काठमाडौंको तापक्रम ३२ डिग्री पुग्यो, अझै बढ्ने मौसमविद्को भनाइ
अहिले काठमाडौं उपत्यकालगायत देशभरको तापक्रम वृद्धिको क्रम जारी रहेको छ । केही दिनयता बढेको गर्मी अझै केही दिन नघट्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गर्मी अझै केही दिन बढ्ने सम्भावना छ ।
जङ्गली च्याउ खाएर आमा–छोराको मृत्यु
धनकुटाको शहीदभूमि गाउँपालिका –१ मा जङ्गली च्याउ सेवनबाट दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ४० वर्षीय मुना राई र उहाँको ६ वर्षीय छोरा सचिन राई रहनुभएको छ ।
मुक्त हलिया केन्द्रित काम गर्छौँ : मन्त्री पोखरेल
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा मुक्त हलियालाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै हुनुहुन्छ।
सही तथ्याङ्क नआएको रानाथारु समुदायको आरोप
आदिवासी जनजाति रानाथारु समुदायका अगुवाले जनगणनामा आफ्नो समुदायको यकिन तथ्याङ्क नसमेटिएको आरोप लगाएका छन् । दुई जिल्लामा दुई लाखभन्दा बढी जनसङ्ख्या रहेको दाबी गर्दैआएका यो समुदायका अगुवाहरु २०७८ को जनगणना तथ्याङ्क सार्वजनिक भएपछि झस्केको बताएका छन् ।
पत्रकार जिसी सम्मानित
प्रेस चौतारी नेपाल म्याग्दी शाखाले पत्रकार कृष्ण जिसीलाई सम्मानित गरेको छ । चौतारीको शनिबार बेनीमा सम्पन्न १८ औँ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रमको अवसरमा सृजनशील पत्रकारिता पुरस्कार– २०७९ बाट जिसीलाई नगद ५ हजार पाँच सय ५५ रुपियाँसहित सप्रमाणपत्र र दोसल्लाले पुरस्कृत गरिएको हो ।
काठमाडौंमा तीन दिन वर्षा नहुने, तराईमा तापक्रम निरन्तर बढ्दै
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेकाले विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको जनाएको छ ।
ठेलो प्रतियोगिताको उपाधि पर्वतलाई
दोस्रो गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो (छेलो) प्रतियोगिताको उपाधि पर्वतले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषद् आयोजना र जिल्ला खेलकुद विकास समितिको समन्वयमा शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रतियोगितामा पर्वतका किरण विक प्रथम, पर्वतकै राजेन्द्र हमाल द्वितीय र निशान बोहोरा तृतीय हुनुभएको हो ।
कृषकलाई हंसराज धानको बीउ वितरण
रैथाने बालीको संरक्षणका लागि कृषि ज्ञान केन्द्र गुल्मीले स्थानीय हंसराज धानको बीउ वितरण गरेको छ । ९० प्रतिशत अनुदानमा जिल्लाका कृषकलाई २४ सय ५० केजी हंसराज धानको बीउ वितरण गरेको हो ।
ट्याक्टर सशस्त्र प्रहरीको नियन्त्रणमा
भन्सार छलेर सदरमुकाम सिमकोटमा सामान ल्याउदैगरेको ट्याक्टर सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको छ ।
राष्ट्रिय भलिबलको उपाधि एपीएफलाई
हेटौँडामा भएको खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । हेटौँडा –४, हुप्रचौरस्थित भलिबल कोर्टमा स्व. केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर भलिबल सङ्घको संयुक्त आयोजनामा भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा एपीएफले अर्को विभागीय टिम नेपाल आर्मीलाई पराजित गर्दै उपाधि जितेको हो ।
दुर्घटनामा घाइते युवतीको मृत्यु
आठ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएकी झापा बुद्धशान्ति –१ का २१ वर्षीया एलिसा अधिकारीको उपचारका क्रममा शनिवार मृत्यु भएको छ ।
नेपालगञ्जमा सुख्खा बन्दरगाह सञ्चालनमा, व्यवसायी उत्साहित
पश्चिम नेपालको आर्थिक विकासका लागि अत्यधिक महत्त्वपूर्ण मानिएको नेपालगञ्ज सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि यस क्षेत्रका उद्योगी व्यवसायी उत्साहित भएका छन् ।
कपिलवस्तुका दुई पालिकामा विद्यालय बन्द
अत्यधिक गर्मी बढेसँगै कपिलवस्तुको जनजीवन प्रभावित भएको छ । त्यसको प्रत्यक्ष असर सबैभन्दा बढी विद्यालयमा परेको छ ।
अझै भेटिएनन् सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी
