शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, असार २७ गते। सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश गरेको छ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त अन्तरिम आदेश गरेको हो। आदेशमा भनिएको छ, “मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू–नगराउनु।”
निवर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि पहिलो सुनुवाइ गर्दै उक्त आदेश गरेको हो। अदालतले आगामी साउन ७ गतेको पेशी तोकी उक्त विवादमा छलफल गर्नेछ।
आदेशमा निवेदक तथा महान्यायाधिवक्ता–मुख्य न्यायाधिवक्ता कोशी प्रदेशलाई दिन र उक्त विवादमा उक्त मितिमा सुनुवाइमा राखी निर्णयार्थ पेश गर्न भनिएको छ।

