पहिरोले मुहान पुरेपछि आबुँखैरेनीमा खानेपानीको अभाव
तनहुँको आबुँखैरेनी गाउँपालिका –४, लोप्राङ्ग गाउँका बासिन्दालाई घरमा आउने धाराको मुहान पहिरोले पुरिएपछि खानेपानीको चरम अभाव भएको छ । चार दिन अघिदेखि धारामा पानी नआएपछि अहिले पानी जोहो गर्न निकै कठिन भइरहेको स्थानीयले बताएका छन् ।
जातिको कर्मकाण्ड ग्रन्थ सिलोके पालाखे विमोचन
नेपालको अति सीमान्तकृत दोलखाका थामी जातिको आफ्नो कर्मकाण्ड ग्रन्थ सिलोके पालाखे विमोचन गरिएको छ । जिल्लाको बिगु गाउँपालिकाको आर्थिक सहयोगमा थामी समुदायको साझा संस्था नेपाल थामी समाज जिल्ला कार्यसमिति दोलखाले तयार पारेको यो ग्रन्थ विमोचन गरिएको हो ।
सूचना उपयोग नहुँदा क्षति
विभिन्नखालका प्राकृतिक विपत्ति न्यून गर्ने उद्देश्यले दिइने पूर्वसूचनाको उपयोग हुन नसक्दा जनधनको क्षति बढी हुने गरेको देखिएको छ। नभएको सूचना बढी खोजी गर्ने तर दिइएको सूचना उपयोग र व्यवस्थापनमा ध्यान दिन नसक्दा नेपालमा क्षतिको आँकडा बढ्न थालेको विज्ञहरूले औँल्याउनुभएको छ। अघिल्लो शुक्रबारदेखि सङ्खुवासभा, पाँचथर र ताप्लेजुङ क्षेत्रमा भारी वर्षा भयो। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबारदेखि नै कोशी प्रदेशका विभिन्न ठुला साना नदीमा बहाव बढ्ने सूचना दियो।
एसइई नतिजामा साबिककै व्यवस्था
राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७८ को साबिककै व्यवस्थाअनुसार प्रकाशन गर्ने भएको छ। नतिजा सार्वजनिक गर्ने दिन नजिकिँदै गर्दा पनि एसईईको नतिजा संशोधन गरिएको निर्देशिकाबाट गर्ने कि पुरानो भन्ने विषयमा निर्णय नहुँदा सरोकारवाला अन्योलमा परेका थिए।
रोकियो ‘फ्लाइओभर’ को काम
आवश्यक अध्ययन र तयारीबिना ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माण थालिएको फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) को काम रोकिएको छ। निर्माणका लागि तयार गरिएको अध्ययन प्रतिवेदन तथा डिजाइन गलत भएपछि फ्लाइओभर निर्माण रोकिएको हो। निर्माणस्थलमा चक्रपथको कालोपत्रे उप्काइएको छ भने सडकबिचमा राखिएको विभाजक ‘डिभाइडर’ हटाइएको छ। यसैकारण पाँच महिनादेखि सो क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या आउएको छ तर अहिले त निर्माण रोकिएको छ। गत माघ २८ गतेदेखि सो फ्लाइओभर निर्माण सुरु गरिएको थियो।
त्रिविमा अस्तव्यस्त शैक्षिक पात्रो : परीक्षा हुनै डेढ वर्ष, नतिजा अन्योलमा
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का स्नातक तह दोस्रो वर्षका विद्यार्थीको पढाइ सकिएको छ महिना बितिसक्दा पनि परीक्षा तालिका सार्वजनिक भएको छैन । ती विद्यार्थीको २०७८ साल चैतदेखि पढाइ सुरु भएको थियो । शैक्षिक पात्रो (क्यालेन्डर) नियमित भइदिएको भए ती विद्यार्थीले अहिले तेस्रो वर्षको पनि करिब आधा पढाइसकेका हुन्थे । तर १५ महिना बित्दा पनि दोस्रो वर्षकै परीक्षा दिन नपाउँदा उनीहरू निकै तनावमा छन् । कलङ्कीस्थित एड्मार्क कलेजमा अध्ययनरत अविन महर्जनले भन्नुभयो, “पढेको जति सबै बिर्सिसक्यौँ । अब के पढ्ने, कसरी परीक्षा दिने भन्ने चिन्ताले सताएको छ ।” ती विद्यार्थीको ठाउँमा अहिले स्नातकमै दोस्रो व
