जातीय छुवाछूतविरुद्धको कानुन छ, कार्यान्वयन छैन
जातीय छुवाछुतका लागि नेपालमा पर्याप्त र उपयुक्त कानुन भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा छुवाछुत अन्त्यको १७ वर्ष पुग्दा पनि छुवाछूत कायमै रहेको भन्दै चिन्ता गरिएको छ ।
गुल्मी स्थानीय तहलाई चार अर्ब ५३ करोड बजेट
सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि गुल्मीका १२ स्थानीय तहलाई चार अर्ब ५३ करोडभन्दा बढी रकम विनियोजन गरेको छ ।
संस्थानका सञ्चालकद्वयको स्वागत : समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता
गोरखापत्र संस्थानको सञ्चालक सदस्य पदमा नियुक्त हुनुभएका स्याङ्जा सिर्सेकोट –७ का नन्दलाल तिवारी र अर्घाखाँची पाणिनी–७ का लेखनाथ न्यौपानेलाई बिहीबार संस्थानमा स्वागत गरिएको छ ।
यस वर्ष मनसुन ढिलागरी नेपाल भित्रिने, गर्मी अझै बढ्ने
केही दिन यता काठमाडौं उपत्यकालगायत देशभरको तापक्रम वृद्धि हुँदैगएको छ । यस बर्ष मनसुन केही ढिलागरी नेपाल प्रवेश गर्ने भएकाले गर्मी अझै बढ्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्रियुगा नगरपालिकाद्वारा प्रगति विवरण सार्वजनिक
उदयापुरको त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेतले अपर्याप्त बजेटका कारण स्थानीय तहका जनताको आवश्यकताअनुसार विकास निर्माणका योजनाहरू सञ्चालन गरी काम गर्न नसकिएको बताउनुभएको छ ।
नेपालगञ्ज एकीकृत जाँचचौकी सञ्चालनमा आयो
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँस्थित नेपाल भारत नाकामा निर्माण गरिएको बहुप्रतिक्षित एकीकृत जाँचचौकी (आइसीपी) को संयुक्त रूपमा बिहीबार उद्घाटन गर्नुभएको छ ।
सकियो धुलेको मूलबिधि
लामो समयदेखि चल्दैआएको मान्यता रहेको मंगला गाउँपालिका –३ र ४ मा मनाइने मगर समुदायको मुख्य चाड धुलेको तीन दिने औपचारीक बिधि सकिएको छ । म्याग्दीमा मानिदैआएको मध्ये पुरानो पर्व धुलेको यसवर्ष अन्तिम दिन बिहीबार सकिएको हो ।
गल्छी-रसुवागढी अन्तर्राष्ट्रिय राजमार्ग : मुआब्जा समस्या समाधान
‘गल्छी–रसुवागढी’ सडक योजना अन्तर्गत विस्तार भइरहेको सडकको मुख्य अवरोधको रूपमा रहेको नुवाकोटको विदुरस्थित बजार क्षेत्रको मुआब्जा समस्या समाधान भएको छ ।
गर्मी बढेपछि खजुराका विद्यालय बन्द
बाँकेमा अत्यधिक गर्मी बढेपछि खजुरा गाउँपालिका भित्रका सबै विद्यालयहरू तीन दिनका लागि बन्द गरिएको छ । बाँकेमा केही दिनयता तातो हावा लु चलेर अत्यधिक गर्मी बढ्दै गएपछि खजुरा गाउँपालिकाले सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।
मिटरब्याजीविरुद्ध दुई सयभन्दा बढी उजुरी
कैलालीबाट दुई सय ४४ जना मिटरब्याज पीडितले उजुरी दिएका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरूले आयोगमा मिटरब्याजीविरुद्ध उजुरी दिएका हुन् ।
फुकोट कर्णाली निर्माणका लागि विद्युत उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता
नेपाल सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीकोसमेत लगानीमा निर्माण हुने भएको छ ।
न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्यास
नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्त्वपूर्ण मानिएको ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’को शिलान्यास गरिएको छ ।
ज्ञानकुञ्ज रोड रेस प्रतियोगिता हुने
काभ्रेपलाञ्चोकको बनेपामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले एसइई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै नेपालमा नै पहिलो पटक ‘स्कुल टु ओलम्पिक’ नाराका साथ तेस्रो ज्ञानकुञ्ज रोड रेस २०८० आयोजना गर्ने भएको छ ।
अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर
अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत निगमले नै तल्लो अरुण जलविद्युत आयोजना पनि निर्माण गर्ने भएको छ ।
गोदाममा आगलागी हुँदा लाखौँको क्षति
दाङको घोराहीमा रहेको एक इलेकट्रोनिक पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।
कोलीय गणराज्यको दरबार क्षेत्रको उत्खनन्
बुद्ध मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहमा उत्खनन् सुरु भएको छ । बुधबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले संयुक्त रूपमा उत्खननको शुभारम्भ गर्नुभयो ।
किशोरले गरे प्रेमिका र काकाको हत्या
कपिलवस्तुको बाणगंगा नगरपालिका –६ मटरियामा प्रेमिकासँग खटपट परेपछि एक युवाले आफ्नै प्रेमिका र काकाको चक्कु प्रहार गरी हत्या गरेका छन् ।
सुदूरपश्चिमको आठ जिल्ला सङ्क्रमित मुक्त
सुदूरपश्चिम प्रदेशको आठ जिल्ला सक्रिय कोरोना सङ्क्रमित मुक्त भएको छ । कैलालीसहित पहाडी सबै जिल्ला सक्रिय सङ्क्रमितमुक्त भएको हो ।
नेपाल–भारतका प्रतिनिधिमण्डलबीच वार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको छ ।
नदी कटान नियन्त्रण गर्न माग
लुम्बिनी प्रदेश सरकारले ल्याउने आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नदी कटान नियन्त्रणलाई प्राथमिकता दिन माग गरिएको छ ।
विष सेवनबाट १८ महिने बालकको मृत्यु
मकवानपुरको हेटौँडा उपमहानगरपालिका -१५ स्थित जाँतेकी महिलाले आफूसहित दुई सन्तानलाई विष खुवाउँदा दुधे बालकको मृत्यु भएको छ । सोनी पाख्रिनले आफ्नो दुई सन्तानलाई विष पिलाएर आफूले पनि विष पिउनुभएको हो ।
महोत्तरीमा लम्पी स्किनको प्रकोप
महोत्तरीमा केही समयदेखि चौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग तीव्र गतिमा फैलिएको छ । सुरुमा बर्दिबास नगरपालिकामा देखिएको यो रोगबाट अहिले समसी, पिपरा, मटिहानी, औरही, बलवासहित सात पालिकाका करिब तीन हजार गाईगोरु प्रभावित भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री माेदीबीच भेटवार्ता सुरु
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको छ । सो जानकारी प्रधानमन्त्रीकाे निजी सचिवालयले दिएको हो ।
मिटरब्याजीविरुद्ध दुई हजार उजुरी
सर्लाहीमा विभिन्न मिटरब्याजीविरुद्ध एक हजार ९२० वटा उजुरी परेका छन्। मिटरब्याज अर्थात् अनुचित लेनदेन जाँचबुझ आयोगले उजुरी माग गरेदेखि जिल्ला प्रशासन कार्यालय मलङ्गवामा सो सङ्ख्यामा उजुरी परेको हो।