प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु
प्रमुख प्रतिपक्षीलगायतले गरेको सङ्घीय संसद्को अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।
‘नेपाल–जापान सम्बन्ध राष्ट्रनिर्माणको कडी’
नेपाल–जापान सम्बन्धलाई उच्च बनाउन जापानमा पढेर फर्केका नेपाली विद्यार्थीले निरन्तर भूमिका निर्वाह गरिरहेका छन्। १२० वर्षअघि आठ जना विद्यार्थी अध्ययनका लागि जापान पुगेपछि अघि बढेको यो सम्बन्ध अहिले बलियो औपचारिक कूटनीति र द्विपक्षीय सम्बन्धसाथ अघि बढिरहेको छ।
‘रावलको योगदान उच्च’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भैरवसिंह रावल स्मृतिग्रन्थको विमोचन गर्नुभएको छ । भैरवसिंह स्मृति प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा उहाँले कांग्रेसका कर्मठशील पुराना नेता भैरवसिंहको राजनीतिक जीवन र उहाँले राजनीतिक परिवर्तन र विकासका क्षेत्रमा पु-याएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको कृतिको सार्वजनिकीकरण गर्नुभएको हो ।
समाजवादी आन्दोलन अघि बढाइने
चार राजनीतिक दल सम्मिलित समाजवादी मोर्चा नेपालको बैठकले नीति तथा कार्यक्रम र आचारसंहिता निर्माण गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा शनिबार बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रहेको कार्यदल गठन गरेको हो ।
कान्ति राजमार्ग स्तरोन्नति गर्न प्राविधिक समस्या
सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने कान्ति राजमार्गलाई बिनाअवरोध वर्षभरि नै सञ्चालनमा ल्याउने गरी कार्ययोजना अगाडि बढाइएको छ। सो राजमार्ग काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो मार्ग हो। ललितपुरको टिकाभैरवदेखि हेटौँडाको बुद्धचोकसम्म कुल लम्बाइ ७९ किलोमिटर रहेको छ। जसमध्ये ७२ किलोमिटर कालोपत्रे भइसकेको छ भने दुई किलोमिटरको कालापत्रे हुँदै छ। अधिकांश भाग कालोपत्रे भइसके पनि केही ठाउँमा प्रायः वर्षभरि आइरहने पहिरोका कारण नियमित सञ्चालन हुन सकेको छैन।
अनुदानमा बेलायत ऋणमा विश्व बैङ्क अगाडि
नेपाललाई वैदेशिक सहायता उपलब्ध गराउने सन्दर्भमा द्विपक्षीय विकास साझेदारको जोड अनुदानमा र बहुपक्षीय विकास साझेदारको जोड ऋणमा रहेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार बेलायत, नर्वे, जापान, दक्षिण कोरियाजस्ता द्विपक्षीय विकास साझेदारले अनुदान सहायतालाई प्राथमिकतामा राखेको देखिन्छ ।
छ अर्बको जुस निर्यात
चालु आर्थिक वर्षको ११ महिनामा मुलुकबाट छ अर्ब रुपियाँ बराबरको जुस निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म जुस निर्यात १२.९ प्रतिशतले बढेर छ अर्ब १० करोड रुपियाँको पाँच करोड ४५ लाख ८८ हजार लिटर जुस निर्यात भएको हो । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी जुसको माग बढ्दै गएपछि निर्यातमा समेत वृद्धि भएको विभागको तथ्याङ्कले देखाएको छ ।
आधा बनिसक्यो ‘फ्लाइओभर’
बलम्बुमा निर्माणाधीन मुलुककै पहिलो फ्लाइओभरको काम आधाभन्दा बढी सम्पन्न भएको छ । फ्लाइओभर आगामी वर्षदेखि सञ्चालनमा ल्याइने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जानकारी दिएको छ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक गोविन्द डमरूले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यसहित अहिले तीव्र रूपमा आयोजनाको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार फ्लाइओभरको सहायक संरचनाका रूपमा निर्माण गर्नुपर्ने पाँच वटा पाइलमध्ये दुई वटाको निर्माण सम्पन्न भइसकेको छ । त्यसै गरी एउटा पाइलको जग हाल्ने काम सम्पन्न भइसकेको छ । फ्लाइओभरको निर्माण अवधि सन् २०२४ अप्रिल २५ सम्म रहेको छ ।
हातेमालोले बन्यो विद्यालय नमुना
नुवाकोटको विकट किस्पाङ गाउँपालिका अन्तर्गत पर्ने काहुलेमा २०४६ सालमा पहिलो पटक विद्यालय खोल्ने विषयमा छलफल हुँदा स्थानीय निकै उत्साही थिए। तर भिरालो बनोटका कारण स्कुल खोल्न उपयुक्त जग्गा अभाव भएपछि उनीहरू केही समय रणभुल्लमा परे। स्कुल स्थापना गर्न थुप्रै ठाउँ अवलोकन भयो तर उपयुक्त जग्गा कतै भेटिएन।
इजरायलमा सिक्न र कमाउन छानिए विद्यार्थी
सुदूरपश्चिम विश्वविद्यालयका कृषि विज्ञान विषयका स्नातक तहका ५० जना विद्यार्थी इजरायल जाने चटारोमा छन् । उनीहरू ११ महिना इजरायलमे बस्ने छन् तर उनीहरूको पढाइ टुट्ने छैन । बरु उनीहरूले त्यहाँ सिक्दै कमाउने छन् र कलेजलाई शोधपत्र बुझाएर मात्र उनीहरू फर्कने छन् ।
बिरामी सुत्केरीको हेलिकोप्टरबाट उद्धार
