ग्रिन अभियानअन्तर्गत विरुवा बितरण
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई हरियालीमय बनाउन उद्देश्यले बिरुवा बितरण थालिएको छ । नगरपालिका कार्यालयले नगरवासीलाई विरुवा वितरण कार्य सुरु गरेको हो ।
नदीमा डुबेर एकको मृत्यु
कैलालीको कटैनी नदीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । कैलारी गाउँपालिका –७ रामपुरका ४५ वर्षीय गणेश चौधरीको सो नदीमा डुबेर ज्यान गएको हो ।
‘नागरिकले सहज रुपमा सूचना पाउनुपर्छ’
नेपालको संबिधानले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै विषयमा सूचना माग्न पाउने हक प्रदान गरेको छ । तर संबिधानले व्याख्या गरेअनुसार नागरिक सहजरुपमा सो हकको प्रयोग गर्ने वातावरण अझै बनिसकेको छैन ।
गाउँपालिकाका १३ परिवारलाई पक्कीघर हस्तान्तरण
झापाको हल्दिबारी गाउँपालिकाका अति विपन्न १३ घरपरिवारलाई एकृकीत बस्ती बनाएर पक्कीघर निर्माणगरी हस्तान्तरण गरिएको छ । अति विपन्न, पिछडिएको जाति, दलित, अल्पसंख्यक, अपाङ्ग, एकल महिला र बृद्ध असक्तहरुको घर पालिकाले निर्माण गरेर हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले बताउनुभयो ।
एसईई नतिजामा सुधार
प्रकाशित नतिजा अनुसार गत वर्षको तुलनामा यस वर्ष एसईईको नतिजा सुध्रिएको छ। गत वर्षको एसईई नतिजा अनुसार यस वर्षको नतिजामा माथिल्लो जिपिए ल्याउनेको संख्या बढेको छ।
महिला पत्रकारको बीमामा निरन्तरता
महिला पत्रकारलाई पेशामा सुरक्षित भई क्रियाशील भइराख्न मधेस प्रदेशका महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमालाई निरन्तरता दिएको छ । मधेश प्रदेशका मिडिया र मिडियाकर्मीको हकहित, संरक्षण, सम्बद्र्धन एवम् क्षमता अभिवृद्धिलगायतका उद्देश्य पूरा गर्न मधेश प्रदेश सरकारले गठन गरेको आमसञ्चार प्राधिकरण मधेश प्रदेश जनकपुरधामले महिला पत्रकारको स्वास्थ्य बीमा र दुर्घटना बीमालाई निरन्तरता दिएको हो ।
पाथीभरा पदमार्गमा फाइबरको छहारी
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदमार्गमा ट्रस (फलामे डण्डी) जडानगरी फाइबरको छहारी लगाइएको छ । पाथीभरा पदमार्गअन्तर्गत करिव एक किलोमिटर बाटोमा फाइबरको छहारी लगाउने कार्य पूरा भएको हो ।
चार स्वास्थ्यचौकी पोषणमैत्री घोषित
चार वटा स्वास्थ्य चौकीहरु पोषणमैत्री स्वास्थ्य संस्थाका रुपमा घोषित भएका छन् । घोषणा हुन आवश्यक सुचक स्वास्थ्यचौकीले पूरा गरेपछि पहिलो पटक सिमकोट गाउँपालिकाले चार वटा स्वास्थ्यचौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको हो ।
सेना र स्वास्थ्यकर्मीलाई सर्पदंश उपचार तालिम
बाँके र बर्दियाका विभिन्न युनिटमा आवद्ध नेपाली सेना र स्वास्थ्यकर्मीलाई सर्पदंशको उपचार र सचेतनासम्बन्धी तालिम दिइएको छ । वर्षा सुरु भएसँगै सर्पदंशका घट्ना जिल्लामा बढ्दै गएपछि बाँकेको राप्तीसोनारीस्थित श्री अर्जुनबाण गण ओभरी व्यारेकमा सर्पदंशको उपचार र सचेतनामूलक प्रशिक्षण दिइएको हो ।
तमोर नदीमा दुई बेपत्ता
तमोर नदीमा खसेर दुई जना बेपत्ता हुनुभएको छ । तमोर करिडोर सडक निर्माणका क्रममा बुधबार साँझ करिब ५ बजे धनकुटाको चौबिसे गाउँपालिका –५ मुर्कुटेस्थित तमोर नदीमा खस्दा उहाँहरु बेपत्ता हुनुभएको हो ।
कोशीको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेस
कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिका लागि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश प्रमुख समक्ष दाबी गर्नुभएको छ ।
