यी हुन् माओवादीका प्रतिनिधि सभाका १७ सांसद
मङ्सिर ४ गते सम्पन्न संघीय चुनावमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नेकपा (माओवादी केन्द्र) ले हालसम्म १७ निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ ।
सरकार र विप्लव माओवादीबीच वार्ता : मुद्दा चाँडो टुंग्याइने
सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच यसअघि दुई पक्षबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा वार्ता भएको छ ।
नारायणी नदीमा डल्फिन देखियो
पूर्वी नवलपरासीस्थित नारायणी नदीमा डल्फिन देखिएको छ । कावासोती नगरपालिकाको दक्षिणमा रहेको अमलटारी नजिक नदीमा डल्फिन देखिएको हो ।
प्रधानमन्त्रीसँग डा.राउतको भेट : आपसी सहकार्यका विषयमा छलफल
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भेट गर्नुभएको छ ।
मोटरसाइकलको ठक्करले महिलाको मृत्यु
जाजरकोटमा मोटर साइकल ठक्करले एक जना महिलाको ज्यान गएको छ । भेरी नगरपालिका –४ की ६१ बर्षीया विजया शाहीको ठक्करले ज्यान गएको हो ।
निःशुल्क आँखा उपचारले नागरिक लाभान्वित
गुल्मीको रेसुङ्गा नगरपालिका बाख्रेछेडाका थानेश्वर पोखरेल उमेरले ७० वर्ष पुग्नुभयो । बुढ्यौली उमेरले च्यापेसँगै उहाँको आँखामा समस्या देखिन थाल्यो ।
मधेश प्रदेश सभाको ११ सिटमा खुम्चियो जसपा
मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशमै कमजोर देखिएको छ । मधेशी जनताका मुद्दा उठाएर तराई–मधेशलाई आधार बनाएर राजनीतिक गर्दै आएको दल जसपाले प्रदेशकै मतदाताको विश्वास जित्न सकेनन् ।
ग्रेडरले कुल्चिदा छात्राको मृत्यु
कैलालीको धनगढीमा आज कालिका कन्स्ट्रक्सनको ग्रेडरले कुल्चिदा एक विद्यार्थीको मृत्यु भएको छ ।
कला र संस्कृतिमा नेपाल विश्वकै समृद्ध देश : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताउनुभएको छ ।
नदी किनारमा बेवारिसे शव फेला
कालीकोटको शान्नीत्रिवेणी गाउँपालिका –३ सिस्नेगडा कर्णाली नदी किनारमा एक जना पुरुषको बेवारिसे शव फेला परेको छ । घाँस काट्न गएका स्थानीय महिलाले नदी किनारमा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
ढुङ्गाले च्यापिएर बालकको मृत्यु
तरुल खन्ने क्रममा ढुङ्गाले च्यापिएर मङ्गलसेन नगरपालिकामा एक बालकको ज्यान गएको छ । मङ्गलसेन नगरपालिका –११ खिमाडा निवासी १४ वर्षका गौतम भुलको ज्यान गएको हो ।
प्रदेश सभातर्फ नेकपा एस १४ स्थानमा विजयी
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेशसभातर्फ १४ स्थानमा विजयी हासिल गरेको छ ।
‘कांग्रेस नेतृत्वमै गठबन्धनको सरकार बन्छ’–डा. शेखर कोइराला
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका नवनिर्वाचित सांसद डा. शेखर कोइरालाले वर्तमान गठबन्धनले नै सरकार बनाउने बताउनुभएको छ ।
सशस्त्र प्रहरीको जवानबाटै युवतीको हत्या
बैतडीमा घाँटी काटिएको अवस्थामा मृत फेला परेकी २१ वर्षीया माया लुहार भर्खरै सम्पन्न निर्वाचनमा म्यादी प्रहरी रहेको खुलेको छ । घटनामा १५ वर्षीया बालिका नेहा लुहार घाइते अवस्थामा फेला परेको थियो ।
ठूला दलबाट शून्य, स्वतन्त्र पार्टीबाट दुई जना निर्वाचित
हेटौँडा, मङ्सिर १५ गते । गत आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको बागमती प्रदेशको निर्वाचन परिणाम अन्तिम चरणमा पुग्दा प्रतिनिधि सभामा यस प्रदेशबाट प्रत्यक्षतर्फ ठूला राजनीतिक दलबाट निर्वाचित महिला जनप्रतिनिधिको सङ्ख्या शून्य रहेको छ। १३ वटा जिल्ला रहेको यस प्रदेशको ३३ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये ३२ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित प्रणालीतर्फ ठूला दलका महिला उम्मेदवार निर्वाचित हुन सकेनन्।एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा मतदानमा धाँधली भएको उजुरीपछि निर्वाचन आयोगले बिहीबार मतदान गर्ने निर्णय गरेको छ। तर सात जना स्वतन्त्र र १४ दलका गरी २१ जना प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेको दोलखा जिल्लामा महिला उम्मेदवार नै छैनन्। स्वतन्त्र २८ र विभिन्न दलका गरी ७४ जना पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि यस प्रदेशबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहेका थिए। प्रतिनिधि सभा सदस्यमा उम्मेदवार भएकामध्ये नयाँ स्थापना भएको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना महिला उम्मेदवार प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ।सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रको भागबण्डामा नपरेपछि काठमाडौँ निर्वाचन क्षेत्र १० बाट अञ्जना बिशङ्खेले मित्रवत् प्रतिस्पर्धा गर्नुभएको सो क्षेत्रमा कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित हुनुभएको थियो।प्रत्यक्षतर्फ २०७४ सालको निर्वाचनमा यस प्रदेशबाट माओवादी केन्द्रका पम्फा भुसाल एक जना मात्र प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदै मन्त्री बन्नुभएकोमा यो पटक उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीसँग पराजित हुनुभएको छ। यस प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट दुई जना निर्वाचित भएकोमा कार्कीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीकै सोबिता गौतम काठमाडौँ क्षेत्र नं. २ बाट एमालेका मणिराम फुयाल र प्रतिनिधि सभाका पूर्वसभामुख ओनसरी घर्तीलाई पराजित गर्दै विजयी बन्नुभएको हो। कांग्रेसले यस प्रदेशमा एक जना मात्र महिला उम्मेदवार मकवानपुरको क्षेत्र नं. १ बाट सहमहामन्त्री महालक्ष्मी उपाध्यायलाई बनाएकोमा उहाँ राप्रपाका दीपकबहादुर सिंहसँग पराजित हुनुभएको छ। यसै क्षेत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बन्नुभएकोमा पराजित हुनुभएको थियो। माओवादी केन्द्रबाट काठमाडौँ क्षेत्र नं. ७ मा उम्मेदवार हुनुभएका मानुषी यमी भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीसँग र काठमाडौँ क्षेत्र नं. ९ बाट प्रतिस्पर्धा गर्नुभएका कल्पना धमला एमालेका कृष्णगोपाल श्रेष्ठबाट पराजित हुनुभएको छ।प्रतिनिधि सभा सदस्यका लागि देशभरमै सबैभन्दा बढी महिला उम्मेदवार काठमाडौँ प्रतिनिधि सभा क्षेत्र नं. १ र भक्तपुर क्षेत्र नं. २ मा रहेका थिए। काठमाडौँ १ मा कुल ३२ उम्मेदवारमा १० जना महिलाले र भक्तपुर २ मा २६ जनामा छ जना महिलाले प्रतिनिधि सभा सदस्यमा चुनावमा प्रतिस्पर्धा गर्नुभएको थियो। यस प्रदेशको मकवानपुरका प्रतिनिधि सभा क्षेत्र नं. २, धादिङ क्षेत्र नं. १, काभ्रेपलाञ्चोक क्षेत्र नं. २ र दोलखा जिल्लामा प्रतिनिधि सभा सदस्यमा महिला उम्मेदवार थिएनन्।
छ जनाविरुद्ध आरोपपत्र
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पाण्डेसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ। आयोगले कार्यालय प्रमुख पाण्डेसहित तत्कालीन इन्जिनियर सन्तोषकुमार यादव, तत्कालीन सबइन्जिनियर नारायण ओली, रिखेबगर–गैरीकटेरी–बाघमारे दाङ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर खत्री, कोषाध्यक्ष शोभाकुमारी खत्री र सचिव लालबहादुर केसीविरुद्ध ४३ लाख २२ हजार १५५ रुपियाँ ६६ पैसा भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो। आरोपपत्रमा बिगोबमोजिम जरिवाना गरी बिगोसमेत जफत गर्न माग गरिएको छ।
मङ्सिर २७ सम्म मेलम्चीको पानी वितरण हुने
खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताउनुभएको छ । बुधबार मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति बुझ्न मुहानस्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौँमा पानी वितरण सुरु गरिने बताउनुभएको हो ।
सार्वजनिक जग्गाको खोजीमा प्राधिकरण
काठमाडौँ उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गाको संरक्षणको प्रक्रिया अगाडि बढाएको छ। उपत्यकाको सार्वजनिक जग्गा संरक्षणको दायित्व आफ्नो रहेको भन्दै प्राधिकरणले अतिक्रमित जग्गा संरक्षण प्रक्रिया अगाडि बढाइएको हो। प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकालले काठमाडौँ उपत्यकाभित्रको सरकारी, पर्ती, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउन लागिएको बताउनुभयो।
भैरहवाबाट साताको तीन उडान गर्ने
नेपाल वायुसेवा निगमले आगामी पुस ४ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निगमले हप्ताको तीन दिन भैरहवाबाट दोहा र क्वालालम्पुर उडान गर्ने भएको हो। निगमले भैरहवाबाट उडान सुरु गरेसँगै सोही दिनदेखि यसअघि काठमाडौँबाट विभिन्न गन्तव्यमा कटौती भएका उडानसमेत फुकुवा हुने भएका छन्।
दोलखामा पुनः मतदान आज
निर्वाचन आयोगले स्याङ्जा–२ र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ । स्याङ्जा र बाजुरामा मङ्सिर ४ गते मतदान सम्पन्न भए पनि विवादका कारण मतगणना सुरु भएको थिएन । विवादकै कारण स्थगित दोलखाको १० वटा मतदान केन्द्रमा भने बिहीबार मतदान हुँदैछ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोग पदाधिकारीको बैठकले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई मतगणना सुरु गर्न निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठकमा उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिलाई मतगणना निर्देशिकाबारे जानकारी गराएपछि गणना सुरु हुनेछ ।”
‘महिला पत्रकारमाथि अनलाइन हिंसा’
विभिन्न सञ्चार माध्यममा काम गर्ने महिला पत्रकारले आफूमाथि अनलाइन हिंसा हुने गरेको बताएका छन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले २८१ जना महिला पत्रकारमाथि गरेको सर्वेक्षणमा ८८.६ प्रतिशत महिलाले आफूले अनलाइन हिंसा भोगेको बताएका छन् । बुधबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार ५३ प्रतिशतले पत्रकारिता पेसासँग नै सम्बन्धित भएर हिंसा भोगेको बताएका छन् भने ३९.२ प्रतिशतले पेसासँग असम्बन्धित व्यक्तिबाट भोगेका बताएका छन् । सहभागीमध्ये २१ प्रतिशतले अनलाइनबाट सुरु भएको हिंसा अफलाइनमा भौतिक आक्रमण र धम्कीको तहसम्म पुगेको बताएका छन् ।
सुनुवाइ पूरा नहुँदा नियुक्ति अलपत्र
संसदीय सुनुवाइ प्रक्रिया पूरा नगरी नियुक्तिको प्रक्रिया अघि बढाउन मिल्ने वा नमिल्ने विवादले सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशको नियुक्ति अलपत्र परेको छ । करिब तीन महिनाअघि नै सिफारिस भए पनि सुनुवाइ प्रक्रिया पूरा नभएकाले नियुक्ति गर्ने वा नगर्ने विवाद छ । संसदीय सुनुवाइको प्रक्रिया सुरु भएपछि प्रतिनिधि सभाको कार्यकाल सकिएकाले प्रक्रियाले पूर्णता पाएको थिएन । न्यायपरिषद्ले गत भदौ २२ गते नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।
मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त नगर सुरुङ्गा
सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त नगरको रूपमा घोषित गरिएको छ । सप्तरी क्षेत्र ४ बाट नवनिर्वाचित तेजुलाल चौधरीले सो घोषणा गर्नुभएको हो ।
दोलखाका १० केन्द्रमा कडा सुरक्षाबीच बिहीबार मतदान हुने
दोलखामा भोलि बिहीबार प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि पुनः मतदान हुँदैछ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।