कालोपत्रे गरेको एक साता नबित्दै भत्कियो सडक
वर्षातको समयमा हतारहतार कालोपत्रे गरिएको सडक हप्तादिन बित्न नपाउँदै भत्किन थालेको छ ।
प्रधानमन्त्रीको निर्देशनः ‘जनताको जीवनरक्षाका निम्ति गम्भीर बनौँ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरूलाई प्रशासक होइन, जनसेवक भएर काम गर्न निर्देशन दिनुभएको छ ।
कारागार माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
बाँकेको बैजनाथ गाउँपालिका –३ नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागार सञ्चालन र कैदीबन्दीको आधारभूत मानवअधिकार संरक्षणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ ।
पानी नियमित नपर्दा रोपाइँमा समस्या
कहिले पानी त कहिले खडेरी अनि किसानले भनेको समयमा धान रोप्न नपाउँदा यो वर्ष पनि राम्रोसँग धानको उत्पादन हुुन सक्दैन कि भन्ने चिन्ताले किसान चिन्तित बनेका छन् ।
सरस्वती डाँडामा व्यायामशाला निर्माण
ओखलढुङ्गा सदरमुकाम बजारनजिकै खुल्ला व्यायामशाला निर्माण गरिएको छ । सिद्धिचरण नगरपालिका –१२ मा रहेको सिद्धिचरण र श्रष्टापार्क नजिकै सरस्वती डाँडामा सो व्यायमशाला स्थापना गरिएको हो ।
नाला निर्माणमा ढिलाइ भएको गुनासो
सप्तरीको तिलाठी कोइलाडी –७ स्थित राजविराज हनुमाननगर सडकको मंसापुर खण्डमा सडकको नाला निर्माणमा ढिलाइ भएको छ । नाला निर्माणमा ढिलाइ हुँदा स्थानीयहरु गुनासो गरेका छन् ।
सुशासनका लागि चुनौतीको सामना गर्न तयार छु : गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समाजिक न्यायसहितको सुशासन कायम गर्दा आइपर्ने जस्तो सुकै चुनौतिको सामना गर्न आफू तयार रहेको बताउनुभएको छ ।
चिरान काठसहित चालक र भ्यान नियन्त्रणमा
बर्दिबास क्षेत्रबाट प्रहरीले पिकअप भ्यानसहित अवैध काठ बरामद गरेको छ । प्रहरीले बा १८ च १३७१ नम्बरको पिकअपबाट सालको करिव ७७ क्यूफिट बराबरको १९३ थान चिरान काठ नियंत्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पार्टीविरुद्ध गतिविधि गर्ने चार जनालाई कारवाही
नेकपा (एमाले) सिद्धार्थनगर नगर कमिटीको पूर्ण बैठकले पार्टीका गतिविधिविरुद्ध लागेको भन्दै चार जना पार्टी सदस्यलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ ।
पहिरो पीडितलाई राहत वितरण
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो प्रभावित परिवारलाई नेपाल शेर्पा सङ्घ जिल्ला समितिले राहत वितरण गरेको छ ।
लम्पी स्किनको सङ्क्रमण घट्दै : सात लाख डोज खोप आयात
पछिल्लो समय गाईभैंसीमा लाग्ने लम्पी स्किनको सङ्क्रमणको दर क्रमशः घट्दै गएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिनुभयो शपथ
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
सम्बन्ध प्रगाढ बनाउन भेटवार्ता
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अजरबैजानका राष्ट्रपति इहाम हैदर ओग्लु अलियेभसँग भेटवार्ता गर्नुभएको छ। असंलग्न आन्दोलन समूहको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अजरबैजानको राजधानी बाकुमा रहनुभएका मन्त्री साउदले बिहीबार त्यहाँका राष्ट्रपति अलियेभसँग भेटवार्ता गर्नुभएको हो। भेटमा द्विपक्षीय हित तथा दुई देशबिचको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रबन्ध सम्पादकमा देवकोटा
द राइजिङ नेपालको प्रबन्ध सम्पादकमा परमेश्वरप्रसाद देवकोटा नियुक्त हुनुभएको छ । बुधबार गोरखापत्र संस्थान व्यवस्थापनले देवकोटालाई उक्त पदमा नियुक्त गरेको हो ।
प्रधानमन्त्रीसँग वीरसिंहको भलाकुसारी : छोराको उपचारभन्दा देशको चिन्ता
बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–६ निवासी ८९ वर्षीय वीरसिंह भण्डारीले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुलेर कुरा गर्नुभएको छ । राजनीतिमा मौलाएको विकृति र विसङ्गतिको आक्रोश पोख्न पाए मन शान्त हुने बताउनुहुने उहाँ लामो समयदेखि सिंहदरबार धाइरहनुभएको थियो । आफ्ना ५५ वर्षीय छोराको उपचारका लागि प्रधानमन्त्रीलाई भेटेर आग्रह गर्ने पनि उहाँको अभिलाषा थियो ।
प्रयोगात्मक अङ्कले उकास्यो नतिजा
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा गत वर्षको तुलनामा सुध्रिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको २०७९ सालको नतिजा अनुसार माथिल्लो ग्रेड ल्याएर उत्तीर्ण हुने परीक्षार्थीको सङ्ख्यामा गत वर्षको तुलनामा यस पटक उल्लेख्य सुधार देखिएको छ ।
मिटरब्याज विधेयक पेस गरिँदै
प्रतिनिधि सभाले मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि सरकारको सिफारिसमा जारी अध्यादेश प्रतिस्थापन विधेयक अघि बढाउने तयारी गरेको छ । संविधानले तोकेको समयभित्र प्रतिस्थापन विधेयक पारित नभएपछि अध्यादेश निष्क्रियभइसकेको छ । अध्यादेश निष्क्रिय भएपछि सभाले विचाराधीन विधेयकलाई भने अघि बढाउने तयारी गरेको हो । बुधबार प्रतिपक्षी दलहरूको अवरोधका कारण अघि नबढेको उक्त विधेयकलाई शुक्रबारको सम्भावित कार्यसूचीमा सभाले सामेल गरेको छ ।
तीन दिनभित्र छाडा खच्चड व्यवस्थापन गर्न निर्देशन
जताततै सडक बजारमा खुला छाडिएका घोडा खच्चडका कारण फोहर बढ्नुका साथै यातायातका साधन सञ्चालनमा समस्या भएको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले व्यवस्थापन अभियान सुरु गरेको छ ।
ग्रिन अभियानअन्तर्गत विरुवा बितरण
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई हरियालीमय बनाउन उद्देश्यले बिरुवा बितरण थालिएको छ । नगरपालिका कार्यालयले नगरवासीलाई विरुवा वितरण कार्य सुरु गरेको हो ।
नदीमा डुबेर एकको मृत्यु
कैलालीको कटैनी नदीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । कैलारी गाउँपालिका –७ रामपुरका ४५ वर्षीय गणेश चौधरीको सो नदीमा डुबेर ज्यान गएको हो ।
‘नागरिकले सहज रुपमा सूचना पाउनुपर्छ’
नेपालको संबिधानले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै विषयमा सूचना माग्न पाउने हक प्रदान गरेको छ । तर संबिधानले व्याख्या गरेअनुसार नागरिक सहजरुपमा सो हकको प्रयोग गर्ने वातावरण अझै बनिसकेको छैन ।
गाउँपालिकाका १३ परिवारलाई पक्कीघर हस्तान्तरण
झापाको हल्दिबारी गाउँपालिकाका अति विपन्न १३ घरपरिवारलाई एकृकीत बस्ती बनाएर पक्कीघर निर्माणगरी हस्तान्तरण गरिएको छ । अति विपन्न, पिछडिएको जाति, दलित, अल्पसंख्यक, अपाङ्ग, एकल महिला र बृद्ध असक्तहरुको घर पालिकाले निर्माण गरेर हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले बताउनुभयो ।
एसईई नतिजामा सुधार
प्रकाशित नतिजा अनुसार गत वर्षको तुलनामा यस वर्ष एसईईको नतिजा सुध्रिएको छ। गत वर्षको एसईई नतिजा अनुसार यस वर्षको नतिजामा माथिल्लो जिपिए ल्याउनेको संख्या बढेको छ।
महिला पत्रकारको बीमामा निरन्तरता
महिला पत्रकारलाई पेशामा सुरक्षित भई क्रियाशील भइराख्न मधेस प्रदेशका महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमालाई निरन्तरता दिएको छ । मधेश प्रदेशका मिडिया र मिडियाकर्मीको हकहित, संरक्षण, सम्बद्र्धन एवम् क्षमता अभिवृद्धिलगायतका उद्देश्य पूरा गर्न मधेश प्रदेश सरकारले गठन गरेको आमसञ्चार प्राधिकरण मधेश प्रदेश जनकपुरधामले महिला पत्रकारको स्वास्थ्य बीमा र दुर्घटना बीमालाई निरन्तरता दिएको हो ।