एउटै पाटोमा चार हलगोरु
परम्परागत कृषि प्रणाली अन्तर्गत असार लागेपछि पालैपालो गाउँमा गोरुले खेत हिलो गर्ने र धान रोप्ने चलन छ ।
पाँचथरमा फेरि बाढी, मेची राजमार्ग अवरुद्ध
निरन्तरको वर्षका कारण खोला नालामा बाढी आएपछि मेची राजमार्ग र तमोर कोरिडोरसहित विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।
कैलालीमा ओंत संरक्षणको पहल
कैलालीमा ओंत संरक्षणको पहल थालिएको छ । कर्णाली नदी लगायत आसपासमा पाइने दुर्लभ खैरो ओंतको संरक्षणका लागि कार्य अगाडि बढाइएको हो ।
लिमी फर्कियो प्रहरी
नाम्खा गाउँपालिका –६ को हिमालपारिको गाउँ लिमीको सुनखानीमा रहेको चौकीमा प्रहरी पुगेका छन् । हिमपात हुँदा गत कात्तिक तेस्रो हप्ता सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयमा फिर्ता आएका प्रहरी दुई नाका खुलेपछि पुनः लिमीको प्रहरी चौकीमा फर्किएका हुन् ।
अर्थतन्त्रका समस्या भाषण गरेर समाधान हुन सक्दैनन् : पूर्व मन्त्री कार्की
नेपाली कांग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थतन्त्रका समस्या र चुनौती भाषण गरेर मात्रै समाधान हुन नसक्ने बताउनुभएको छ।
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
यो साताको सुरुवाती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्क बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर दुई हजार ८८ दशमलव ७० अङ्कमा कायम भएको हो ।
तराई केन्द्रित जनसङ्ख्या, चुनौतीसँगै अवसर पनि
राष्ट्रिय जनगणनाले देशको जनसङ्ख्या स्थिरतातर्फ उन्मुख भएको देखाउँदा आन्तरिक रूपमा भने जनसङ्ख्या घट्ने र बढ्ने दरमा भिन्नता छ ।
आलुको मूल्य घट्दा किसान मर्कामा
हिमाली जिल्ला हुम्लामा आलुको मूल्य दैनिक घट्दै गएपछि किसान मर्कामा पर्दै आएका छन् । उत्पादन बढी हुनु र बजार सानो भएपछि मूल्य घट्दै जाँदा किसानले आफ्नो लागतभन्दा कम मूल्यमा बिक्री गर्नु परेको हो ।
धनकुटालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा
धनकुटालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, सहयोग र स्वामित्व पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ धनकुटालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।
रिब्दिकोटको सडकले जनतालाई सास्ती
सडकले सुविधा दिन्छ कि सास्ती ? विकासको आधारभूत सर्त मानिने सडकले सुविधा दिनुपर्ने हो, तर रिब्दिकोट गाउँपालिकाको क्षेत्रमा पर्ने सडक सर्वसाधारणका लागि सुविधाभन्दा पनि बढी सास्ती बनेको छ ।
अशक्त महिला माथि हुने हिंसा न्यूनीकरणमा पहल हुन्छ: सभापति कार्की
महिला तथा सामाजिक समितिका सभापति रोशन कार्कीले अपाङ्गता भएका महिलाले भोग्नुपरेको हिंसा, विभेद न्यूनीकरणका लागि सरोकारवालासँग बसेर समितिमा छलफल गर्ने बताउनुभएको छ ।
‘रोड्स टु दी भ्याली’ लोकार्पण, सिंहको योगदान महत्त्वपूर्ण
