• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्षनेता धनगढीमा

blog

सुदूरपश्चिम, कात्तिक ६ गते । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचदलीय गठबन्धनद्वारा आज कैलालीको धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्न यहाँ आइपुग्नुभएको छ ।     

भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवाका साथै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्षनेता यहाँ आउनुभएको छ । अहिले गठबन्धनका शीर्षनेताले सम्बोधन गर्ने क्रम जारी छ ।     

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी पाँचदलीय गठबन्धनले धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय भेला तथा प्रशिक्षणको आयोजना गरेको हो ।