नक्कली अनुमति प्रलोभनमा नपर्न प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय गुल्मीले नक्कली कार्य अनुमतिको प्रलोभनमा नपर्न अनुरोध गरेको छ । दक्षिण अफ्रिकामा वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधासहितको पदमा काम लगाइदिने भनी नक्कली कार्य अनुमति (वर्क परमिट) देखाइ विभिन्न प्रलोभनमा पार्ने भन्दै त्यस्तो प्रलोभनमा नपर्न प्रशासन कार्यालय गुल्मीले अनुरोध गरेको हो ।
सवारी जरिवानाबाट राजश्व असुलीमा वृद्धि
चालु आर्थिक वर्षको एघारौं महिना बितिरहँदा सप्तरीमा सवारी जरिवाना वापतको राजस्वमा वृद्धि भएको छ । जिल्लामा सवारी चेकजाँचमा खटिने ट्राफिक प्रहरीहरुले सडकमा चल्ने दुई पांग्रे सवारीदेखि अधिकांश सवारी साधनले ट्राफिक नियम उल्लंघन गर्नेगरेका छन् ।
पुर्ख्यौली पेशाबाट राम्रो कमाई
धोबी समुदायहरुले आफ्नो पुर्ख्यौली पेशाबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । विदेशभन्दा बढी कमाई गरेर लहान –३ का शत्रुधन साफी लुगा धोई ईस्त्री (लोहा) लगाएर महिनाको ५० हजारभन्दा बढी कमाइ भइरहेको बताउनुभयो ।
धिमाल समुदायले फुड फेष्टिवल आयोजना गर्दै
धिमाल जातीय विकास केन्द्र कानेपोखरी गाउँपालिकाले मोरङको कानेपोखरी –७ मा धिमाल सांस्कृतिक महोत्सव एवम् फुड फेष्टिवलको आयोजना गर्नेभएको छ । पालिका भित्रका ६ वटै गाउँटोलमा जातिरि र सिरिजात सम्पन्न भएपछि कानेपोखरीमा सांस्कृतिक महोत्सव आयोजना गरी यस वर्षको जातिरि पर्व समापन गर्न लागिएको हो । शुक्रबार पत्रकार सम्मेलन गरी फेष्टिवलका विषयमा जानकारी गराइएको हो ।
तराईमा लू चल्न थाल्यो, पाँच दिन तापक्रम उच्च रहने
मध्य र पूर्वी तराईमा विषम खालको र पश्चिम तराईमा हल्का लू (तातो हावा) चल्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाले अधिकांश भूभागमा अधिकतमदेखि न्यूनतम तापक्रम वृद्धि हुँदा तातो हावा चल्ने जनाएको छ ।
तनहुँमा ड्रागन खेती
यहाँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन खेतीतर्फ लाग्नुभएको हो ।
तराईमा गर्मी, हिमाली जिल्ला डोल्पामा धान रोपाइँ मेला
हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –१ स्थित भगवतीको कोटसेरामा विगतझै यो वर्ष पनि बाजागाजाका साथ धान रोपाई मेला सम्पन्न भएको छ । तराईमा पानी नपरेर गर्मी बढे पनि हिमाली जिल्लामा धान रोपाई मेला सकिएको छ ।
धुवाँमुक्त नगर अभियान : वडावासीलाई ग्यास सिलिण्डर र चुल्हो वितरण
रौतहटको परोहा नगरपालिकाले गरिब तथा विपन्न परिवारलाई खाना पकाउने ग्यास सिलिण्डर र चुल्हो वितरण सुरु गरेको छ ।
अत्यधिक गर्मीले रौतहटका विद्यालय एक साता बन्द
अत्यधिक गर्मी बढेपछि पठनपाठनमा प्रतिकुल असर परेको भन्दै रौतहटका सबै पालिकाका विद्यालय एक साताका लागि बन्द गरिएको छ ।
ठगी गर्ने गिरोह सक्रिय रहेकाले प्रलोभनमा नपर्न आग्रह
वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरको छ ।
मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती
विश्वका विभिन्न राष्ट्रबाट भ्रमणका लागि आउने पर्यटक अधिकांश हिमाली जिल्ला मनाङ आउने गरेका छन् । विशेष गरी यहाँको सुन्दरता, परम्परागत संस्कार, संस्कृति अवलोकन गर्न तथा यहाँ रमाउन पर्यटक आउने गर्दछन् ।
खोलामा पुल निर्माण नहुँदा यात्रुलाई सास्ती
कर्णाली कोरिडोरको बाजुराको पिलीदेखि हुम्लाको पैमासम्मको सडकमा पर्ने खेलामा पुल निर्माण नहुँदा यातायातका साधन तथा यात्रुलाई सास्ती भएको छ ।
दमकल कर्मचारीमाथि हातपात गर्ने तीन पक्राउ