सन् १९५७ मा भारतको जम्मुबाट काठमाडौँ आइपुग्नुभएको थियो सरदार प्रितम सिंह । ट्रक चालकका रूपमा २२ वर्षको उमेरमा काठमाडौँ आएका सरदार सिंहले नेपालको यातायातका क्षेत्रमा व्रmान्तिकारी रूपान्तरण आरम्भ गर्नुभयो । ६६ वर्षपछि उहाँको जीवन यात्राका सङ्घर्ष र सफलताका प्रेरणादायी कथा समेटिएको पुस्तक ‘रोड्स टु दी भ्याली’ सोमबार सार्वजनिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार सिंहकी छोरी किरणदीप सान्धुद्वारा लिखित ‘रोडस् टु दी भ्याली’ विमोचन गर्नुभएको हो ।
नर्सलाई बेलायत पठाउने तयारी सुरु
सरकारले बेलायतको स्वास्थ्य क्षेत्रमा शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने तयारी थालेको छ । नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) पारित भएसँगै सरकारले बेलायतमा नर्स पठाउने तयारी थालेको हो ।
प्रमको चीन भ्रमण भदौमा
परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण आगामी भदौ (सेप्टेम्बर) मा हुने बताउनुभएको छ। उहाँले सोमबार धनगढीमा नेपाल प्रेस कैलालीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्रीको चीन भ्रमणबाट सकारात्मक फाइदा लिनुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, चीनको विकासको छलाङबाट हामीले सकारात्मक फाइदा लिनुपर्छ।
साउनभित्रै जलन उपचार कक्ष
वीर अस्पतालको अत्याधुनिक जलन उपचार कक्ष साउन महिनाभित्रै सञ्चालन हुने भएको छ। नर्सिङ जनशक्तिको अभाव देखाउँदै सञ्चालनमा आउन नसकेको जलन उपचार कक्ष लोकसेवा आयोगले वीर अस्पतालकै लागि २९५ जना नर्स छनोट गरेर पठाएसँगै सञ्चालनमा आउने निश्चित भएको हो।
निर्वाचनको मिति कानुनमै तोक्न प्रस्ताव
निर्वाचन आयोगले तीनै तहको निर्वाचनको मिति स्पष्ट उल्लेख गरी कानुन बनाउन प्रस्ताव गरेको छ। आयोगले निर्वाचनसम्बन्धी एकीकृत कानुनको मस्यौदा स्वीकृत गर्दा यस प्रकारको व्यवस्था गर्न सुझाव दिएको हो । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको निर्वाचन सो सभाको अघिल्लो निर्वाचनको परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबार गर्ने गरी कानुनमा व्यवस्था गर्न आयोगले प्रस्ताव गरेको छ । त्यसै गरी पदावधि समाप्त हुनुभन्दा तीन दिनअघि राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन हुने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।
नारायणगढ–मुग्लिन सडकको विकल्प खोजी : चार वटा निकासको सम्भावना
हरेक वर्ष पहिरोले दुःख दिँदै आएपछि नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको छ। त्यसका लागि हाल चार वटा विकल्प देखिएका छन्। तिनमा केही निर्माण कार्य थप्न आवश्यक देखिएको छ। एउटा विकल्प पूर्वी नवलपरासीको गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म अहिलेको सडकपारि तनहुँतर्फ त्रिशूलीको किनारैकिनारको छ। त्यस्तै अर्को चितवनको भण्डाराबाट धादिङको मलेखुसम्म अहिले ‘सिङ्गल ट्र्याक’ खोलेर काम अघि नबढाई रोकिएको भण्डारा–मलेखु सडक छ।
पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो
नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाएको हो।