स्वास्थ्य केन्द्रमा पाँच लाखको अक्षयकोष स्थापना
आफ्नो जन्मस्थानमा खुलेको समुदायद्वारा सञ्चालित स्वास्थ्य केन्द्रमा एक समाजसेवी परिवारले पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गरेको छ ।
८८ प्रतिशत महिला पत्रकार हिंसामा
‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ सम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले आफ्नो जीवनकालमा हिंसा भोगेको जनाएको छ ।
गाउँघरमा देखिन छोड्यो अरिङ्गालको गोला
मौरी शब्द सुत्रासाथ जो कोहिले मह चाखेको कल्पना गर्छन् र मुख मिठ्याउँछन् । अरिङ्गाल सुत्रासाथ त्यसले चिल्दाको सास्ती स्मरण गर्छन् । पहाडी क्षेत्रमा प्रशस्त पाइने अरिङ्गाल आजभोलि देख्न मुस्किल हुँदै गएको छ ।
प्रदेश सभामा १२ स्वतन्त्र उम्मेदवार विजयी
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रदेश २ मा सबैभन्दा बढी प्रदेश सभातर्फ ६ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
अध्यक्ष लिङ्देनद्वारा पुल शिलान्यास
झापा क्षेत्र ३ बाट नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले वुधबार एकै दिन तीन वटा पुलको शिलान्यास गर्नुभएको छ । राप्रपा अध्यक्ष समेत रहनुभएका लिङ्देनले हल्दीबारी गाउँपालिकामा निर्माण हुन लागेको तीन पक्की पुलको शिलान्यास गर्नुभएको हो ।
प्रदेश सभातर्फ राप्रपा ११ स्थानमा विजयी
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सभातर्फ ११ स्थानमा विजयी हासिल गरेको छ ।
दार्चुलामा १० हजार मत बदर
दार्चुलामा प्रत्यक्ष र सामानुपातिक तर्फका गरी १० हजार २३ मत बदर भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक हजार ९४० मत बदर भएको हो । प्रतिनिधिसभा प्रत्यक्षमा ५७ हजार ६६३ मत खसेकोमा एक हजार ९४० मत बदर र ५५ हजार ७२३ मत सदर भएको छ ।
स्याङ्जा २ को मतगणना आज साँझदेखि सुरु हुँदै
स्याङ्जा क्षेत्र नं. २ को मतगणना शुरु गर्नका लागि आज अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाइएको छ । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार निर्वाचन आयोगले तत्काल मतगणना शुरु गर्न निर्देशन दिएपश्चात आजबाट मतगणना सुरु गर्ने तयारी गरिएको हो ।
आँखा अस्पतालमा अत्याधुनिक शल्यक्रिया कक्ष स्थापना गरिने
नेपाल नेत्र ज्योति सङ्घका अध्यक्ष प्रा.डा. चेतराज पन्तले भैरहवास्थित आँखा अस्पताल परिसरभित्र अत्याधुनिक मोडुलर शल्यक्रिया कक्षसहितको भवन छिट्टै शुभारम्भ हुने बताउनुभएको छ ।
समानुपातिकमा २७ लाख मतसहित एमाले पहिलाे, थ्रेसहाेल्ड काट्ने प्रयासमा एकीकृत समाजवादी
समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले २७ लाख मत कटाएको छ । निर्वाचन आयोगकाअनुसार बुधबारसम्मको गणनामा एमालेले २७ लाख तीन हजार ९५७ मत पाएको हो । नेपाली कांग्रेसले २५ लाख ६४ हजार २८७ मत पाएर समानुपातिकतर्फ दोस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रले ११ लाख ४६ हजार ७३३ मतसहित तेस्रो स्थानमा छ ।
सुवर्ण फर्मासुटिकल्सको भवन अलपत्र
मोरङको सुन्दरहरैंचा –११ कर्जुनामा रहेको सुवर्ण फर्मासुटिकल्सको भवन भूत बङ्गलामा परिणत भएको छ । धरानमा तत्कालिन सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेपछि सुवर्ण शम्शेर राणाको नाममा औषधि उद्योग स्थापना गर्न २०५५ मा सुवर्ण फर्मासिटिकल्सको भवन शिलान्यास गरिएको थियो ।
भेरीमा बगेर महिलाको मृत्यु
भेरी नदीमा पानी भर्ने क्रममा हिजो (मङ्गलबार) बेलुका चिप्लिएर नदीमा खस्दा एक महिला बेपत्ता हुनुभएको छ । भेरी नगरपालिका –१ रावतगाउँ निवासी ५२ वर्षीया दुर्पता खत्री नदीमा बगेर बेपत्ता हुनुभएको हो ।
नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभामा तीन सिट
दल गठन भएको वर्ष दिन नपुग्दै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा ठूलै दल दलको रुपमा प्रस्तुत भएको छ
म्याग्दी र बागलुङ जोड्ने लामो झोलुङ्गे पुल तयार
म्याग्दीको बेनी नगरपालिका –१ र बागलुङ नगरपालिका जोड्ने लामो झोलुङ्गे पुल तयार भएको छ । पुल तयार भएसँगै पुल अवलोकन गर्न आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ ।
भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने
भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचना हटाउन आग्रह गरेको हो ।
नेपाली प्रेसका विषयवस्तु लैङ्गिकमैत्री बनाउन सुझाव
नेपाली मिडियाका विषयवस्तु (कन्टेन्ट्स) मा अझै लैङ्गिकमैत्री हुन नसकेको सरोकारवाला संस्थाका प्रतिनिधिहरुले बताउनुभएको छ । तुलनात्मक सुधार आए पनि अझै त्यसमा सुधार हुन समय लाग्ने उहाँहरुको भनाइ छ ।
१२ ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयलले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२ कम्पनीलाई कालोसूचीमा राखेको छ ।
पिस कोरका सह-निर्देशक काठमाडौँ भ्रमणमा
पिस कोरको विश्वव्यापी कार्यसञ्चालनसम्बन्धी कार्यालयका सहनिर्देशक स्कट बिइल यस क्षेत्रको भ्रमणको सिलसिलामा दुई दिने बसाइका लागि हिजाे नेपाल आइपुग्नुभएको छ ।
काठमाडौँमै गाई र भैँसीपालनबाट मासिक १० लाख आम्दानी
मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बन्नुभएको छ रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आउनुभएका गोरखाका इन्जिनियर कुमार लामिछाने ।
अतिक्रमण गरी बनाइएका संरचना हटाउन आग्रह
काठमाडौँ उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ती, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ ।
प्रदेश सभा निर्वाचन : माओवादी केन्द्र ५५ स्थानमा विजयी
प्रतिनिधि सभाको प्रत्यक्षतर्फको कुल १६५ स्थानमध्ये १७ स्थानमा विजय हासिल गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेशको प्रत्यक्षतर्फ भने हालसम्म ५५ स्थानमा विजय हासिल गरेको छ। प्रदेश १ को प्रदेश सभामा प्रत्यक्षतर्फ माओवादी केन्द्रले सात स्थानमा विजय हासिल गरेको छ। हालसम्म राजेन्द्र कार्की सङ्खुवासभा (क), गणेशप्रसाद उप्रेती मोरङ २ (क), जीवन आचार्य मोरङ ६ (क)मा निर्वाचित हुनुभएको छ। त्यस्तै गोम्बु शेर्पा सोलुखुम्बु १ (क), बाबुराम गौतम ओखलढुङ्गा १ (ख), दुर्गाप्रसाद चापागाईं तेह्रथुम (ख) र नारायणबहादुर मगर उदयपुर २ (क)बाट निर्वाचित हुनुभएको छ। प्रदेश १ को प्रदेश सभामा कुल ५६ स्थान रहेको छ।
एकै परिवारबाट विजयी सांसद
भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा एकै परिवारका सदस्य तथा आफन्तहरू पनि विजयी भएका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट निर्वाचित जुली महतो सोही पार्टीका सचिव रघुवीर महासेठकी श्रीमती हुनुहुन्छ । महासेठ पनि धनुषा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । महतो पहिलो पटक प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित हुनुभएको हो । उहाँ यसअघि दुई पटक पार्टीका तर्फबाट समानुपातिक सांसद हुनुहुन्थ्यो ।
हवाई सुरक्षा जाँच्न ईयू टोली पुनः आउने
नेपाली वायुसेवालाई एभिएसन सेफ्टी लिस्ट (सुरक्षा सूची)मा राख्दै आएको युरोपेली सङ्घ (ईयू)को प्राविधिक टोली पुनः नेपाल आउने भएको छ । ईयूले पछिल्लो पटक सार्वजनिक गरेको सुरक्षा सूचीमा नेपाललाई निरन्तरता दिएको ईयूमातहतको एभिएसन सेफ्टी एजेन्सी (आयसा)ले स्थलगत परीक्षणका लागि अर्को टोली नेपाल पठाउन लागेको हो ।
पेन्सनपट्टा अब अनलाइनबाटै
अबदेखि निजामती सेवाका अवकाश प्राप्त कर्मचारीको अनलाइनबाटै पेन्सनपट्टा तयार हुने भएको छ । सेवानिवृत्त कर्मचारीलाई पेन्सन लिन सहज बनाउने उद्देश्यले राष्ट्रिय किताबखाना (निजामती)ले मङ्गलबारदेखि ई–पेन्सन प्रणाली कार्यान्वयनमा ल्याएको छ । किताबखानाले सबै निजामती कर्मचारीको सेवा प्रवेश गरेदेखि अवकाश हुँदासम्मका सबै विवरणलाई अनलाइनमा समावेश गरेको छ । सोहीअनुरूप अनलाइनबाट पेन्सनपट्टाको काम गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । नयाँ प्रविधिका कारण अवकाश प्राप्त कर्मचारीले १५ मिनेटभित्र पेन्सनपट्टा लिन सक्नेछन् । किताबखानाका महानिर्देशक बाबुराजा श्रेष्ठले पेन्सनपट्टा बनाउनका लागि दुर्गम जिल्लादेखि तीन/चार दिनसम्म काठमाडौँ धाइरहन नपर्ने बताउनुभयो ।