• १२ असार २०८१, बुधबार

अनिवार्य लाइसेन्स व्यवस्थाले दक्ष इन्जिनियर उत्पादन हुने

blog

काठमाडौं, कात्तिक ४ गते । इन्जिनियरको सरकारी मान्यता प्राप्त गर्नका लागि अनिवार्य लाइसेन्सको व्यवस्थापछि दक्ष इन्जिनियर उत्पादन हुने नेपाल इन्जिनियरिङ परिषद्ले जनाएको छ । 

परिषद्का रजिस्ट्रार शिवमंगल गिरीका अनुसार धेरै मानिस क्वालिटीविना नै इन्जिनियर बनेको देखिएकाले परीक्षा पास गरेर लाइसेन्स अनिवार्य गरेपछि दक्ष र सीपयुक्त इन्जिनियर उत्पादन हुनेछन् । 

उहाँले भन्नुभयो, ‘इन्जिनियरिङ पेसामा धेरै व्यक्ति डकुमेन्टको आधारमा इन्जिनियर बनिरहेका थिए । मापनको कुनै विधि नहुँदा कम गुणस्तरको इन्फ्रास्ट्रक्चर बन्ने सम्भावना उच्च थियो । अब परीक्षा अनिवार्य गरेपछि दक्ष जनशक्ति मात्र इन्जिनियर बन्ने छन् ।’ पढ्ने प्रणालीको विकास गर्न पनि यो आवश्यक रहेको उहाँको भनाइ छ । यसअघि विश्वविद्यालय पास गरेको सर्टिफिकेट देखाएपछि परिषद्ले लाइसेन्स दिनेगरेको थियो ।

इन्जिनियरिङ् पेसालाई थप गुणस्तरीय बनाउन लागिएको हो, रजिस्ट्रार गिरीले भन्नुभयो “शिक्षक, डाक्टर, नर्सले पनि परीक्षा दिएर लाइसेन्स लिन्छन् । यसमा पनि त्यसै गर्न लागिएको हो ।”

धेरै क्षेत्रमा अहिले लाइसेन्सपछि मात्र कुनै क्षेत्रमा प्रवेश गर्नुपर्ने अवस्था भएको हुँदा अब इन्जिनियरलाई थप जिम्मेवार बनाउन लाइसेन्सको व्यवस्था गरिएको गिरीले बताउनुभयो । 

इन्जिनियरिङ पेसालाई थप गुणस्तरीय बनाउन लागिएको हो, रजिस्ट्रार गिरीले भन्नुभयो “शिक्षक, डाक्टर, नर्सले पनि परीक्षा दिएर लाइसेन्स लिन्छन् । यसमा पनि त्यसै गर्न लागिएको हो ।” 

 विधेयकअनुसार चिकित्सक तथा नर्सलेजस्तै इन्जिनियरहरूले पनि लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि मात्रै सरकारबाट इन्जिनियरको दर्जा पाउने छन् ।

लाइसेन्समा नाम निकाल्न निश्चित अङ्क प्राप्त गरेपछि मात्र उत्तीर्ण भएको प्रमाणपत्र दिइने उहाँको भनाइ छ । विधेयकअनुसार चिकित्सक तथा नर्सलेजस्तै इन्जिनियरहरूले पनि लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि मात्रै सरकारबाट इन्जिनियरको दर्जा पाउने छन् । यसका लागि नेपाल इन्जिनियरिङ परिषद्ले परीक्षा लिनेछ ।

गत भदौ ५ गते राष्ट्रपतिले इन्जिनियरिङ परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेपछि अब यो ऐनका रूपमा कार्यान्वयनमा आउने प्रक्रियामा छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।