सिन्धुलीको गोलन्जोर गाउँपालिकास्थित लौकुन नभघाटमा जिपसहित सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्यका लागि शनिबार बिहानदेखि गोताखोर टोली परिचालन गरिएको छ ।
चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कनुहुँदै
चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै हुनुहुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो ।
नक्कली ‘वर्क परमिट’ बनाउने सक्रिय
वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय भएकोे जनाएको छ । विभागका अनुसार आकर्षक सेवा सुविधासहितको पदमा काम लगाइदिने भन्दै उक्त गिरोहले नक्कली ‘वर्क परमिट’ बनाएर ठगी गर्ने गरेको पाइएको हो ।
दुध दिवसमा बोर्ड खारेजीकै चर्चा
‘दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार’ मूल नाराका साथ बिहीबार २३ औँ विश्व दुध दिवस मनाइएको छ । दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा छलफल दुधको हुनुपथ्र्याे तर राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजीको विषयमा नै चर्चा भयो ।
महालेखाका विज्ञले भोलिबाट काम थाल्ने
राजनीतिक दलको वार्षिक आयव्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन जाँच गर्न खटिएका महालेखा परीक्षकको कार्यालयका विज्ञले आइतबारदेखि काम थाल्ने भएका छन्। महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण जाँच गर्न मङ्गलबार पाँच जना विज्ञ कर्मचारीको टुङ्गो लगाएको थियो।
‘प्रमको चीन भ्रमण आगामी साउनमा’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मित्रराष्ट्र चीनको भ्रमण आगामी साउनको मध्यतिर हुन सक्ने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जनाएको छ। माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा चीन भ्रमण गरी फर्किएको टोलीले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।
राष्ट्रिय परिचयपत्रको काममा अवरोध
राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काममा अवरोध भएको छ। परिचयपत्र निर्माणसम्बन्धी सफ्टवेयर बन्द भएपछि देशभरि नै बिहीबारदेखि सोसम्बन्धी सम्पूर्ण कार्य अवरुद्ध भएको छ। परिचपत्र निर्माणसम्बन्धी काम गर्ने कम्पनीको सम्झौता थप हुन नसक्दा परिचयपत्र निर्माणसम्बन्धी सम्पूर्ण काम अवरोध भएको हो।
लामो दूरीको सवारीसाधन नयाँ बसपार्कबाट मात्रै
काठमाडौँ महानगरपालिकाले उपत्यकाबाहिर चल्ने यात्रुवाहक सवारीसाधन गोङ्गबु बसपार्कबाट मात्रै सञ्चालन गर्नुपर्ने जनाएको छ। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगरको निर्णयविपरीत सवारीसाधन सञ्चालन गरिए असार १ गतेदेखि कारबाही गरिने जानकारी दिनुभयो। उहाँले यात्रुवाहक सवारीसाधन नयाँ बसपार्क गोङ्गबुबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने विषयमा सरोकारवालासँगको बैठकबाट सहमति र निर्णय भएको उल्लेख गर्नुभयो। यसैबीच काठमाडौँ महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै असार १
सम्झौताबाट निजी क्षेत्र उत्साहित
काठमाडौँ, जेठ २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा भएका द्विपक्षीय सम्झौताबाट निजी क्षेत्र उत्साहित भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका कोषाध्यक्ष निरक केसी, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्य र होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले दुई देशबिच आर्थिक विकासको नयाँ आधार तयार भएको बताउनुभयो।
उधारोमा खाजा खाँदै विद्यार्थी
सरकारले कबुलेको रकम नदिँदा सामुदायिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत चार लाख ३४ हजार विद्यार्थी एक वर्षदेखि उधारोमा खाजा खाइरहेका छन्। सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेट भाषणका क्रममा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास तहदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने घोषणा गरेको थियो। त्यसअघि कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै यस्तो खाजा दिने गरिएको थियो।