कर्मचारी झुण्डिएको अवस्थामा फेला
पूर्वाधार विकास कार्यालयको सुपरभाइजरमा कार्यरत एक जना कर्मचारी अछामको चौरपाटीमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । चौरपाटी गाउँपालिका –५ लुंग्रा निवासी ३५ वर्षीय समशेर खड्का चौरपाटी गाउँपालिका –३ को चिरकाट्यामा मृत अवस्थामा भेटिनुभएको हो ।
परिचयपत्रको आधारमा नागरिकलाई निःशुल्क उपचार गर्न सरकारको आग्रह
सरकारले स्थानीय तहलाई परिचयपत्रका आधारमा १० प्रतिशत शैय्या छुट्याएर विपन्न बिरामीको निःशुल्क उपचार गर्न आग्रह गरेको छ।
दुर्घटना रोक्न सडकमै सवारी साधनको परीक्षण
सवारी दुर्घटना कम गर्नका लागि गुल्मीमा सडकमै सवारी साधनको जाँच र चालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ ।
कर्णाली वारपार गर्न तुइनकै भर
राष्ट्रिय सडक सञ्जाल नजोडिएको माथिल्लो हुम्ला आउजाउ गर्न पैदल यात्रुहरूलाई अहिले पनि तुइनकै भरमा कर्णाली नदी वारपार गर्नुपर्ने बाध्यता छ।
योजना आयोगले पायो पूर्णता : सदस्यहरूको जिम्मेवारी बाँडफाँड
राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगका नवनियुक्त सदस्य अनिता शाह ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिएसँगै आयोगले पूर्णता पाएको हो ।
अवैध काठसहित टिप्पर नियन्त्रणमा
कपिलवस्तुको विजयनगर गाउँपालिका –१ सिमरीचापामा अवैध काठसहित टिप्पर पक्राउ परेको छ । सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गणेशपुरको सादा पोसाकमा खटिएका प्रहरी टोलीले टिप्पर नियन्त्रणमा लिएको हो ।
स्वतन्त्रता नै मानव अधिकारको सुन्दर पक्ष हो : सभामुख मण्डल
मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले स्वतन्त्रता नै मानव अधिकारको सुन्दर पक्ष रहेको भन्दै मानवअधिकारप्रति हामी सबै गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा ६ जनालाई गैर आवासीय राजदूतमा नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले ६ जना आवासीय राजदूतहरूलाई गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले उहाँहरूलाई आज सो पदमा नियुक्त गर्नुभएको हो ।
भारतले किन गर्यो मुर्रा राँगा उपलब्ध गराउने प्रतिबद्धता
नेपाल र छिमेकी मुलुक भारतबीच नेपाललाई १५ वटा मुर्रा राँगा उपलब्ध गराउने सम्झौता भएपछि अहिले नेपालमा त्यसको चर्चा सुरुभएको छ ।
राष्ट्रिय सभा बैठकमा पनि प्रतिपक्षी दलको अवरोध
नेकपा (एमाले) ले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको विरोधमा राष्ट्रिय सभाको आजको बैठक अवरुद्ध पारेको छ ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले सुदूरपश्चिममा पलाएको आशा
विगतमा प्रधानमन्त्रीस्तरको भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनाले मात्र चर्चा पाउने गरेको थियो । यसपालि भने प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को भारत भ्रमणका क्रममा कञ्चनपुरको दोधारा चाँदनीमा डेढ दशकअघि प्रस्ताव भएको सुक्खा बन्दरगाह भारतले आगामी तीन वर्षमा बनाइदिने सहमतिपत्र (ओएमयू) मा हस्ताक्षर भएको छ ।
'सीटीईभीटी'का बेपत्ता कर्मचारीको खोजी तीव्र
सिन्धुलीको गोलन्जोर गाउँपालिका –७ लौकुनमा दुई दिनअघि सुनकोसी नदीमा जीप खस्दा बेपत्ता भएका सीटीइभीटीका तीन कर्मचारीको खोजी कार्य जारी छ ।
राप्ती नदीमा कृत्रिम उद्धार अभ्यास
वर्षाको मौसम नजिकिँदै गर्दा बाँके जिल्लामा बाढी र डुबान विरुद्ध आवश्यक तयारी तीव्र गतिमा भइरहेको छ ।
पर्यटकीय गन्तव्य बन्दै रुइसे-भेडीओढार (फाेटाे फिचर)
