दाङमा विषालु च्याउ खाँदा दुई बिरामी
दाङमा विषालु च्याउ खाँदा दुई जना बिरामी परेका छन् । जङ्गलबाट खोजेर ल्याएको विषालु च्याउ खाँदा गढवा गाउँपालिका–५ धर्मापुरमा एकै परिवारका दुई जना बिरामी पर्नुभएको हो ।
आज पश्चिमका कमैया र मधेशका हरवाचरवा मुक्ति दिवस
आज पश्चिम तराईका कमैया र मधेशका हरवाचरवा मुक्ति दिवस । आजैका दिन विसं २०५७ साउन २ गते पश्चिम तराईका कमैया र विसं २०७९ साउन २ गते मधेशका हरवाचरवा मुक्तिको घोषणा गरिएको थियो ।
बाँकेमा ट्राफिक जरिवाना अनलाइनमार्फत
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले साउन १ गतेबाटै लागू हुनेगरी ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमबाट राजश्व सङ्कलन सुरु गरेपछि अनलाइनमार्फत सिधै बैङ्कमा रकम जम्मा गर्न थालिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारबाट प्रत्यक्ष प्रसारण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसँगिनी सीता दाहालको निधन भएको आज सातौं दिनमा प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
‘अमेरिकासँग वार्ता हुँदैन’– उत्तर कोरिया
उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले संयुक्त राज्य अमेरिकासँग वार्ता नहुने बताएकी छन् । शक्तिशाली एवम् प्रभावशाली व्यक्तित्व उनी वार्ताको विचारलाई दिवास्वप्न भन्छिन् ।
एक वर्षपछि कांग्रेस बैठक आज बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक वर्षपछि मङ्गलबार बस्दै छ। कांग्रेसको विधान अनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक एक वर्षपछि बस्न लागेको हो। यसअघि २०७९ साउन २ गते बैठक बसेको थियो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा मुख्यतः १० वटा मुद्दामा छलफल हुने बताउनुभयो। सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको हो।
सत्तरी प्रतिशत फैसलामा अख्तियार असहमत
भ्रष्टाचारसम्बन्धी कसुरमा विशेष अदालत काठमाडौँबाट भएका फैसलामध्ये ७० प्रतिशत फैसलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग असहमत देखिएको छ। आफूले दायर गरेका मुद्दामा विशेषले गरेको फैसलामा चित्त नबुझेपछि सर्वोच्च अदालतमा आयोगले दिएको पुनरावेदनसम्बन्धी तथ्याङ्कले यस्तो देखाएको हो।
काँग्रेस नेता निधिले नेता कार्कीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयाे
नेपाली काँग्रेसका पूर्व उपसभापति विमलचन्द्र निधिले नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका काँग्रेस नेता डा. राजाराम कार्कीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
पचास लाख पशुलाई खोप
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले पशुमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सात वटै प्रदेशमा टोली परिचालन गरिएको बताउनुभएको छ । सङ्क्रमित पशुको उपचार र निरोगी पशुलाई सङ्क्रमणबाट बचाउन खोप लगाउने अभियान चलाउने तयारी रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
बिम्स्टेक विदेशमन्त्रीस्तरीय रिट्रिट बैठक, आपसी सहयोग वृद्धिबारे छलफल
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का सदस्य राष्ट्रले क्षेत्रीय विकास र समृद्धिका लागि आपसी सहयोग र सहकार्यको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन्। थाइल्यान्डमा सम्पन्न बिम्स्टेकका विदेशमन्त्रीस्तरीय ‘रिट्रिट’ बैठकमा आपसी सहयोग सुदृढ पार्ने उपायबारे गम्भीर छलफल भएको छ।
बागमती प्रदेशमा भाडा समायोजन ढिलाइ
पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीकासाधनको भाडा समायोजनमा ढिलाइ हुने भएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा दर सोमबारदेखि लागु हुने गरी घटाइसकेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन प्रक्रियामा रहेको जानकारी दिनुभयो।
वैदेशिक अध्ययनमा एक लाख १० हजार
वैदेशिक शिक्षाका लागि एक लाख नौ हजार ८३६ वटा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा त्यतिका एनओसी जारी भएको हो । यो सङ्ख्या हालसम्मकै धेरै हो । वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत आर्थिक वर्षमा उच्च शिक्षाका लागि ७१ वटा मुलुकमा नेपाली विद्यार्थीले एनओसी लिएका थिए । गत वर्ष एनओसीका लागि निवेदन दिएकामध्ये १२ हजार १७५ वटा निवेदन रद्द भएका थिए ।
एकाउन्न दल आयोगको कारबाहीमा, ३९ लाई जरिबाना र १२ लाई सचेत
निर्वाचन आयोगले कानुनबमोजिम आर्थिक व्यवस्थापन पारदर्शी नगर्ने र आयोगको निर्देशन अवज्ञा गर्ने राजनीतिक दललाई कारबाही गरेको छ। आयोगको कारबाहीमा पर्नेमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीसमेत छन्। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार आयोग पदाधिकारीको सोमबार बसेको बैठकले कारबाहीको निर्णय गरेको हो। बैठकले लेखापरीक्षण प्रतिवेदन पेस गरे पनि सार्वजनिक नगरेको तथा आयोगको निर्देशन पालना नगरेका ३९ राजनीतिक दललाई जरिबाना र १२ दललाई सचेत गराएको छ।
रोजगारीका लागि पौने आठ लाख विदेशिए
आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात लाख ७१ हजार ३२८ जना श्रमस्वीकृति लिएर विदेश गएका छन् । वैदेशिक रोजगारीका लागि आर्थिक वर्ष २०७८/७९ मा छ लाख ३० हजारले श्रमस्वीकृति लिएका थिए ।
उपत्यकाभित्रका नदी करिडोरका बस्ती व्यवस्थापनमा गृह मन्त्रालयको पहल
गृह मन्त्रालयले काठमाडौँ उपत्यकाभित्रका नदी करिडोरमा रहेका बस्ती र सोबाट उत्पन्न समस्या समाधानका लागि समन्वयात्मक पहल थालेको छ ।
शिव मन्दिरमा दर्शनार्थीको भीड
साउन महिनाको सोमबार सुरु भएसँगै सर्लाहीका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ । साउन महिनाको पहिलो सोमबार जिल्लाभरिका शिव मन्दिरमा दिनभर दर्शनार्थीको घुइँचो लागेको छ ।
उच्च अदालतबाट लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट
उच्च अदालत पाटन, हेटौँडा इजलासले गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत पाटन, हेटौँडा इजलासको गत आवको लक्ष्यकाआधारमा १११.७५ प्रतिशत मुद्दा फर्छ्यौट भएको जनाएको छ ।
पूर्व गोरखा सैनिकको हकको मुद्दा निष्कर्षमा पुर्याउन सरकार सकारात्मक छ : मन्त्री बस्नेत
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले पूर्व गोरखा सैनिकको हक अधिकारका विषयमा उठेका मुद्धाका बारेमा द्विपक्षीय छलफल भइरहेको बताउँदै यसलाई ठोस निष्कर्षमा पुर्याउन सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
कांग्रेसका दश एजेण्डा : बैठकको प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव
नेपाली कांग्रेसको सोमबार बसेको पूर्व पदाधिकारी तथा पदाधिकारीको बैठकले केन्द्रीय कार्य समितिको बैठकका लागि दश एजेण्डा तय गरेको छ ।
काठमाडौंमा सवारी साधन पार्किङ शुल्क निर्धारण
काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ । काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपियाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपियाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिनुभएको हो ।
सेनाद्वारा वृद्धाश्रमलाई १६ दराज सहयोग
इलामको माइखोला टापुस्थित माई भगवती वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई नेपाली सेनाले काठको दराज उपलब्ध गराएको छ ।
उपमहानगरपालिकाका स्वास्थ्यकर्मी आन्दोलित
धनगढी उपमहानगरपालिकामा कार्यरत ३५ जना स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षबाट उपमहानगरपालिकाले हाजिर गर्न नदिएपछि उनीहरू आन्दोलित भएका हुन् ।
नेप्से परिसूचकमा उच्च अङ्कले वृद्धि
नयाँ आर्थिक वर्ष सुरु भएकै दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४७ दशमलव शून्य सात अङ्कले उकालो लागेर दुई हजार एक सय ४४ दशमलव १६ मा पुगेको हो ।
किसानको उत्पादन, सहकारीको बजारीकरण
विसं २०६४ मा गलकोट सदरमुकामको हटिया बजारस्थित शिवालयको चौरबाट सुरु भएको गौमुखी कृषि विकास सहकारी अहिले गलकोटकै अब्बल सहकारीमा गनिन्छ ।