तलब आयोगको काम अझै भएन सुरु
सरकारले सबै राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न उच्चस्तरीय तलब सुविधा आयोग गठन गरे पनि आयोगले काम सुरु गर्न सकेको छैन। सरकारको नीति र कार्यक्रममा उल्लेख भएअनुसार तलब आयोग गठन भए पनि प्रशासनिक पुनर्संरचनाका सम्बन्धमा अन्योल देखिएको छ।
प्रतिनिधि सभामा दलित प्रतिनिधित्व घट्दो
प्रतिनिधि सभामा दलित समुदायको प्रतिनिधित्व निरन्तर घट्दो छ । २०६२/६३ सालको जनआन्दोलनपछि ह्वात्तै बढेको प्रतिनिधित्व क्रमशः घट्न थालेको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनपछि पनि दलित समुदायको प्रतिनिधित्व विगतको तुलनामा घट्ने सम्भावना देखिएको छ । अघिल्लो प्रतिनिधि सभामा दलित समुदायबाट तीन जना प्रत्यक्ष निर्वाचित भएका थिए भने यस पटक प्रमुख दलबाट तीन जना मात्रै उम्मेदवार छन् । प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट दलित उम्मेदवारी शून्य रहेको छ ।
निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीलाई तालिम
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि पाल्पाबाट एक हजार २१५ म्यादी प्रहरी खटिने भएका छन्।
ओखलढुङ्गामा गठबन्धन र एमाले उम्मेदवारबीच प्रतिस्पर्धा
मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको ओखलढुङ्गामा संयुक्त लोकतान्त्रिक बाम गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
आरक्षणसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सिफारिस
आदिवासी जनजाति आयोगले समावेशीकरण एवम् आरक्षणसम्बन्धी वर्तमान व्यवस्थामा त्रुटि रहेको भन्दै पुनरावलोकन गर्न नेपाल सरकारलाई सिफारिस गरेको जनाएको छ । समावेशीकरण समूह अन्तर्गत आदिवासी जनजातिमध्ये पनि पहुँचवाला र निश्चित वर्ग विशेषले मात्र आरक्षण उपयोग गरिरहेको भन्दै आयोगले पुनरावलोकन गर्न सरकारलाई सिफारिस गरेको जनाएको हो ।
दाहाललाई बढी मतान्तरले विजय गराउँछौँ : नेता श्रेष्ठ
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाललाई गोरखाबाट सबैभन्दा बढी मतान्तरले विजयी गराउने बताउनुभएको छ ।
ताप्लेजुङमा विभिन्न दुर्घटनामा परी पाँचको मृत्यु
विगत २४ घण्टामा ताप्लेजुङमा पाँच जनाको मृत्य भएको छ । एक जनाको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ भने चार जना ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको हो ।
नारायणगढ–बुटवल सडक खण्डको ठेक्का सम्झौता तोडिँदै
पूर्ब–पश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणगढ–बुटवल सडक खण्डको ठेक्का कात्तिक ५ गते तोडिदै छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार यो सडक खण्डमा कामको गति ज्यादै कम भएको र पटक पटक आग्रह गर्दा पनि काममा कुनै प्रगति नभएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढेको बताउनुभयो ।
काठमाडौंमा भूकम्पको धक्का
बुधबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।
अरिङ्गालले चिलेर एकको मृत्यु
अरिङ्गालले चिलेर तनहुँमा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । व्यास नगरपालिका –११ रानीगाउँ निवासी ६७ वर्षिय गङ्गाप्रसाद सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी वरिष्ठ नायव निरीक्षक भेषराज रेग्मीले जानकारी दिनुभयो ।
राष्ट्रिय खेलकुदको सफल आयोजना – मन्त्री गहतराज
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौं राष्टिय खेलकुद प्रतियोगिताको सफल आयोजना आफैँमा एउटा ठूलो उपलब्धी भएको बताउनुभएको छ ।
आचारसंहिता पालना गर्न दल र उम्मेदवारलाई आयोगको सात बुँदे निर्देशन
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई सात बुँदे निर्देशन दिएको छ ।
१४ लाखभन्दा बढीका पटाका बरामद
तिहार र छठ पर्व नजिकिएसँगै मधेश प्रदेशका विभिन्न जिल्लामा पटाका आतङ्क सुरु भएको छ । मुख्यतः दशैं सकिएलगत्तै मधेश प्रदेशका सबै जिल्लामा पटाका आतङ्कको समस्या सुरु भएको हो । यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी र खोजी कार्य तीव्र पारेपछि भारी मात्रामा पटाका बरामद भएको जनाएको छ ।
त्रिविले कर्मचारीलाई गरायो सचेत
