प्रयोगविहीन सुकुम्बासी आवास (फोटो फिचर)
काठमाडौं, मङ्सिर १३ गते । काठमाडौंको नागार्जुन नगरपालिकामा सरकारले गरिब र सुकुम्बासीका लागि ठूलो अपार्टमेन्ट बनाएको धेरै वर्ष बितिसकेको छ।अव्यवस्थित रुपमा काठमाडौंका बागमती, विष्णुमती र मनोहरा खोला किनारमा बसोबास गर्ने सुकुम्बासीको व्यवस्थित बसोबासका लागि सरकारले बनाएका अपार्टमेन्ट रित्तै छन्।तर सरकार र सुकुम्बासीबीचको लडाइँ भने सधै उस्तै छ।सरकारले १२ करोड बढी लगानी गरेर एउटा एक सय र अर्को १२४ वटा फ्ल्याट भएको अपार्टमेन्ट बनाएको हो।२०६९ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुरा भट्टराईको पालामा यी भवन बनाउने निर्णय भएको थियो।तर, सरकारले सुकुम्बासीको व्यवस्थापन यी भवनमा गर्न नसक्दा भवन लामो समयदेखि खाली छन्।एकातिर सरकारले सुकुम्बासीको व्यवस्थापन गरेको छैन भने अर्कोतर्फ नागार्जुन नगरपालिकाका स्थानीय र जनप्रतिनिधिलेसमेत सुकुम्बासी बस्न नदिने भन्दै विरोध जनाइरहेका छन्।अपार्टमेन्टका केही फ्ल्याट भने नागार्जुन नगरपालिका र त्यसको हेरचाह गर्न बसेका व्यक्तिले प्रयोग गरेका छन्। तस्बिर : सुजन गुरुङ्ग
सुनसरी क्षेत्र ३ प्रतिनिधि सभा सदस्यमा एमालेकी चौधरी विजयी
सुनसरीको निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्यतर्फको अन्तिम नतिजा सार्वजनिक भएको छ । नेकपा (एमाले) तर्फको उम्मेदवार भगवती चौधरीले ४० हजार ७८८ मतसहित विजयी हुनुभएको छ ।
कैलाली–५ मा समानुपातिक मत कांग्रेसलाई बढी
कैलाली निर्वाचन क्षेत्र नं. ५ मा नेपाली कांग्रेसले सबैभन्दा बढी समानुपातिक मत पाएको छ।
गठबन्धनसँगको सहकार्यलाई अगाडि बढाउनुपर्छ : अध्यक्ष नेपाल
अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका दलहरुका बीचमा भइरहेको सहकार्यलाई अगाडि बढाएर लानुपर्ने बताउनु भयो ।
कालीकोटका मतदातालाई धन्यवाद
विजयी भएपछि नेताहरूले कालीकोटका मतदातालाई धन्यवाद दिएका छन्।
नयाँ सरकार आगामी पाँच वर्षकै लागि हुन्छ : नेकपा एस
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन एवम् मतपरिणामको प्रारम्भिक समीक्षा भएको छ ।
स्याङ्जा–२ र बाजुरामा मतगणना गर्न कांग्रेसका वरिष्ठ नेता पौडेलको आग्रह
नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन सूचना
मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ ।
धनुषा ४ को (ख) मा एमालेका महतो विजयी
धनुषा निर्वाचन क्षेत्र नं.४ को प्रदेशसभा (ख) मा नेकपा (एमाले)का हरिनारायण महतो निर्वाचित हुनुभएको छ ।
पाँच वर्षकाे लागि गठबन्धनकै सरकार: कांग्रेस नेता सिटाैला
नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले निर्वाचन जित्दामात्र होइन हार्दा समेत मतदाताको घरदैलोमा पुगेर मतदान गर्नेहरूप्रति आभार प्रकट गरिरहनु भएको छ ।
पात्रो प्रकाशनका लागि पञ्चाङ्ग निर्णायक समितिमा छलफल
विसं २०८० को पात्रो (पञ्चाङ्ग) प्रकाशनका लागि ग्रहगणितलाई अन्तिम रुप दिन छलफल सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा विसं २०८० का लागि पात्रो प्रकाशन गर्न स्वीकृतिका लागि १७ वटा निवेदन परेको छ ।
प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जा खरिद गर्दै प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक सय मेगावाट बराबरको सौर्य ऊर्जा खरिद गर्ने भएको छ ।
