गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको विरुद्ध जान सक्दैन : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको विरुद्धमा जान नसक्ने बताउनुभएको छ ।
ठगी आरोपमा होटललाई दुई लाख जरिवाना
उपभोत्ता ठगेको आरोपमा एक होटललाई जिल्ला प्रशासन कार्यालय तनहुँले दुई लाख रुपियाँको दरले जारिवाना गरेको छ । जरिवानामा पर्नेम व्यास नगरपालिका– १२ को कल्चर भिलेज रिसोर्ट र भानु नगरपालिका ९ को द ग्रिनपार्क हाइवे रेष्टुरेन्ट रहेको छ ।
बज्दैनन् मादल र खैजडी, नाचिँदैन सोरठी र मारुनी
तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको पाइन्छ ।
अछाम–१ मा वर्तमान र पूर्वमन्त्री चुनावी मैदानमा
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछाम क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा हुने भएको छ । श्रममन्त्री शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराबीच चुनावी भिडन्त हुन गइरहेको हो ।
लक्ष्मीपूजामा केराको बोटको बिक्री बढ्यो
मिथिला क्षेत्रमा लक्ष्मीपूजाको दिन स्वागतद्वार निर्माणका लागि केराको बोट (थाम) को बिक्री बढेको छ । मैथिली परम्पराअनुसार स्वागतद्वार निर्माणका लागि लक्ष्मीपूजामा केराको बोट प्रयोग गरिन्छ ।
डबली पुनरुत्थानका लागि दशअवतार डबलीमा खुल्ला चित्रकला
बालबालिकालाई जनस्वास्थ्य, वातावरण र डवली पुनरुत्थानसम्बन्धी व्यवहारिक दिन बसन्तपुरको दशअवतार डवलीमा खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
गत वर्षको तुलनामा यो वर्ष फूल आयातमा २७ प्रतिशतले ह्रास
तिहारका लागि आवश्यक पर्ने फूलको आयात गत वर्षको तुलनामा यस वर्ष २७.८८ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको साउन र भदौ महिनामा एक करोड १४ लाख मूल्य बराबरको फूल आयात भएको थियो । यस बर्षको सोही समयमा फूलको आयात ८२ लाख २१ हजार रुपियाँ मात्र रहेको छ ।
कांग्रेसको घोषणापत्र आज आउने
नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको सङ्कल्पपत्र’ आज सार्वजनिक गर्नुहुनेछ ।
‘तिहारले राष्ट्रिय एकता थप सुदृढ बनाउँछ’
राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले राष्ट्रिय एकता थप सुदृढ बनाउन मद्दत पु-याउने विश्वास व्यक्त गर्नुभएको छ ।
सत्तरी प्रतिशत मतपत्र छपाइ सकियो
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । योसँगै समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली दुवै गरी कुल सङ्ख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ ।
चार जनाले धानेको पुख्र्यौली सीप
घोडाघोडी नगरपालिका–३, बगुलियामा २५ घर कुमाल समुदायको बसोबास छ । बगुलिया भन्नेबित्तिकै माटाका भाँडाका लागि कुनै समय प्रसिद्ध ठाउँ थियो तर यतिबेला चार जनाले मात्रै माटाका भाँडा बनाउने पेसा धानिरहेका छन् ।
व्यापारी भन्छन् ‘नरिवल, सुपारी र छोकडा छैन’
तिहारमा प्रयोग गरिने भाइमसला आयातमा आधाले घटेको छ । गत वर्षको तुलनामा यस वर्ष भाइमसला आयातमा एक अर्ब २७ करोड रुपियाँले घटेको देखिएको छ ।
सयपत्री र तिहार (फोटो फिचर)
आइतबारदेखि यमपञ्जक सुरु भएको छ। पहिलो दिन कागको पूजा गरिएको छ। तिहारलाई फूलको पर्व मानिन्छ। तिहारमा मखमली र सयपत्रीको फूल सबैभन्दा बढी माग हुन्छ।
