• १२ असोज २०८१, शनिबार

पाँच वर्षकाे लागि गठबन्धनकै सरकार: कांग्रेस नेता सिटाैला

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर १३ गते । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले निर्वाचन जित्दामात्र होइन हार्दा समेत मतदाताको घरदैलोमा पुगेर मतदान गर्नेहरूप्रति आभार प्रकट गरिरहनु भएको छ । लोकतन्त्र र गणतन्त्र संस्थागत गर्नका लागि निर्वाचन महत्त्वपूर्ण भएकाले यसमा सहभागी जनाउनु उहाँले आभार प्रकट गर्दै आउनुभएको हो ।

बार्हदशीमा मतदाताहरूमाझ भएको कार्यक्रममा बोल्दै उहाँले आगामी सरकार लोकतान्त्रिक बाम गठबन्धनको बन्ने बताउनुभएको छ । अबको पाँच वर्ष गठबन्धनकै सरकार बन्ने उहाँले बताउनुभयो । निर्वाचन परिणामबाट आत्तिनु पर्ने अवस्था रहेको छैन, उहाँले भन्नुभयो ।

पाँच वर्षसम्म लोकतान्त्रिक बाम गठबन्धनकै सरकारले नेपाली राजनीतिको नेतृत्व दिनेछ र जनताको विश्वासलाई घात नगरी काम गर्नेछ, सिटौलाको भनाइ छ । सिटौलाले बहुलवादमा आधारित सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा कसैले फेरबदल गर्न नसक्ने पनि स्पष्ट पार्नुभयो ।