म्याग्दीको रघुगंगा गाउँपालिका २ मा पर्ने रुइसे-भेडीओढार पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । पर्यटन पूर्वाधार निर्माण भएसँगै पछिल्लो समय यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको हो ।
थुनछेक बहसका लागि रायमाझी र खाण जिल्ला अदालतमा
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहसका लागि आरोपीहरूलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
चालीस वर्षपछि नारायणी लिफ्टको मोटर फेरियो
पश्चिम चितवनमा सिचाइ गर्न नारायणी नदीको पानी तान्न बनाएको मोटर चालिस वर्षपछि फेरिएको छ ।
तराईमा चल्न थाल्यो तातो हावा
सोमबारयता बढेको उच्च तापक्रमका कारण तराईमा तातो हावा (लू) चल्न थालेको छ। यसले गर्दा शिक्षण संस्था धमाधम बन्द हुन थालेका छन् भने जनजीवन निकै प्रभावित हुन पुगेको छ। जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार देशका अधिकांश भागमा तापक्रम बढ्ने क्रम साताभर जारी रहने सम्भावना छ। पूर्व र पश्चिम तराईको तुलनामा मध्य तराईमा लू अझै साताभर रहने अनुमान गरिएको छ। मध्य तराई छोएको सप्तरीदेखि भैरहवासम्मको भूभागमा लूको प्रभाव अत्यधिक छ। मौसमविद् गोविन्द झाले यी क्षेत्रमा बढ्दो क्रममा रहेको तापक्रम ४३ डिग्री सेल्सियस हुँदै उच्चतर्फ अग्रसर रहेको बताउनुभयो। मध्य क्षेत्रका १६ भन्दा बढी जिल्लामा लू चलेको छ।
‘हिमाली क्षेत्रको संरक्षण आवश्यक’
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी, मानव र प्राणी जगत्को भविष्य सुरक्षित गर्न हिमाल र हिमाली क्षेत्रको संरक्षण आवश्यक रहेको बताउनुभएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७० औँ वर्ष पुगेको सन्दर्भमा पहिलो सगरमाथा आरोहीद्वय सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाका परिवारजनसहित हिमालयन ट्रस्ट युकेका पदाधिकारीसँग शनिबार शीतल निवासमा भएको भेटमा उहाँले सो धारणा राख्नुभएको हो ।
५२ दलले गरेनन् लेखा परीक्षण सार्वजनिक
निर्वाचन आयोगले तोकेको अवधिभित्र ३० राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेका छन्। कुल ८२ दलले विवरण सार्वजनिक गर्नुपर्ने थियो। आयोगले लेखा परीक्षण प्रतिवेदन सात दिनभित्र सार्वजनिक गर्न र त्यसको सात दिनभित्र सो सम्बन्धमा जानकारी गराउन वैशाख २८ गते राजनीतिक दललाई निर्देशन दिएको थियो। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार निर्देशनबमोजिम ३० दलले मात्रै लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको जानकारी आयोगलाई पठाएको छ।
ऊर्जा व्यापार र आर्थिक समुन्नतिमा कोसेढुङ्गा
पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणले उच्चस्तरीय राजनीतिक नेतृत्वमा आपसी विश्वास निर्माण, ऊर्जा व्यापार र आर्थिक समुन्नतिका दृष्टिले अभूतपूर्व भएको प्रतिक्रिया दिनुभएको छ।
नागरिकता विधेयक प्रमाणीकरणबाट संविधानको संरक्षण : कांग्रेस
नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसद् र संविधानको सम्मान तथा संरक्षण गर्नुभएको जनाएको छ ।
टेलिकमलाई गुणस्तर र सेवा वृद्धिमा केन्द्रित हुन मन्त्री शर्माको आग्रह
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमलाई टेलिकमलाई गुणस्तर र सेवा वृद्धिमा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।
भारत भ्रमण सफल र परिणाममुखी : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको बताउनुभएको छ।
रुखबाट लडेर एकको मृत्यु
बाजुरामा आज बिहान रुखबाट लडेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका –७ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामी रहनुभएको छ ।