार भनी ४१ हजार रुपियाँ प्रदान गरेको भनी सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा उम्मेदवार महरलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरेको छ ।
प्रधानाध्यापक कुँवरलाई स्पष्टीकरण
निर्वाचन आयोगलले अछामको राष्ट्रिय माध्यमिक विद्यालय, साँफेबगरका प्रधानाध्यापक तिलक कुँवरलाई स्पष्टीकरण सोधेको छ ।
खेलाडी राष्ट्रका गहना : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले खेलाडीहरु राष्ट्रका गहना भएको बताउनुभएको छ । गृहमन्त्री खाणले खेलाडीको प्रोत्साह र खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
फूलको उत्पादन पर्याप्त नहुँदा आयातमै निर्भर
रुपन्देहीमा तिहारका लागि मात्रै करिब ६० हजारभन्दा बढी माला आयात गरी सित भण्डारमा राखिएको छ । कोरोना महामारीले गत वर्ष कम माग भए पनि यो वर्ष फूल तथा मालाको माग बढ्ने हुँदा तिहारमा ८० हजारभन्दा बढी माला भारतबाट नेपाल भित्रिने व्यवसायीहरुको अनुमान छ ।
पूर्व मेयरसँग भिड्दै खुमबहादुर पुत्र अनुराग
नेपाली कांग्रेसका प्रभावसाली नेता स्वर्गीय खुमबहादुर खड्काका पुत्र अनुराग खड्का आगामी मंसिर ४ गते निर्वाचनमा लमही नगरपालिकाका पूर्व मेयरसँग प्रतिस्पर्धामा उत्रनुभएको छ । स्वर्गीय खड्काका पुत्र अनुराग पाँच दलीय गठबन्धन अन्तर्गत कांग्रेस तर्फबाट लुम्बिनी प्रदेश सांसदको लागि दाङको निर्वाचन क्षेत्र नं १ (ख) बाट उम्मेदवार बन्नुभएको हो ।
एमाले दोलखाको निर्वाचन परिचालन कमिटी गठन
नेकपा (एमाले) दोलखाले आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न निर्वाचन परिचालन कमिटी गठन गरेको छ । निर्वाचनलक्षित कार्यक्रमलाई वडादेखि जिल्ला तहसम्म तिब्रता दिएको एमाले दोलखाले जनाएको छ ।
अनिवार्य लाइसेन्स व्यवस्थाले दक्ष इन्जिनियर उत्पादन हुने
इन्जिनियरको सरकारी मान्यता प्राप्त गर्नका लागि अनिवार्य लाइसेन्सको व्यवस्थापछि दक्ष इन्जिनियर उत्पादन हुने नेपाल इन्जिनियरिङ् परिषदले जनाएको छ ।
तिहारमा ढाकाटोपी उपहार
तिहारमा ढाकाटोपी लगाउँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारका रूपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन रहेको छ । तिहार नजिकिएसँगै बजारमा ढाकाटोपी छ्यापछ्याप्ती देखिन्छन् । अहिले सहरबजार ढाकाटोपीले ढाकिएको छ ।