हाम्रो प्रतिस्पर्धी एमाले हो : अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको प्रतिस्पर्धा एमालेसँग हुने बताउनुभएको छ । आइतवार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीसहित गठबन्धनका शीर्षनेता धनगढीमा
प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचदलीय गठबन्धनद्वारा आज कैलालीको धनगढीमा आयोजित प्रदेश स्तरीय प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्न यहाँ आइपुग्नुभएको छ ।
प्रधानमन्त्रीसँग अमेरिकाका राजदूतको भेट
प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन रिचार्ड थम्पसनले शिष्टाचार भेट गर्नुभएको छ । आफ्नो कार्यकालको सुरुवातमै प्रधानमन्त्री देउवासमक्ष उहाँले नेपालको आर्थिक विकासमा सघाउँदै दुईपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेल्ने विश्वास दिलाउनुभएको हो ।
भाइटीका लाउन सार्वजनिक निम्ता
आइतबारदेखि यमपञ्चक सुरु हुँदै छ। दिदीबहिनीहरू आफ्ना दाजुभाइलाई निम्ता गर्न व्यस्त छन् तर सबैका दाजुभाइका दिदीबहिनी नहुन सक्छन्। त्यस्ता दाजुभाइकी चेली हुनुहुन्छ– अञ्जली मास्के। अञ्जली मास्केले २४ वर्षदेखि भाइटीकामा दिदीबहिनी नहुने दाजुभाइको निधार खाली रहन दिनुभएको छैन। उहाँले यस पटक पनि सामूहिक भाइटीकालाई निरन्तरता दिने हुनुभएको छ। उहाँले यस वर्षको सामूहिक भाइटीकाका लागि सार्वजनिक निम्ता (सूचना जारी) गर्नुभएको छ।
ठेक्का तोड्न सकिने चेतावनी
सडक विभागले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल खण्ड विस्तार कार्यको ठेक्का तोड्न सकिने स्पष्ट गरेको छ । ठेक्का सम्झौताको समयावधि सकिए पनि एक चौथाइ पनि काम सम्पन्न हुन नसकेपछि विभागका तर्फबाट यस्तो स्पष्टोक्ति आएको हो ।
सप्तरी ४ मा चौधरी र यादवबीच मुख्य प्रतिस्पर्धा
सप्तरीको निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी र एमाले–जसपाका उम्मेदवार बालकिशोर यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
दाङको बबई नदीमा डुबेर दुई किशोरी बेपत्ता
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक पुष्करराज मल्लले दंगीशरण गाउँपालिका–२ कुइरीगनार घाटमा नुहाउने क्रममा शनिबार दिउँसो दुई किशोरी बेपत्ता भएको जानकारी दिनुभएको हो ।
कुखुरा बोक्ने खोरमा मासु ढुवानी
जिउँदो कुखुरा बोक्न खोर बनाइएको गाडीमा कुखुराको मासु ढुवानी हुने गरेको पाइएको छ । शनिबार काठमाडौं महानगरको अनगुमन टोलीले वडा नं. ६ चुच्चेपाटीमा ढुवानीकै क्रममा गाडी भेटेको हो ।
गोरखापत्रकर्मी पराजुली र अधिकारी सम्मानित
नेपाल पत्रकार महासङ्घ चितवनले गोरखापत्रकर्मी वसन्त पराजुली र शान्ता अधिकारीलाई सम्मान गरेको छ । महासंघको २० औं बार्षिक साधरणसभाको अवसरमा आयोजित कार्यक्रममा पराजुली र अधिकारीलाई सम्मान गरेको हो ।
यम पञ्चकको सांस्कृतिक महत्त्व
तिहार फूलको पर्व हो। यो फूलै फूलको मौसम भएकाले चारैतिर फूलको बास्ना हुन्छ। तीमध्ये तिहारका लागि उत्कृष्ट फूल सयपत्री र मखमली हुन्।
बजारमा तिहारको चहलपहल (फोटो फिचर)
नेपालीहरुको महान चाड शुभ दीपावली सुरु भएसँगै काठमाडौं लगायत देशभरका बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ ।