प्लाष्टिकजन्य पदार्थ मानव सभ्यताकै शत्रु : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै शत्रुका रूपमा देखिन थालेको बताउनुभएको छ ।
वृक्षारोपण गरी वातावरण दिवस मनाइयो
विश्व वातावरण दिवसको अवसरमा सोमबार महोत्तरीको मटिहानी नगरपालिकामा रहेको तस्मैया बाबा पार्कमा वृक्षारोपण गरी दिवस मनाइएको छ ।
रतुवामाई नगरमा जग्गाको कित्ताकाट खुल्यो
दक्षिणपूर्वी मोरङको रतुवामाई नगरपालिकाले जग्गाको कित्ताकाट खुला गरेको छ । भूउपयोग ऐन २०७६ को दफा ४ र भूउपयोग नियमावली २०७९ नियम ५ बमोजिम भूउपयोग क्षेत्र वर्गीकरण गर्ने काम स्थानीय भूउपयोग परिषद्को बैठकले गत वैशाख २९ गते पारित गरी कार्यपालिका बैठकमा पेस गरेको थियो ।
संरक्षणमा अब्बल छन् स्थानीय सामुदायिक वन
जिल्लामा बर्सेनि हजारौँ बिरुवा रोपिए पनि संरक्षण भएको देखिँदैन । डिभिजन वन कार्यालयसँग वार्षिक रूपमा वितरण गरिएको बिरुवाको तथ्याङ्क छ ।
सीमा समस्या समाधान गर्न भारतका प्रधानमन्त्री मोदीलाई आग्रह गरेँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढङ्गले आग्रह गरेको बताउनुभएको छ ।
नागरिकतासम्बन्धी कार्यविधिमा एनआरएनका सुझाव समेटिन्छन् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण भएसँगै नागरिकतासम्बन्धी कार्यविधि तथा नियमावली बनाउने काम समेत सुरु भएको जानकारी गराउनुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान साढे ११ बजेदेखि बैठक सुरु भएको हो ।
प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि पूर्वराष्ट्रपति भण्डारीको आग्रह
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्लास्टिकजन्य प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि दृढ सङ्कल्प गर्ने समय आएको बताउनुभएको छ ।
प्रदेश सरकारले घटाएको भाडादर लागू भएन
कीर्तिपुरका असीम बुढाथोकी सधैँ कालीमाटी आउजाउ गर्नुहुन्छ । विद्यालय नै कालीमाटी भएका कारण उहाँलाई दैनिक सार्वजनिक सवारीसाधन चढ्नुपर्ने बाध्यता छ ।
सबै फोहोर उठाइएको दाबीमा आशङ्का
नारायणी नदी किनारको चौरमा गाडेको फोहोर उद्योग वाणिज्य सङ्घ चितवनले निकालेर विसर्जन स्थलमा फालेको छ। सर्वोच्च अदालतले नदी किनारमा गाडेको फोहोर निकाल्न आदेश दिएपछि उद्योग वाणिज्य सङ्घले गाडेको फोहोर निकालेर फालेको हो। गत पुस महिनामा सङ्घले चितवन महोत्सव गर्नका लागि भन्दै बाढीले खाल्टो बनाएको स्थानमा फोहोर गाडेर जमिन सम्याएको थियो। उद्योग वाणिज्य सङ्घले पुसमा फोहोर गाडेपछि चौतर्फी विरोध भएको थियो। विरोधपछि अदालतमा मुद्दा दायर भएको हो।
‘मेघ मल्हार’ पछि वर्षा
उच्च तापक्रमका कारण मौसम तातिँदै गर्दा ललितपुरवासीले केही दिनयता शीतलताको कामना गरिरहेका थिए । उनीहरूको सो कामना आइतबार पूरा भयो । ललितपुरको पाटन दरबार क्षेत्र र त्यस वरपरका स्थानीयले आइतबार दिउँसो एकछिन भए पनि शीतलता पाए, टन्टलापुर घामको तेजमा अचानक परिवर्तन भई बादल मडारिएपछि स्थानीयले शीतलताको अनुभव गरे ।
वैदेशिक रोजगारीमा हुने ठगी न्यूनीकरण गर्न सरकार सक्रिय
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले श्रमिकलाई ठग्ने जो कोहीलाई अब कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ । उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा हुने ठगी जुनसुकै प्रकारको होस्, अब कारबाहीको दायरामा आउँछ, सरकारले कुनै हालमा छोड्दैन ।”
‘प्लास्टिकजन्य फोहोर प्रमुख चुनौती’
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानप्रदत्त स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्न सबैसँग आग्रह गर्नुभएको छ। प्लास्टिकजन्य फोहोर वर्तमान समयको प्रमुख वातावरणीय चुनौती बनेको बताउँदै उहाँले विकासलाई वातावरणमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
जातजाति र मातृभाषा बढे, धर्म यथावत्
