अन्नपूर्ण गाउँपालिकालाई बालमैत्री शानयुक्त पालिका घोषणा गर्ने
हिमाली जिल्ला म्याग्दीको उत्तरी भेगमा पर्ने अन्नपूर्ण गाउँपालिकाले आगामी २०८२ चैत मसान्त सम्ममा बालमैत्री गाउँपालिकाको रूपमा घोषणा गर्ने प्रतिबद्धता जनाएको छ ।
गाउँमा पुग्यो बिजुली, स्थानीय खुसी
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको जगनाथ गाउँपालिकामा बिजुली आएपछि यहाँका स्थानीयमा खुसी छाएको छ । २०७९ असोज १९ देखि २५ गतेसम्म आएको अविरल वर्षाका कारण सो पालिकामा रहेको भुवाँखोला जलविद्युतको नहर भत्किँदा यहाँका स्थानीयलाई सात महिना देखि अँध्यारोमा बस्न बाध्य थिए ।
लुम्बिनी र कपिलवस्तु अखण्ड भारतको नक्सामा समेटिनु आपत्तिजनक
छिमेकी मुलुक भारतको हालै नयाँ संसद्को उद्घाटन भयो । संसद् भवनमा अखण्ड भारतको नक्सा राखिएको छ । नेपालको कपिलवस्तु र लुम्बिनीसमेत समेटिएको सो नक्सा यतिबेला विवादित छ । अखण्ड भारत नामक सो नक्सामा राखिएको नेपाली भूगोलको सही पहिचान गरेर यसको कूटनीतिक पहल लिनुपर्ने विज्ञहरू बताउँछन् ।
प्रधानमन्त्री प्रचण्डबाट आज उद्घाटन
सुदूरपश्चिम प्रदेशको चर्चित धार्मिक, आध्यात्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा तीनदिने आध्यात्मिक सम्मेलनको तयारी पूरा भएको छ। मङ्गलबार बिहानबाट सो सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार बिहान खप्तड आउने कार्यक्रम रहेको छ। सो कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्वप्रधानमन्त्री, लोकप्रिय योगगुरु बाबा रामदेव र पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णलगायतको उपस्थिति हुने बताइएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्य
निर्वाचन कार्यालय खारेज नगर्न ध्यानाकर्षण
बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालयहरूको खारेजी गर्ने व्यवस्थाबारे निर्वाचन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगसँग सम्बन्धित विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार निर्वाचन आयोग पुग्नुभएको थियो । कार्यालय खारेजीसम्बन्धी प्रस्तावबारे प्रधानमन्त्री र अर्थमन्त्रीसँग समेत छलफल गर्ने आयोगले जनाएको छ ।
बढी धुवाँ फाल्ने सवारी– साधन विस्थापित गरिने
वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले पुराना तथा बढी धुवाँ फाल्ने सवारीसाधन विस्थापित गर्न र युरो–३ मापदण्डभन्दा माथिका सवारी आयात हुने गरी प्रतिवेदन तयार गर्न निर्देशन दिनुभएको छ ।
प्लास्टिकका कारण जनस्वास्थ्यमा गम्भीर असर
थानकोटकी गोमा लामा सोमबार बिहान तरकारी किन्न बजार पुग्नुभयो। उहाँले दैनिक किन्ने गरेका दुध, पाउरोटी, फलफूल पनि किनमेल गर्नुभयो। फर्कंदा प्लास्टिकका झोलाका पोका हातभरि देखेपछि जिज्ञासा राख्दा उहाँले भन्नुभयो, “घरबाट झोला बोक्ने झन्झट गर्नुपर्दैन। पसलेले प्लास्टिकको झोला दिइहाल्छ, सामान बोक्न पनि सजिलो हुन्छ।”
मेलम्चीमा जोखिम कायमै
मेलम्ची क्षेत्रमा बाढीपहिरोबाट हुन सक्ने क्षतिको सम्भावना यस वर्ष पनि कायमै छ । भीषण वर्षाका कारण मेलम्ची खोलामा आएको बाढीपहिरोले सो क्षेत्रमा क्षति पु-याएको दुई वर्ष पुग्न लाग्दा पनि सो क्षेत्रमा बाढीपहिरोको रोकथाम तथा सोबाट हुन सक्ने जिउधनको क्षति रोक्न कुनै उपाय अपनाइएको पाइएको छैन । दुई वर्षअघि २०७८ असार १ र साउन १६ गते मेलम्ची खोलामा आएको बाढीले सो क्षेत्रमा ठुलो जनधनको क्षति पु¥याएको थियो ।
विश्व वातावरण दिवसमा सचेतना कार्यक्रम
‘‘प्लाष्टिक प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’’ मूल नाराकासाथ सप्तरीमा विश्व वातावरण दिवसको अवसरमा सचेतना कार्यक्रम गरिएको छ ।
दुर्व्यसनी रोक्न किटको प्रयोग
जिल्ला प्रहरी कार्यालय कालीकोटले लागुऔषध प्रयोगकर्ताको पहिचानका लागि किट प्रयोगमा ल्याएको छ । मान्मबजारमा लागुऔषध दुर्व्यसनी बढिरहेको आशङ्का प्रहरीले गरेपछि केही शङ्कास्पद युवाको परीक्षण गर्न दुई वटा कम्पनीको किट प्रयोग गरिरहेको छ ।
महादेवामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु
सप्तरीको महादेवा गाउँपालिका –१ को चिम्टिमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ । वडा १ को चिम्टि टोलमा रहेको चन्द्र नहरको पैनीको मर्मत सम्भारको साथै पकरी स्वास्थ्य चौकीको प्राङ्गणको सरसफाइ, बाटोमा माटो पुर्ने तथा मर्मत लगायतको काम सुरुभएको हो ।
सुरक्षित आवासका ८५६ लाभग्राही छनौट
मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ अन्तर्गत पर्ने पालिकाहरूका सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत लाभग्राहीहरू छनौट गरिएको छ ।
बाढीले बगाउँदा महिलाको मृत्यु
हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका –६ पाखापानीको कालावाङकी एक महिलालाई बाढीले बगाउँदा उहाँको मृत्यु भएको छ ।
ब्राउन सुगरसहित तीन पक्राउ
इलामको सूर्योदय नगरपालिका –८ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरिएको छ ।
फस्टाउन सकेन माछापालन व्यवसाय
धनकुटामा स्थानीय स्तरमा उत्पादित माछाको बजारमा प्रशस्त माग छ । खोलाको बगर आसपास अन्य बाली नलाग्ने ठाउँमा पोखरी बनाएर माछापालन गरिएको छ ।
बेपत्ताको खोजी गर्न सुनकोसीको पानी कटाइँदै
चार दिनअघि सुनकोसी नदीमा जिप खस्दा बेपत्ता भएका सीटीइभीटीका तीन कर्मचारीको खोजबिनको लागि सुनकोसी नदीको बहावलाई घटाउन मेसिन लगाएर अर्कोतर्फ पानी कटाउन थालिएको छ ।
कालोपत्रे गुणस्तरहीन भएको स्थानीयको आरोप
कैलालीको सुर्मीनाला–बढैपुर सडकमा गरिएको कालोपत्रे गुणस्तरहीन रहेको स्थानीयले आरोप लगाएका छन् । हालै गरिएको कालोपत्रे पाँच दिनभित्रै उप्किन थालेपछि स्थानीयले गुणस्तरहीन काम भएको बताएका हुन् ।
व्यवसायीको रोजाइमा नेपाली प्लाइउड
बाँकेको जानकी गाउँपालिका –३ इन्द्रपुरमा रहेको मिडलाज ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी रिहान मियालाई एक वर्ष अघिसम्म उत्पादित प्लाइउड विक्री नभएर दैनिक हैरानी थियो ।
मधेश प्रदेशमा वातावरण संरक्षण निर्माण गर्न माग
विश्व वातावरण दिवसको अवसर पारेर आईयुसीएन–वर्ल्ड कमिसन अन इन्भाइरोमेन्टल ल नेपाल (डब्लूसीइएल) ले मधेश प्रदेशमा वातावरण संरक्षण ऐन निर्माणको माग गरेको छ ।
पानी नपर्दा धानको बीउ राख्न समस्या
पूर्वी नवलपरासीका किसानले लामो सममयसम्म पानी नपर्दा धानको बीउ राख्न नपाएर किसान चिन्तित भएका छन् । जेठको तेस्रो साता सकिँदा समेत बीउ राख्न नपाएपछि किसान चिन्तित बनेका हुन् ।
गर्मी बढेपछि नेपालगन्जका विद्यालयमा बिदा लम्बियो
गर्मी झन् बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका विद्यालयमा दिएको विदा तीन दिन थप गरेको छ । यसअघि जेठ २१ गतेदेखि २३ गतेसम्म गर्मी विदा दिइएकोमा जेठ २६ गते शुक्रबारसम्म विदा थपिएको उपमहानगरको शिक्षा महाशाखाले जनाएको हो ।
स्वच्छ वातावरणका लागि विद्यालय परिसरमा वृक्षारोपण
काठमाडौं महानगरपालिका –१३ ताहाचलस्थित जनप्रभात माध्यमिक विद्यालय परिसरमा सोमबार ‘प्लास्टिक प्रदूषण विरुद्ध लागौँ’ मूल नाराका साथ वृक्षारोपण गरिएको छ । वायु प्रदुषण व्यवस्थापन नागरिक सञ्जाल काठमाडौंको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा जडीबुटी तथा फलफुलका १०८ बोट रोपिएको छ ।
वातावरणमैत्री घरमा रमाउँदै दम्पती
बढ्दो जनघनत्व र फैलँदो सहरीकरणले मौलिकता गुमाउँदै गएको सहरोन्मुख बर्दिबासको एउटा घर अहिले चर्चा र आकर्षणको केन्द्र बनेको छ ।
नेप्सेमा दोहोरो अङ्कको गिरावट
यो साता कारोबारको पहिलो दिन आइतबार ५० अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन आज (सोमबार) भने दोहोरो अङ्कको गिरावट देखिएको छ ।