• २९ वैशाख २०८२, सोमबार

हाइटेन्सन तार हटेपछि रिब्दिकोटवासी खुसी

blog

हाइटेन्सन लाइन हटाउँदै गर्दा सहभागी गाउँपालिका प्रमुख नारायणबहादुर कार्की र स्थानीयहरु । तस्बिर : बिन्दु थापा

बिन्दु थापा 

पाल्पा, असार २१ गते । रिब्दिकोट गाउँपालिकाभित्रका अव्यवस्थित विद्युतीय पोलहरु तथा तारहरु व्यवस्थापन भएपछि रिब्दिकोट –७ का स्थानीय खुशी भएका छन् ।  घर अगाडि  हाइटेन्सन हुँदा त्रसित बनेका स्थानीय अहिले खुशी भएका हुन् । लामो मेहनत र परिश्रमले हाइटेन्सन पोलको व्यवस्थापन गरिएको रिब्दिकोट गाउँपालिका प्रमुख नारायणबहादुर कार्कीले जानकारी दिनुभयो । 

कार्कीले स्थानीय जनताको सक्रियतामा रिब्दिकोट गाउँपालिका –७ बतासे बजारभित्रका अति उच्च भोल्टेजका विद्युतीय तार र पोलहरु व्यवस्थापन कार्य सम्पन्न भएको हो । स्थानीयवासी  सूर्य कुँवरले भन्नुभयो, “वर्षाैंदेखि पानी आउँदा त्रासमा बस्नुपर्थ्यो केही हुन्छ कि भन्ने डर हुन्थ्यो, अब आनन्द भयो ।”