राष्ट्रिय जनगणना २०७८ को परिणामले नेपालमा जातजाति, मातृभाषा र धर्मको सङ्ख्या क्रमशः १४२, १२४ र १० कायम गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको परिणाम अनुसार २०६८ सालको जनगणनाको तुलनामा पछिल्लो जनगणनामा जातजाति र मातृभाषाको सङ्ख्या वृद्धि भए पनि धर्मको सङ्ख्या यथावत् रहेको देखिएको छ।
स्तरीकृत परीक्षा प्रणाली लागु : गेसपेपर र गाइडका दिन गए
गाइड, गेसपेपर, ओल्ड इज गोल्ड वा बजारमा पाइने सहयोगी सामग्रीबाट परीक्षाको तयारी गर्ने सोच राखेका स्कुले विद्यार्थीले अब चाहिँ धोका पाउने छन् । कक्षा ८, १० र १२ का विद्यार्थीले यस्ता सामग्री खरिदमा खर्च नगर्दा हुन्छ । राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षा प्रणाली अवलम्बन गरेको छ । यो प्रणालीका कारण वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म सोधिने छैन । हाल परीक्षामा बर्सेनि जस्तो प्रश्न दोहोरिने गरेका छन् ।
राष्ट्रिय परिचयपत्रको काम अस्थायी रूपमा सुचारु
केही दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी काम अस्थायी रूपमा पुनः सुरु भएको छ । देशभरि नै बिहीबारदेखि अवरोध रहेको राष्ट्रिय परिचयपत्रसम्बन्धी काम आइतबारदेखि पुनः सुरु भएको राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागले जनाएको छ ।
नागरिकता पाउन केही समय कुर्नुपर्ने
सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आइतबार ऐनलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यो आदेशसँगै लाखौँले नागरिकता पाउन केही समय कुर्नुपर्ने भएको छ ।
रामजी राम अब दर्तावाल डाक्टर !
रौतहट गढिमाई नगरपालिका–९ का रामजी रामको विद्यालयमा अध्ययन गर्दा ठुलो सपना थिएन । भारतको पन्जाबमा गएर धान या उखु काट्ने काम गर्ने र आमाबुबालाई राम्रोसँग पाल्ने मात्र उहाँको लक्ष्य थियो । समाजका सबै मानिस जागिरका लागि पन्जाब जान्थे, धान काट्थे र पैसा कमाएर ल्या
बाढी जोखिम क्षेत्रमा पूर्वतयारीको अभ्यास
मनसुन आगमनसँगै जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीको आयोजना जल उत्पन्न विपद् पूर्वतयारी तथा प्रतिकार्य कृत्रिम नमुना अभ्यास गरिएको छ । कोशी नदीमा शनिबार सो अभ्यास गरिएको हो ।
पुरातात्विक क्षेत्रहरुको उत्खनन गर्न स्थानीय सरकार तयार
लुम्बिनी क्षेत्रको विकासका लागि स्थानीय तह सरकारहरुले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । बृहत लुम्बिनी क्षेत्रमा बुद्धस्थलहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सहकार्य गर्नेगरी भएको छलफलमा सो प्रतिवद्धता जनाएका हुन् ।
विभिन्न बहानामा जातीय विभेद कायमै
बिभिन्न बहानामा जातीय विभेद कायमै रहेको दलित अगुवा तथा राजनीतिक दलका नेताहरुले त्यसको अन्त्य गर्नुपर्ने धारणा राख्नुभएको छ । नेकपा माओवादी केन्द्र पाल्पाका अध्यक्ष राजेन्द्र विकले विभेद निकै आश्चर्य, चिन्ता र अनुसन्धानको विषय रहेको बताउनुभयो ।
जातीय भेदभाव गर्नेलाई कारवाही गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले जातीय भेदभाव तथा छुवाछूत गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १७ वर्ष पूरा भएको अवसरमा आइतबार विज्ञप्ति जारी गरी दलितहरुको न्याय र समानताको अधिकार सुनिश्चित्ताका लागि कारबाहीको दायरामा ल्याउन आग्रह गरेको हो ।
मकवानपुरको चार पालिकामा विद्यालय बन्द
मकवानपुरको हेटौँडा उपमहानगरपालिका सहित चार पालिकाले अत्यधिक गर्मीको कारण देखाउँदै विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । हेटौँडा उपमहानगरपालिका सहित बकैया गाउँपालिका, मनहरी र मकवानपुरगढी गाउँपालिकाले गर्मीका कारण विद्यार्थीमा स्वास्थ्य समस्या आएको भन्दै पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन् ।
योजना माग्न मन्त्रालय चाहार्दै अध्यक्ष कार्की
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्की योजना माग गर्न मन्त्रालयहरु चाहार्दै आउनुभएको छ । अध्यक्ष कार्कीले आफ्नो पालिकाका लागि आवश्यक योजनाहरुको माग राख्दै कोशी प्रदेशका मन्त्रालयहरु चाहार्नुभएको हो ।