मनाङमा लैङ्गिक हिंसाको मुद्दा शून्य
हिमाली जिल्ला मनाङमा लैङ्गिक हिंसाका उजुरी शून्य रहेको छ । चालु आर्थिक बर्षको साउनदेखि हालसम्म एउटा पनि उजुरी नपरेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार कुनै पनि लैङ्गिक हिंसाका मुद्दा परेको छैन । गत आर्थिक वर्षमा भने तीन वटा मुद्दा दर्ता भएको थियो ।
गाउँपालिकामा पनि उपसचिव
अबदेखि गाउँपालिकामा पनि उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रमुख बनाइने भएको छ। अहिले सबै गाउँपालिकामा शाखा अधिकृतस्तरको कर्मचारीले कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्दै आएका छन्। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई नेपालको संविधानले एउटै कार्यजिम्मेवारी तोकिएकाले संविधानको मर्मअनुसार गाउँपालिकामा पनि उपसचिवस्तरको कर्मचारी राख्ने तयारी भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
स्थानीय तहमा अपेक्षाकृत काम भएन
पाँच वर्षमा प्रशासनिक र वित्तीय सङ्घीयता कमजोर हुँदा स्थानीय तहमा अपेक्षाकृत काम हुन नसकेको ठह-याइएको छ । २०७४ सालमा भएको स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनबाट सङ्घीयता कार्यान्वयन भएपछि बनेको नयाँ सरकारले प्रशासनिक र वित्तीय सङ्घीयता प्रभावकारी कार्यान्वयन गर्न नसक्दा स्थानीय तहमा अपेक्षाकृत काम हुन नसकेको विज्ञहरूले ठहर गरेका छन् ।
जहाजमा समस्या, यात्रुलाई सास्ती
नेपाल वायु सेवा निगमको व्यवस्थापनको लापरबाही र जहाजमा आउने प्राविधिक समस्याले समय समयमा यात्रुले सास्ती भोग्दै आएका छन् । सेवा स्तरीय नभएको, महँगो भएको तथा सेवाबारे विभिन्न समस्या रहेको लगायतका गुनासा बढ्दै गएको छ । निगम व्यवस्थापन चुस्त नहुँदा आन्तरिकदेखि अन्तर्राष्ट्रिय तर्फका यात्रुले सास्ती भोग्दै आएका छन् । कहिले उडान अनुमति नै नलिई यात्रुलाई विमान स्थलमा बोलाएर कहिले टिकट लिएका यात्रुलाई जहाजका सबै सिट भरिभराउ भयो भनेर कहिले बोर्डिङ पास लिइसकेका यात्रुलाई उडान नगराएर समस्यामा पार्दै आएको निगमका जहाजमा आउने प्राविधिक समस्याका कारणसमेत यात्रुले सास्ती भोग्न थालेका छन् । त्यस्तै पछिल्लो सास्ती बुधबार बैङ्कक उडेको निगमको न्यारोबडी विमानमा देखिएको प्राविधिक समस्याले जहाजमा सवार १५२ जना यात्रुले भोग्नुपरेको छ । उक्त उडानका क्रममा विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको सङ्के
विद्यार्थीमाथि ज्यादती नगर्न एमाले कैलालीको माग
नेकपा (एमाले) कैलालीले धनगढीमा हिजो बिहीबार ग्रेडरमा च्यापिएर एक छात्राको मृत्यु भएपछि आन्दोलनरत विद्यार्थीमाथि प्रहरीले गरेको व्यवहारप्रति एमालेले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
मङ्सिर २६ गतेसम्म निर्वाचन सम्बन्धी सबै काम सकिन्छ : प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण कामसक्ने बताउनुभएको छ ।
कृषकलाई प्रतिलिटर २ रुपियाँ प्रोत्साहन अनुदान
झापाको कचनकवल गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई प्रोत्साहनका लागि प्रतिलिटर २ रुपियाँ प्रोत्साहन अनुदान दिने निर्णय गरेको छ ।
प्रतिनिधि सभा निर्वाचन : ४० वर्ष मुनिका १० र ७० माथिका १४ सांसद
प्रतिनिधि सभा सदस्य निर्वाचनमा रूपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखर रूपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन ।
संसद्मा १२ दल र पाँच स्वतन्त्रको प्रतिनिधित्व
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ मध्ये १६२ स्थानको नतिजा आइसकेको छ ।
तम्घास बजारका अव्यवस्थित तार हटाइने
गुल्मीको तम्घास बजारलाई सुन्दर बनाउन रेसुङ्गा नगरपालिकाले काम सुरु गर्ने भएको छ ।
स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिकतामाथि अनुसन्धान सुरु
प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामाथि अनुसन्धान सुरु गरेको छ। गृह मन्त्रालयमा परेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आएको पत्रका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको हो।
धनगढी तनावग्रस्त, ३७ सेल अश्रुग्यास प्रहार
