• १३ असोज २०८१, आइतबार

समानुपातिकमा २७ लाख मतसहित एमाले पहिलाे, थ्रेसहाेल्ड काट्ने प्रयासमा एकीकृत समाजवादी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर १४ गते । समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले २७ लाख मत कटाएको छ । निर्वाचन आयोगकाअनुसार बुधबारसम्मको गणनामा एमालेले २७ लाख तीन हजार ९५७ मत पाएको हो । नेपाली कांग्रेसले २५ लाख ६४ हजार २८७ मत पाएर समानुपातिकतर्फ दोस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रले ११ लाख ४६ हजार ७३३ मतसहित तेस्रो स्थानमा छ । 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९९ हजार २२८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७१ हजार ९१२ मत ल्याउँदा जनता समाजवादी पार्टीले चार लाख दुई हजार ७७१ मत प्राप्त गरेको छ । जनमत पार्टीले तीन लाख ६७ हजार ९५७ मत पाएको छ । 

प्रतिनिधिसभामा १० सिट जितेको नेकपा एकीकृत समाजवादीले दुई लाख ८६ हजार १२० मत पाएको छ । साे पार्टीले ३ प्रतिशतको थ्रेसहाेल्ड काट्ने प्रयासमा रहेको छ । साे पार्टीले थ्रेसहाेल्ड काट्यो भने राष्ट्रिय पार्टीको मान्यतासहित केही समानुपातिक सिटसमेत पाउनेछ ।

नागरिक उन्मुक्ति पार्टीले दुई लाख ५३ हजार १७०, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ४९ हजार ३१६, नेपाल मजदुर किसान पार्टीले ७३ हजार ७०९, हाम्रो नेपाली पार्टीले ५४ हजार १०, मङ्गोल नेशनल अर्गनाइजेशनले ४७ हजार ८०४ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय जनमोर्चाले ४५ हजार ८०४ मत, नेपाल सङ्घीय समाजवादी पार्टीले ३९ हजार ९३८, नेकपा माक्सवादी लेनिनवादीले २९ हजार, ८३०, राष्ट्रिय जनमुक्ति पार्टीले २३ हजार ३५६, जनता प्रगतिशील पार्टीले १७ हजार ८१५, नेपाल आमा पार्टीले १७ हजार ६६९ मत प्राप्त गरेका छन् । 

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १७ हजार ४८१,  बहुजन एकता पार्टीले १६ हजार ६७८, नेपाली कांग्रेस बीपीले ११ हजार ९९०, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ११ हजार ७९४, नेपाली जनता दलले नौ हजार ६१५, नेपालका लागि नेपाली पार्टीले आठ हजार १०८, बहुजन शाक्ति पार्टीले आठ हजार ६३, नेपाल कम्युनिष्ट पार्टीले सात हजार १२५ मत ल्याएका छन् । 

नेपाल जनता पार्टीले सात हजार ९० मत, नेपाल लोकतान्त्रिक पार्टीले सात हजार ३०, नेकपा पुष्पलालले सात हजार १२५, मितेरी पार्टी नेपालले छ हजार ८८२, आमूल परिवर्तन मसिहा पार्टीले छ हजार ३२२, जनजागरण पार्टी नेपालले छ हजार २२३ मत ल्याएका छन् । 

जनसमाजवादी पार्टीले पाँच हजार ७०५, नेकपा सामाजिक एकता पार्टीले पाँच हजार ६७१, पिछाडावर्ग निषाद दलित जनजाति पार्टीले चार हजार ८३९, विवेकशील साझा पार्टीले तीन हजार ९१६, नेकपा माओवादी समाजवादी पार्टीले तीन हजार ६४८ मत ल्याएका छन् । 

एकीकृत शक्ति नेपालले तीन हजार ४९०, राष्ट्रिय मुक्ति आन्दोलनले तीन हजार २३५, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले तीन हजार २०३, मौलिक जरोकिलो पार्टीले तीन हजार ११२, तराई मधेश लोकतान्त्रिक पार्टीले तीन हजार ६९, नेपाल समावेशी पार्टीले दुई हजार ६६८, नेकपा परिवर्तनले दुई हजार ११०, नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार ९६५ र राष्ट्रिय नागरिक पार्टीले एक हजार ९२१ मत ल्याएका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म एक करोड ७५ हजार ९९७ मतगणना भइसकेको छ । प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ ।