• १२ साउन २०८१, शनिबार

पिस कोरका सह-निर्देशक काठमाडौँ भ्रमणमा

blog

काठमाडौँ, मङ्सिर १४ गते । पिस कोरको विश्वव्यापी कार्यसञ्चालनसम्बन्धी कार्यालयका सहनिर्देशक स्कट बिइल यस क्षेत्रको भ्रमणको सिलसिलामा दुईदिने बसाइका लागि हिजाे नेपाल आइपुग्नुभएको छ ।

काठमाडौँ बसाइका क्रममा सहनिर्देशक बिइलले सरकार र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटी पिस कोरका स्वयंसेवकहरूलाई नेपाल फर्काउने योजनाका बारेमा छलफल गर्नुहुनेछ ।

कोभिड – १९ महामारीका कारण सन् २०२० को मार्च महिनामा स्वयंसेवकहरूको विश्वव्यापी निष्क्रमण भएकोमा उनीहरूलाई सन् २०२३ को सुरुवातमा फिर्ता ल्याउने पिस कोरको योजना रहेको छ ।

पिस कोरले नेपालमा पहिलो पटक सन् १९६२ को सेप्टेम्बर महिनामा आफ्नो कार्यसञ्चालन आरम्भ गरेको थियो । त्यसयता झन्डै चार हजार अमेरिकीहरूले नेपालमा बहुमुखी क्षेत्रमा र देशभरि काम गर्दै सेवा पुर्‍याएका छन् । विश्वव्यापी निष्क्रमणको समयमा नेपालमा पिस कोरका १२४ जना स्वयंसेवक तथा प्रशिक्षार्थीले कृषि, स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गरिरहेका थिए ।

 सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले पिस कोरको स्थापना गरेदेखि २ लाख ४० हजारभन्दा बढी अमेरिकीहरूले विश्वभर १४२ मुलुकमा सेवा गरिसकेका छन् ।