प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : मन्त्री शर्मा
पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ ।
सामाजिक सञ्जालमा हुने विज्ञापनलाई कानुनको दायरामा ल्याउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सामाजिक सञ्जालमा भइरहेको विज्ञापनलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । त्यसका लागि आवश्यक नीति निर्माणमा पनि उहाँले जोड दिनुभएको छ ।
चिया उद्यमीले पाए नेपाली ट्रेडमार्क
यो वर्ष ६ चिया उद्यमीले चियामा नेपाली ट्रेडमार्क पाएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीबार धनकुटाको हिलेमा आयोजित कार्यक्रममा इलाम, पाँचथर र भोजपुरका ६ चिया उद्यमीलाई ‘नेपाल टी क्वालिटी फाम् द हिमालयाज्’ ट्रेडमार्क प्रदान गरेको हो ।
एसियाली विकास बैङ्कबाट ३०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय
सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैङ्कबाट परियोजना सहायताको रूपमा ३०० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
‘ज्येष्ठ नागरिकको संरक्षण आवश्यक छ’
ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै गए पनि पछिल्लो समय ज्येष्ठ नागरिक घरपरिवार र समाजबाट एक्लिँदै गएकाले युवा जनचेतनाका कार्यक्रम आवश्यक रहेको सरोकारवालाले बताउनुभएको छ ।
सुकुम्बासी भन्दछन् : अब त लालपुर्जा पाइन्छ कि ?
कुन्तीदेवी विक कैलालीको टीकापुर नगरपालिका वडा नं १ शक्तिनगर शिविरमा बस्दै आउनुभएको छ । निर्वाचनका समयमा दैनिक चहलपहल हुने उहाँको घर तथा आसपासको क्षेत्र यतिबेला सुनसान छ ।
भेरीगङ्गाका किसानलाई अनुदानमा घाँस काट्ने मेशिन
भेरीगङ्गा नगरपालिकाका पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा च्यापकटर मेशिन (घाँस, पराल काट्ने मेशिन) वितरण गरिएको छ । भेरीगंगा नगरपालिका प्रमुख यज्ञप्रसाद ढकाल र उपप्रमुख धनसरा बोहोराले किसानहरुलाई च्यापकटर मेशिन वितरण गर्नुभएको हो ।
हाइटेन्सन तार हटेपछि रिब्दिकोटवासी खुसी
रिब्दिकोट गाउँपालिकाभित्रका अव्यवस्थित विद्युतीय पोलहरु तथा तारहरु व्यवस्थापन भएपछि रिब्दिकोट –७ का स्थानीय खुशी भएका छन् । घर अगाडि हाइटेन्सन हुँदा त्रसित बनेका स्थानीय अहिले खुशी भएका हुन् ।
एसईईको नतिजा ३ बजेपछि प्रकाशन गर्ने तयारी
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज दिउँसो ३ बजेपछि प्रकाशन गर्ने तयारी गरेको छ । एसईईको नतिजा प्रकाशनका लागि केही समय अघिबाट बोर्ड बैठक सुरु भएको छ ।
कर्मचारी सरुवाले कामकाज प्रभावित
सङ्घीयता कार्यान्वयनमा आएपछि बाँकेको राप्ती–सोनारी गाउँपालिकामा १४ जनाले प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको छ ।
गुडिरहेको बसमा करेन्ट लाग्दा तीनजनाको मृत्यु
सल्यानमा गुडिरहेको यात्रुबाहक बसमा करेन्ट प्रवाह हुँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको छ । राप्ती लोकमार्गअन्तर्गत दाङ सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा १ ख ८३४ नम्बरको बसलाई छुदा करेन्ट प्रवाह भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु पर्दैन : सत्ता गठबन्धन
सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको अभिव्यक्तिका कारण प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ ।
एसईईको नतिजा प्रकाशनका लागि १ बजे बोर्ड बैठक बस्दै
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि आज (बिहीबार) दिउँसो १ बजे बोर्ड बैठक बस्दैछ ।