• १८ मङ्सिर २०८२, बिहिबार

१५ वर्ष सजाय पाएका फरार अभियुक्त १३ वर्षपछि पक्राउ

blog

अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर १८ गते ।
जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद सजाय पाएका एक फरार अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् ।

पुतलीबजार नगरपालिका –१४ पिपलडालीका ५७ वर्षीय मेगबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिनुभयो ।

२०६९ भदौ २७ गते पुतलीबजार –१४ब्रिफेनको बनमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा भुजेललाई २०७३ मङ्सिर २३ गते स्याङ्जा जिल्ला अदालतले १५ वर्ष कैद सजाय सुनाएको थियो ।

सजायपछि भुजेल विदेशतिर लुकेर बस्दै आएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

भुजेल घरबाटै पक्राउ परेको र अदालतको आदेशअनुसार कारवाहीको लागि अगाडि बढाइएको कार्कीले बताउनुभयो ।