दोषीलाई कारबाहीको माग गर्दै निषेधाज्ञा उलङ्घन गरेर विद्यार्थी प्रदर्शनमा उत्रेपछि शुक्रबार धनगढी तनावग्रस्त बनेको छ।
संघ र प्रदेशमा खुम्चियो लोसपा
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै मधेश प्रदेशमा शक्ति बदलिएको छ ।
बागमती प्रदेशको लाइसेन्स ट्रायलमा ७० अंकमै उत्तीर्ण
आगामी आइतबारबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायलमा ७० प्रतिशत अंकभारको नियम लागू हुने भएको छ।
तेलमा आत्मनिर्भर बन्न तोरी खेतीको प्रवर्धन
खोटाङको रावाबेसी गाउँपालिकाले तोरीको तेलमा आत्मनिर्भर बन्ने अवधारणा अघि सारेको छ ।
हुम्लामा बदर मत सङ्ख्या घट्यो
यस पटकको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा जिल्लामा बदर मत सङ्ख्या यसअघिको निर्वाचनभन्दा कम देखिएको छ ।
भृकुटीमण्डपमा ईभी नेपाल एक्स्पो सुरु (फोटो फिचर)
शुक्रबारदेखि सुरु भएको एक्स्पोको उद्घाटन नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले गर्नुभएको छ ।
दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता
एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा प्रारम्भिक मत गणनाअनुसार लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गंगा कार्कीको अग्रता कायमै रहेको छ ।
एक पुरुषको शव फेला
धनकुटाको साँगुरीगढी गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ । साँगुरीगढी गाउँपालिका ५ डाँडाबजारमा ४० वर्षीय राजकुमार मगरको शव शुक्रबार बिहान फेला परेको धनकुटा प्रहरीले जनाएको छ ।
उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधन प्रदूषण परीक्षणमा फेल
काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधनहरु प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ ।
एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँ पटक पक्राउ
नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा रु चार लाख ८८ हजार चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका–१० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर नगरपालिका–४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङलाई बिहीबार साँझ पक्राउ गरेको हो ।
खर्च विवरण नबुझाए पद जाने
आवधिक निर्वाचनअन्तर्गत तीन तहकै सरकारका लागि भएका निर्वाचन सकिएका छन्। निर्वाचन सकिए पनि यसको प्रक्रिया भने अझै कम्तीमा छ महिना जारी नै रहने छ। त्यो भनेको निर्वाचनलाई स्वच्छ बनाउने प्रक्रिया हो। निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा ५ ले निर्वाचन स्वच्छताको व्यवस्था गरेको छ। जसमा भनिएको छ, ‘निर्वाचन खर्च नबुझाएको र निर्वाचन आयोगले तोकेको समय सीमाभित्र जरिवानासमेत नबुझाउने व्यक्ति निर्वाचित भएको रहेछ भने निजको निर्वाचन स्वतः बदर हुनेछ।’ निर्वाचित जनप्रतिनिधिहरू पनि ऐनको यो व्यवस्थाबारे अनभिज्ञ नहोलान् तर त्यसको पालनामा भने अधिकांश निर्वाचित जनप्रतिनिधि चुक्ने गरेका छन्।
उपत्यकामा खुम्चँदै ‘कम्युनिस्ट’ प्रभाव
जनआन्दोलन २०४६ पछिका निर्वाचनमा काठमाडौँ उपत्यकामा कम्युनिस्ट पार्टीले आफ्नो प्रभाव बढाए पनि आम निर्वाचन २०७९ को अन्तिम मत परिणामले कमजोर देखाएको छ । २०४८, २०५१, २०५६, २०६४, २०७४ को निर्वाचनमा कुनै न कुनै कम्युनिस्ट पार्टीले निर्वाचनमा बलियो प्रभाव देखाए पनि यो निर्वाचनमा कुनै पनि कम्युनिस्ट पार्टीले काठमाडौँ उपत्यकामा प्रभाव देखाउन सकेनन् ।
उपत्यकाबाट प्रदेश सभामा माओवादी शून्य
उपत्यकाबाट प्रतिनिधि सभामा जस्तै प्रदेश सभामा पनि नेकपा (माओवादी केन्द्र) शून्य भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रदेश सभाका ३० मध्ये छ स्थानमा माओवादी केन्द्रको उम्मेदवारी थियो । उनीहरू सबै पराजित भए । भक्तपुरको प्रदेश सभाका चार क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार थिएनन् । ललितपुर क्षेत्र नं. १ (क)मा माओवादीका उम्मेदवार पराजित भए भने (ख)मा उम्मेदवारी थिएन । काठमाडौँ क्षेत्र नं. ३ (क)मा माओवादीको उम्मेदवारी थियो तर पराजित भए । काठमाडौँ क्षेत्र नं. ६ को (क) र (ख)मा उम्मेदवारी भए पनि पराजित भए । काठमाडौँ क्षेत्र नं. १० (क) र (ख)मा उम्मेदवारी थियो तर पराजित भए ।