कपिलवस्तु नगरपालिका –८ मैनिहवामा आगो नियन्त्रण गर्न गएका दमकल कर्मचारीमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कर्मचारीलाई कुटपिट गरी दमकलमा क्षति गरेको आरोपमा तीनलाई पक्राउ गरी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिमलाई सरकारबाट १४ अर्ब बजेट
सुदूरपश्चिम प्रदेशका लागि सङ्घीय सरकारले १४ अर्ब ४२ करोड १९ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०–८१ मा सङ्घीय सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत सो बजेटको व्यवस्था गरेको हो ।
कपिलवस्तुको औलो नियन्त्रणमा सफलता
कपिलवस्तुको पछिल्लो चार वर्ष यता औँलो रोग (मलेरिया) को स्थानीय सङ्क्रमण शून्य रहेको छ । स्वास्थ्य कार्यालयले समुदायमा औँलो रोगको विषयमा सचेतना फैलाएपछि सङ्क्रमण शून्य भएको जनाएको छ ।
बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
सङ्घीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय-व्यय (बजेट) प्रस्तुत भइसकेको छ ।
मानवबेचबिखन रोक्न नाकामा थप कडाइ
यहाँस्थित नेपाल भारत जमुनाहा नाकाबाट मानव बेचबिखन बढ्दै गएको पाइएकाले सो नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायबीच अझै बढी सहकार्य र समन्वयमा जोड दिइएको छ ।
लेखापरीक्षण प्रतिवेदन सार्वजनिक
नेकपा (एकीकृत समाजवादी) ले आ.व ०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव ०७८/७९ को आम्दानी र खर्चको विवरण सार्वजनिक भएको हो ।
नक्कली बैङ्क ग्यारेन्टी : दुई करोड भुक्तानी, अनुसन्धान सुरु
आन्तरिक मिलेमतोमा नक्कली बैङ्क ग्यारेन्टी (बैङ्क एडभान्स पेभमेन्ट ग्यारेन्टी) कागज पेस गरी दुई करोड भुक्तानी भएको रहस्य खुलेको छ। एचटिसी कन्स्ट्रक्सन नारायण जेभीले पेस गरेको बैङ्कको नक्कली ग्यारेन्टी कागजातका आधारमा सप्तरीको रुपनी गाउँपालिका कार्यालयले दुई करोड रुपियाँ भुक्तानी दिएको हो।
नेपाल–भारत साझेदारीमा नयाँ अध्याय
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा नेपाल–भारत सम्बन्ध, साझेदारी विस्तार र ऊर्जा व्यापारमा नयाँ अध्याय खोल्ने गरी सफल भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको निमन्त्रणामा भएको प्रधानमन्त्री प्रचण्डको औपचारिक भ्रमणका व्रmममा भएका विभिन्न विषयमा उच्चस्तरीय सहमति भएका छन्।
दक्षिण कोरियामा कोटा थप्न छलफल
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकको कोटा थप गर्ने विषयमा कोरिया सरकार सकारात्मक रहेको बताइएको छ । दक्षिण कोरिया सरकारको मानव स्रोत व्यवस्थापन सेवाको आयोजनामा जेठ १२ देखि १९ सम्म इपिएसमार्फत कोरियामा पठाउने नेपाल र श्रमिक लिने देश कोरियाबिच भएको छलफलमा कोरियाली पक्ष नेपाली श्रमिकको कोटा बढाउन सकारात्मक भएको हो ।
खुला हृदयले लगानी गर्न प्रमको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ। आज साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको ‘बिजनेस समिट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीका लागि आउन भारतीय व्यवसायीलाई आग्रह गर्नुभएको हो।
हजयात्रीको पहिलो समूहलाई बिदाइ
साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह आज त्यसतर्फ प्रस्थान गरेकाे छ।
कर मिनाहा प्रकरण : लुम्बध्वज, उमेश र चूडामणि दोषी
राज्यले प्राप्त गर्नुपर्ने राजस्व रकम गैरकानुनी रूपमा मिनाहा गरेको अभियोगमा कर फस्र्योट आयोगका तत्कालीन पदाधिकारीलाई विशेष अदालतले दोषी ठहर गरेको छ। राज्यले पाउनुपर्ने कर मिनाहा गरेको अभियोगमा आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्मा ढकाललाई अदालतले दोषी ठहर गरेको हो। क्षेत्राधिकारविपरीत कर मिनाहा गरेको अभियोगमा दुई मुद्दा लगाइएको थियो।