सुत्केरी बिरामी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उहाँको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ ।
स्वास्थ्य स्वयंसेविकालाई साईकल बितरण
रुपन्देहीको गैडहवा गाउँपालिका –४ पोहवाले महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल बितरण गरेको छ । दिनरात नभनी २४ घण्टा जनताको घरदैलोमा खटिने महिला स्वास्थ्य स्वयंसेविकालाई घर–घरमा जान अझै सहज होस् भन्ने उद्देश्यले साईकल वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
झोलुङ्गे पुल बनेपछि स्थानीय लाभान्वित
हिमाली जिल्ला म्याग्दीको पश्चिम भेगमा पर्ने मालिका गाउँपालिका –४, ओखरबोटको चिउरीबोटस्थित छिपछिप खोलामा निर्माण भएको झोलुङ्गे पुलबाट आठसय भन्दा बढी स्थानीय लाभान्वित भएका छन् ।
त्रिपुरासुन्दरी साक्षर नगरपालिका घोषणा
त्रिपुरासुन्दरी नगरपालिका दोस्रो साक्षर नगरपालिका घोषणा भएको छ । साक्षर नेपाल अभियान अन्तर्गत जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका दोस्रो साक्षर नगरपालिका घोषणा भएको हो ।
अनुगमन टोलीद्वारा आयोजनाको निरीक्षण
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाको तीन वटै सुरक्षा संयन्त्रका प्रमुखले जिल्लामा सञ्चालनमा रहेका विभिन्न योजनाहरूको स्थलगत अनुगमन गर्नुभएको छ ।
टीकापुरमा केराखेती फस्टाउँदै
कैलालीको टीकापुर पछिल्लो समय केराखेतीका लागि चिनिने गरेको छ । यहाँ अन्यभन्दा केरा खेतीबाट पर्याप्त आम्दानी हुने गरेको छ । बजारीकरणको समस्या नहुँदा किसान दिनप्रतिदिन केरा खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध
सुख्खा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक खण्ड अपरान्ह ४ बजेदेखि अवरुद्ध भएको छ । अघिल्लो हप्ता तीन नम्वर पुलमा पहिरो खसे पनि अहिले कालिखोला स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको हो ।
बानेश्वरमा समाजवादी मोर्चाको बैठक सुरु
समाजवादी मोर्चा, नेपालको पहिलो बैठक बसेको छ। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय, अलोकनगरमा केही बेरअघि सुरु भएको बैठकले मुलुकमा विकसित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ।
शिक्षक अभावमा चुनौती मोलेर दुर्गमको पठनपाठन
कालिकोटको महाबै गाउँपालिका –६ स्थित चन्द्रादेवी माविमा १३ जना शिक्षक हुनुहुन्छ । तीमध्ये एकजना मात्र दरबन्दीको स्थायी शिक्षक हुनुहुन्छ । १० कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा गाउँपालिका अनुदानका चार जना, राहत कोटाका चार जना, निजीस्रोतका तीन जना र बालविकास केन्द्रका एक जना छन् ।
घरेलु मदिरालाई ब्राण्डिङ गर्दै मानेभञ्ज्याङ
मानेभञ्ज्याङ गाउँपालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा घरेलु मदिरालाई ब्राण्डिङ गर्ने कार्यक्रम ल्याएको हो ।
‘लम्पी स्किन’ले गोरु मर्न थालेपछि रोपाइँमा बाधा
गोरखामा ‘लम्पी स्किन’ रोगका कारण गोरु मर्न थालेपछि रोपाइँमा बाधा पुगेको छ । असार अन्तिम साता सुरु भइसक्दा पनि यहाँका किसानले अझैसम्म धान रोपाइँ गर्न पाएका छैनन् ।
एसईईको पूरक परीक्षा साउन २६ र २७ गते हुने
माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक (ग्रेडवृद्धि) परीक्षा साउन २६ र २७ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० गते आज (शनिबार) एक सूचना जारी गर्दै पूरक परीक्षाबारे जानकारी दिएको हो ।
मानव–वन्यजन्तु द्वन्द्व: पाँच वर्षमा दुई सय जनाको मृत्यु, ६० करोड बढी राहत क्षतिपूर्ति
पछिल्लो समय वन वातावरण संरक्षणका क्षेत्रमा मुलुकले प्राप्त गरेको उपलब्धि कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रशंसा हुने गरेको छ । तर यससँगै बढेको मानव–वन्यजन्तु द्वन्द्व र त्यसबाट बर्सेनि दजनौँ व्यक्तिको मृत्यु तथा सरकारले व्यहोर्नुपर्ने करोडौँ रकमको क्षतिपूर्तिले भने विभिन्न प्रश्न उठ्ने गरेका छन् ।
एसइई नतिजा : १६ विषयमा शून्य ‘ए प्लस’
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य देखिएका छन् । बोर्डले विभिन्न धारका ८३ विषयमा परीक्षा सञ्चालन गरेको थियो । बोर्डले एसइईको नतिजा बिहीबार सार्वजनिक गरेको थियो । विद्यार्थीले ६७ वटा विषयमा ‘ए प्लस’ प्राप्त गरेका छन् । ‘ए प्लस’ प्राप्त नगरेका सबै विषय ऐच्छिक हुन् । नतिजा अनुसार वातावरण विज्ञान, समाजशास्त्र, नेवारी, उर्दु, संस्कृत भाषा र साहित्य, इलेक्टिभ अङ्ग्रेजी, नीतिशास्त्र, वेद (शुक्ल आयुर्वेद), न्याय, भूगोल, अङ्ग्रेजी, फलित ज्योतिष, तर्क सङ्ग्रह, पत्रकारिता विषयमा कसैले पनि ‘ए प्लस’ प्राप्त गर्न सकेनन् ।