त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको कार्यक्रम तथा प्रचारप्रसारमा सहभागी नहुन सचेत गराएको छ। विश्वविद्यालयका शिक्षक तथा कर्मचारी पेसागत मर्यादालाई भुलेर राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसारमा लागेको, उम्मेदवारको पक्ष र विपक्षमा खुलेको, दलको महाधिवेशनको समयमा केन्द्रीय समितिमा उम्मेदवार भएको तथा महाधिवेशन प्रतिनिधि हुनेलगायतका विषयमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेर कारबाही गर्न त्रिविलाई निर्देशन दिएको थियो।
दुई अर्थविज्ञको चुनावी प्रतिस्पर्धा
चितवनको निर्वाचन क्षेत्र नं. १ मा दुई अर्थविज्ञबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। नेकपा (एमाले)बाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेस (गठबन्धन)बाट विश्वनाथ पौडेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। अर्थ मन्त्रालय सम्हालेर सफल अर्थमन्त्रीको छवी बनाउनुभएका पाण्डे र योजना आयोगको उपाध्यक्ष पद छाडेर संसदीय राजनीतिमा पहिलो पटक निर्वाचनमा उम्मेदवार हुनुभएका पौडेल अहिले जनता रिझाउन प्रचारमा लाग्नुभएको छ।
माध्यमिक तहमा दोहोरो रजिस्ट्रेसन अन्त्य
माध्यमिक तहमा एक पटक मात्र रजिस्ट्रेसन गरिने भएको छ। सरकारले विगत १२ वर्षअघि कक्षा ९–१२ लाई विद्यालय शिक्षाको संरचनाभित्र समावेश गरेको थियो। यसैअनुरूप माध्यमिक तहभित्र कक्षा ९ र ११ मा दोहोरो रजिस्ट्रेसन गर्नुपर्ने प्रावधान रहँदै आएको छ।
बिदा भयो यस वर्षको मनसुन
यस वर्षको मनसुन बिदा भएको छ । मनसुन सुरु हुनुअघि ठूलो वर्षा हुने र ठूूलो जनसङ्ख्या प्रभावित हुने अनुमान गरिए पनि मनसुन पूर्वानुमानभन्दा कमजोर रहँदा प्राकृतिक विपत्बाट अनुमानभन्दा कम क्षति पुगेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको थियो ।
डाँडाले रोक्यो परीक्षण उडान
निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान तोकिएको समयमा नहुने भएको छ। तिहारअघि रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्ने र तिहारलगत्तै परीक्षण उडान गरी आगामी पुस १७ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी थियो तर प्रस्ताव मूल्याङ्कनको काममा ढिलाइ हुँदा परीक्षण उडान लम्बिने देखिएको हो। पूर्व–पश्चिम दिशामा रहेको दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ सय मिटर चौडाइ रहेको धावनमार्गको सामुन्नेमा सो डाँडा पर्छ।
संविधान रक्षाका लागि गठबन्धन : पूर्वमन्त्री खनाल
संविधान रक्षाका लागि गठबन्धन भएको कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार चक्रपाणि खनालले बताउनुभएको छ । बाम–लोकतान्त्रिक गठबन्धनको शुद्धोदन गाउँपालिकाको लबनीमा संयुक्त प्रचार प्रसार समिति कार्यालयको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उम्मेदवारहरु भोट माग्न घरदैलोमा व्यस्त
निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त हुनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा व्यस्त बन्नुभएको हो ।
तीन महिनामा दुई खर्ब आठ अर्ब राजश्व संकलन
चालु आर्थिक वर्ष २०७९्–८० को पहिलो तीन महिनामा दुई खर्ब आठ अर्ब ५८ करोड रुपियाँ राजश्व संकलन भएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोज महिनामा सो राजश्व रकम संकलन भएको हो ।
काउन्सिल सञ्चार अनुगमनमा सक्रिय
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी प्रेस काउन्सिल नेपालले मिडिया अनुगमनलाई तीव्र बनाएको छ । काउन्सिलले गर्दैआएको नियमित अनुगमनबाहेक आसन्न निर्वाचनलक्षित सञ्चार माध्यममा आचारसंहिताको अनुगमनसमेत गरिरहेको काउन्सिलले जनाएको छ ।
परिवर्तनकारी शक्तिलाई मतदान गर्न अपिल
नेपाली कांगे्रसका उपसभापति पूर्णबहादुर खड्काल नागरिकका लोकतान्त्रिक अधिकार स्थापित गर्न गठबन्धन दल जित्न आवश्यक रहेको बताउनुभएको छ ।
हुम्लामा जडीबुटी सङ्कलन सुुरु
जिल्लामा मुख्य आम्दानीको स्रोत रहेको जडीबुटी सङ्कलन कार्य सुुरु भएको छ । स्थानीय गाउँवासीको निर्णयद्वारा सङ्कलन कार्य फुकुवा गरिएपछि यो काम सुुरु भएको हो ।