• १९ वैशाख २०८१, बुधबार

कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिनुभयो शपथ

blog

कोशी प्रदेश प्रमुख परशुराम खापुङ मुख्यमन्त्री उद्धव थापालाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै ।

गोकुल पराजुली 

विराटनगर, असार २२ गते । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । 

शपथ लगतै मुख्यमन्त्री थापाले सानो आकारमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । शपथ ग्रहणपछि मुख्यमन्त्री थापाले गठबन्धन दल नेकपा एकीकृत समाजवादीका कमल जबेगु र नेपाली काँग्रेसका प्रदीप सुनुवारलाई मन्त्री नियुक्त गर्नुभयो । 

गठबन्धनको साझेदार दल नेकपा माओवादीले भने मन्त्रीको नाम पठाइसकेको छैन । पार्टीमा छलफल गरेर मात्र सरकारमा मन्त्रीहरू पठाइने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताउनुभयो ।