• २८ वैशाख २०८२, आइतबार

तीन करोड १८ लाखको लगानीमा वेस्ट वाटर प्लान्ट

blog

रोटरी क्लब अफ पाल्पाले यूनाइटेड मिसन अस्पताल पाल्पामा वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट । तस्बिर : विन्दु थापा

विन्दु थापा

पाल्पा, असार २६ गते । रोटरी क्लब अफ पाल्पाले यूनाइटेड मिसन अस्पताल पाल्पामा वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण गर्नेभएको छ । यूनाइटेड मिसन अस्पताल पाल्पा र भुसलडाँडा क्षेत्रका होटल, तथा रेष्टुरेन्टबाट निस्कने फोहोर पानीलाई पुनः प्रयोगमा आउनेगरी व्यवस्थापन गर्न रोटरी क्लब अफ पाल्पा तानसेनले वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण गर्न लागेको क्लबका अध्यक्ष यादवसिंह कार्कीले जानकारी दिनुभयो ।  

अध्यक्ष कार्कीले भन्नुभयो “रोटरी क्लब अफ पाल्पा तानसेन र रोटरी क्लब अफ इन्टरनेश्नलको समन्वयमा ३ करोड १८ लाखको लगानीमा वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण हुन लागेको हो । यसका लागि तानसेन नगरपालिकाले पनि एक लाख सहयोग दिने भएको छ ।”

सस्थापक सचिव तथा पुर्व अध्यक्ष बुद्धिप्रसाद शर्माले रोटरी क्लब अफ पाल्पा तानसेनले धेरै मानवीय र सामाजिक सेवा गर्दैआएको बताउनुभयो । शर्माले क्लबले गोपाल्दी खानेपानी योजनालगायत ३ वटा पूर्वमा सिंचाइँका कामहरु  गरेको जानकारी दिनुभयो । 

शर्माका अनुसार बर्षामा बग्ने पानी, घर होटल रेष्टुरेन्टबाट बग्ने पानीले भुसलडाँडा तल्लो भेगका स्थानीयलाई खेपिरहेको हैरानी हट्नेछ । रोटरी क्लब अफ पाल्पा तानसेनले यूनाइटेड मिसन अस्पतालमा दश लाख लिटरको आकाशेपानी संकलन गर्ने ट्याङकी, हाड तथा जोर्नी विभागमा एकसय जनालाई अप्रेसन गर्न मिल्ने मेसिन, अक्सीजन प्लान्टको सहयोग गरीसकेको छ । 

क्लबले विभिन्न विद्यालयका ३४ सय विद्यार्थीलाई स्वास्थ्य परीक्षण गरी समस्यामा परेका असायलाई निःशुल्क उपचार गर्दैआएको छ ।  पुर्व अध्यक्ष हरि रायमाझीका अनुसार २००१ मा छत्रराज शाक्यको नेतृत्वमा २७ संस्थापक सदस्यसहित स्थापना भएको क्लबमा अहिले ३८ जना सदस्य छन् ।