प्रधानमन्त्रीका दाबेदार धेरै
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगिरहँदा प्रमुख राजनीतिक दलहरूबीच नयाँ सरकार गठनका सन्दर्भमा गहन छलफल सुरु भएको छ । चुनावी परिणामको रुझानअनुसार त्रिशङ्कु संसद् बन्ने निश्चित देखिएपछि दलहरूभित्र सरकारको नेतृत्व र सहभागिताबारे आन्तरिक र बहुपक्षीय छलफल आरम्भ भएको हो ।
मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका प्रभावित
निर्वाचन आयोगले स्याङ्जा र बाजुराको विवादित मतदान केन्द्रबारे निर्णय गर्न नसक्दा मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका प्रभावित भएको छ। निर्वाचन आयोगले मङ्सिर १२ गतेभित्र निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको थियो। आयोगका अनुसार सोमबारसम्म १५३ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ। नौ निर्वाचन क्षेत्रको गणना हुँदै छ। दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। तर स्याङ्जा र बाजुराको विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने वा यथास्थितिमै गणना गर्नेसम्बन्धमा आयोगले निर्णय गर्न ढिलाइ गर्दा मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका प्रभावित भएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विवादित दुई जिल्लाको निर्णयसमेत छिट्टै आउने दाबी गर्नुभयो। आयोगले मङ्सिर ७ गतेभित्र प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने)तर्फका सबै र मङ्सिर १२ गतेभित्र समानुपातिकतर्फको सबै निर्वाचन क्षेत्रको गणना गर्ने आन्तरिक कार्यतालिका बनाएको थियो। त्यसैगरी मङ्सिर २० गतेभित्र मतपरिणामको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने कार्यक्रम तय गरेको थियो।
मनाइयो विश्व सहर दिवस
विभिन्न कार्यक्रम आयोजना गरी विश्व सहर दिवस–२०७९ र विश्व सहरी योजना दिवस–२०७९ मनाइएको छ। यस वर्ष यो दिवसको नारा ‘दिगो विकासका लागि स्थानीय प्रयास’ तय गरिएको छ। सहरी विकास तथा भवन निर्माण विभागद्वारा सोमबार यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पीताम्बर शर्माले मुलुकमा पद्धति र व्यवस्थापकीय क्षमता विकास हुन नसक्दा सोचेजस्तो सहरी पूर्वाधारको विकास हुन नसकेको बताउनुभयो। भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले ठूला, अग्ला भवन र चौडा सडक नै सहरी विकासको मापदण्ड हुन नसक्ने भन्दै प्रदूषणरहित, सुरक्षित र व्यवस्थित सहर निर्माण आजको
निर्वाचन अधिकृतहरूबाट अनियमितता भएको आरोप
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मतदान, मतगणना र प्रमाणपत्र दिँदा निर्वाचन अधिकृतहरूबाट अनियमितता भएको भन्दै निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका छन। एमालेले सोमबार १० बुँदे ध्यानाकर्षणपत्र निर्वाचन आयोगलाई बुझाएको हो। एमालेका महासचिव शङ्कर पोखरेलले आयोगलाई बुझाएको ध्यानाकर्षणमा सत्तापक्षबाट दोलखा, बाजुरा र स्याङ्जामा बुथ कब्जा भएका सबै ठाउँमा पुनः मतदान गराउन माग गरिएको छ।
