हेटौँडा–भरतपुर प्रसारण लाइन सञ्चालनमा
हेटौँडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ ।
ठूलो खोला जलविद्युत आयोजना निर्माण अवरुद्ध
म्याग्दीको रघुगङ्गा गाउँपालिका ८ कुइनेमङ्गलेमा निर्माणाधिन जलविद्युत आयोजनामा करिब ४५ लाख बराबरको क्षति भएको छ ।
७० वर्षमा एसईई उत्तीर्ण : अब कानुन पढ्ने रहर
पढ्न चाहनेलाई उमेरले छेक्दैन भन्ने उदाहरणीय पात्र बन्नुभएको छ– ७० वर्षकी ज्येष्ठ नागरिक सूर्यवती खनाल । खनालले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० उत्तीर्ण गर्नुभएको छ । परीक्षा उत्तीर्ण भएसँगै उहाँ खुसीले दङ्ग पनि हुनुहुन्छ ।
वैदेशिक रोजगारीमा महिला असुरक्षित हुने क्रम बढ्दो
देशको अर्थतन्त्र धानिरहेको विप्रेषणमा महिला श्रमिकको पनि ठुलै योगदान छ तर यसरी नेपालको अर्थतन्त्रमा योगदान पु-याउने महिलामाथि राज्यको विभेदकारी नीति भने कायमै छ । सरकारले वैदेशिक रोजगारीमा जाने महिलाको हकहित तथा सुरक्षाका लागि काम गर्नेभन्दा पनि गन्तव्य मुलुकमा प्रतिबन्ध लगाउँदा महिला श्रमिक थप समस्यामा पर्दै आएका छन् । संरक्षणमुखी अवधारणाका नाममा विगत सात वर्षदेखि मलेसिया र खाडी मुलुकमा घरेलु श्रमिकका रूपमा जान प्रतिबन्ध लगाउँदा यसको प्रत्यक्ष असर ठुलो सङ्ख्यामा घरेलु श्रमिकका रूपमा जाने महिला श्रमिकमाथि परेको हो ।
सामुदायिक विद्यालयको कार्यसम्पादन कमजोर
सामुदायिक विद्यालय कार्यसम्पादन नतिजामा कमजोर देखिएका छन् । शिक्षामा लगानी कम भयो भन्ने विषयमा बहस भइरहेका बेला विद्यालयमा हाल गरिएको लगानीको उपलब्धि पनि सन्तोषजनक नरहेको सरकारी अध्ययनले देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको कार्यसम्पादन परीक्षण प्रतिवेदन अनुसार अध्ययनमा समेटिएका ८२ प्रतिशत विद्यालयको उपलब्धि सामान्य मात्रै छ । केन्द्रले २०७३ सालदेखि सामुदायिक विद्यालयको कार्यसम्पादन परीक्षण सुरु गरेको थियो । केन्द्रका महानिर्देशक चन्द्रकान्त भुसालले सुरुका वर्षमा आठ वटा विद्यालयबाट सुरु गरिएको यो कार्यक्रम अन्तर्गत हालसम्म पाँच हजार ४९३ विद्यालयको कार्यसम्पादन परीक्षण सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
संसद् खुल्नेबित्तिकै मिटरब्याज विधेयक अघि बढ्ने
सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विधेयक अघि बढाउने तयारी गरेको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडित नागरिकका पक्षका कानुन निर्माण कार्य द्रुत गतिमा अघि बढाइने बताउनुभएको हो।
सहमति भएर पनि चलेन संसद्
प्रमुख दलका शीर्ष नेताबिच भएको सहमति कार्यान्वयन नभएपछि प्रतिनिधि सभाको बैठक सोमरबारसम्म स्थगित गरिएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच सदनको गतिरोध अन्त्यको ससर्त सहमति भएको थियो तर सहमतिको केही क्षणमै पुनः थप छलफलको आवश्यकता रहेको भन्दै बैठक सूचनाद्वारा स्थगित गरिएको हो। प्रधानमन्त्री प्रचण्डको आग्रहमा सोमबार अपराह्न ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो।
वीरमा बिहान ८ बजेदेखि ओपिडी
वीर अस्पतालमा बिहान ८ बजेदेखि बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन हुने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले न्याम्सको बैठकले आगामी साउन १ गतेदेखि वीर अस्पतालको ओपिडी सेवा बिहान ८ बजेदेखि गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
प्रश्नपत्र बाहिरिएपछि नतिजा स्थगित
नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षाको प्रश्नपत्र बाहिरिएको छ । नर्सिङ काउन्सिलले शनिबार लिएको परीक्षामा सिद्धार्थ वनस्थली स्कुलमा रहेको परीक्षा केन्द्रबाट तीन जना विद्यार्थीले प्रश्नपत्र खिचेर बाहिर पठाएको भन्दै सम्पूर्ण परीक्षाफल प्रकाशन हाललाई स्थगित गरिएको छ ।
सञ्चार सचिवसहित तीन जना पक्राउ
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ। ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न भएको पाइएपछि राउतलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ। प्रहरी प्रधान कार्यालयले राउत पक्राउबारे प्रधानमन्त्री कार्यालय र मुख्यसचिवलाई जानकारी गराएको छ।