स्वास्थ्य क्षेत्रमा अझै भएन परिवर्तन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य क्षेत्रमा अझै परिवर्तन हुन नसकेको बताउनुभएको छ। आफूले सोचेजस्तो काम गर्न नसकेको भन्दै उहाँले स्वास्थ्य क्षेत्रमा अझै सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा सोमबार यहाँ आयोजित ‘राष्ट्रिय संयुक्त वार्षिक समीक्षा’ बैठकलाई सम्बोधन गर्दै मन्त्री खापुङले देशको राजनीतिक अवस्था देखेर आफू निर्वाचनमा नउठेको बताउनुभयो। “जनअपेक्षा धेरै हुन्छ, जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकिने रहेछ, त्यसैले मैले यस पटक निर्वाचनमा उम्मेदवारी दिइन,” उहाँले भन्नुभयो। आफूले टिकट पाउने निश्चित हुँदाहुँदै पनि देश र राजनीतिक अवस्थाले गर्दा मलाई टिकट चाहियो भनी माग्दै नहिँडेको उहाँले दाबी गर्नुभयो।
बागमती किनारका बस्ती हटाउँदा तनाव
काठमाडौँ महानगरपालिका (कामपा)ले प्रसिद्ध बागमती नदीकिनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउन सुरु गरेपछि सोमबार थापाथली क्षेत्रमा तनाव भएको छ । कामपाको नगरप्रहरी अवैध बस्ती हटाउन सोमबार डोजरसहित थापाथलीस्थित सुकुम्बासी बस्तीमा पुगेपछि स्थानीयले नगरप्रहरीमाथि घरेलु हतियारसहित ढुङ्गामुढा गरेका थिए ।
मेलम्चीको पानी एक सातामा सुन्दरीजल आउने
मेलम्ची नदीको पानी काठमाडौँ उपत्यकामा तेस्रो पटक ल्याउन मुहानबाट आयोजनाको सुरुङमा पठाइएको छ । बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै गत असार १७ गतेदेखि सुरुङको ढोका बन्द गरिएको थियो । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाउन सुरु गरिएको जानकारी दिनुभयो । करिब पाँच महिनापछि मुहानबाट सुरुङमा पानी पठाइएको हो । अस्थायी रूपमा मेलम्ची नदीको पानी पुनः काठमाडौँ पथान्तरण गर्न थालिएको हो । अम्बाथानदेखि सुन्दरीजलसम्म सुरुङको लम्बाइ २६ किलोमिटर छ ।
अख्तियारद्वारा तेह्र जनाविरुद्ध मुद्दा
नारायणी सिँचाइ व्यवस्थापन डिभिजन ब्लक–२ र १० को नहर निर्माण गर्दा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन इन्जिनियर विभागका प्रमुख मोहन झासहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। काम पूरा नभई उपभोक्ता समितिलाई नक्कली बिल बनाएर रकम निकासा गरेको आरोपमा झासहित तत्कालीन लेखा अधिकृत मुरारीप्रसाद आचार्य, ब्लक नम्बर–२ हरिहरपुर बिर्ता पर्साका अध्यक्ष कुसुमदेवी कलवार, कोषाध्यक्ष राजकिशोर प्रसादविरुद्ध पनि मुद्दा दायर गरेको छ।
नगर प्रहरी बलका प्रमुखसहित ३६ जना प्रहरी घाइते
थापाथलीको सुकुम्वासी बस्ती हटाउन जानेक्रममा बस्तीका मानिसहरूको आक्रमणमा परी काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन् ।
पाल्पा वाणिज्य सङ्घ अध्यक्षमा भट्टराई निर्वाचित
पाल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा शैलेन्द्र भट्टराई निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका लागि सोमबार भएको निर्वाचनबाट ६४१ मतसहित अध्यक्षमा भट्टराई निर्वाचित हुनुभएको हो ।
पाँचथर प्रदेश समानुपातिकमा एमालेलाई सबैभन्दा बढी मत
पाँचथर जिल्लामा प्रदेशतर्फ समानुपातिक प्रणालीको मत गणना सकिएको छ । सोमवार साँझ सम्पन्न गणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) ले सबै भन्दा धेरै मत पाएको छ ।
कैलालीमा प्रतिनिधि सभा प्रत्यक्षतर्फ करिब १९ हजार मत बदर
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कैलालीमा १८ हजारभन्दा बढी मत बदर भएको छ । गत साता भएको निर्वाचनमा कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा गरेर कुल १८ हजार ९७१ मत बदर भएको हो ।