झोला बोकेर घरघर छिर्यो सिंहदरबार
जनतासम्म पुग्न ठुलो काम गर्नु पर्दैन, न त धेरै ठुलो बजेट नै खर्चिनु पर्छ। पर्छ त केवल नयाँ सोच र त्यस अनुसारको कार्यान्वयनको प्रतिबद्धता। यसै सन्दर्भमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ल्याएका दुई वटा झोला अहिले गाउँलेका लागि अमूल्य उपहार बनेका छन्।
कागजात शङ्कास्पद देखिएपछि जोर्डन उड्न लागेका १५ जना विमानस्थलमा रोकिए
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार जोर्डन जान लागेका १५ जना त्यसतर्फ जानबाट रोकिएका छन्।
अनाधिकृत रूपमा मल बेच्नेलाई कारवाही
इलामको सूर्याेदय नगरपालिका –११ को एक कृषि फार्मलाई रासायनिक मल अनाधिकृत रूपमा बेचेको आरोपमा दुई लाख रुपियाँ जरिवाना गराइएको छ ।
देशभर २७ प्रतिशत मात्र रोपाइँ
देशभर २७ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ। असार सकिन एक हप्ता मात्र बाँकी रहँदा धान रोपाइँ २६.७१ प्रतिशत मात्र भएको छ।
पहिरो पीडितलाई राहत वितरण
नेपाली कांग्रेस ताप्लेजुङ र कोशी प्रदेश सभाका सदस्य खगेनसिंह हाङ्गामद्वारा पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । असारको पहिलो साता मैवाखोला गाउँपालिकामा गएको पहिरोबाट प्रभावित परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो ।
कोहलपुरमा अत्याधुनिक बसपार्क उद्घाटन
कोहलपुरमा पश्चिम नेपालकै सुविधा सम्पन्न लामोदूरीका बसपार्कको आज उद्घाटन गरिएको छ । आज एक समारोहकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बसपार्कको उद्घाटन गर्नुभएको हो ।
इलाम नगरपालिकामा पूर्ण खोप सुनिश्चितता
नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानमा इलाम नगरपालिकाले आफूलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरेको छ । सरकारले जन्मदेखि १५ महिनाका बालबालिकालाई नियमित खोप सञ्चालन गर्दैआएको छ ।
काठमाडौंको मर्निङ वाकमा लुटपाट : पाँच जना पक्राउ
काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लुटपाटमा संलग्न रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षत्री र धनकुटाका राहुल माझी, भारत पश्चिम बङ्गाल घर भएका ४२ वर्षीय श्रीकान्त माइतीलाई पक्राउ गरेको जानकारी गराएको हो।
मुक्तिनाथमा धार्मिक ज्ञान सप्ताह
हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ नेपाल मात्र नभएर विश्वमै हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सर्लाहीको गोडैता नगरपालिका –१२, मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । गडहीयाबाट मधुवनीतर्फ गइरहेको प्रदेश २–०३–०१२ प ९७४४ नम्वरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा टाउकोमा गम्भीर चोट लागि चालक धनकौल गाउँपालिका –१, बस्ने ४५ वर्षीय सोनालाल राउतको मृत्यु भएको हो ।
हत्या गरेको आरोपमा प्रेम पक्राउ
कान्छी आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका –४, पथलैयास्थित अशोक जैसवालको घरभाडामा बस्ने भारतीय ३९ वर्षीया मिरा भगतको हत्या गरेको आरोपमा २० वर्षीया प्रेम भगतलाई शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम प्रभावकारी
नवलपुरको विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम प्रभावकारी बनेको छ । यो कार्यक्रमले विपन्न बस्तीका एक सय घरधुरी प्रत्यक्षरुपमा लाभान्वित भएको कृषि ज्ञान केन्द्र नवलपुरको तथ्याङ्कले देखाएको हो ।
लिफ्ट सिँचाइ आयोजना सञ्चालन अभावमा रोपाइँ हुन सकेन
यस वर्ष इतिहासलाई बिर्साउने लामो खडेरी चल्यो । असार करिब घर्किन थाल्यो । नारायणी नदीमा पानी बगिरहेको छ । किसानको आशाको त्यान्द्रो नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहर सुख्खा हुँदा खेत बाँझै रह्यो ।
बूढीगण्डकी अगाडि बढाउने तयारी, प्राधिकरणको उच्च नेतृत्व आयोजनास्थलमा
नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय गौरवको एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण अगाडि बढाउन पहल सुरु गरेको छ ।